घटना भएको धेरै भएको छैन, यो कुरा अचम्म लाग्न सक्छ । तर कुरा सत्य नै हो भनिन्छ
कुनै रात सागर* सुतिरहेको हुन्छ । करिब ११ बजे तिर कुनै केटिले बोलाएको आवाज उस्ले सुन्छ, केटि भनिरहेकि हुन्छे " ढोका खोलन म पल्लो घरकि ... क्या ।" ऊ उठेर ढोका खोल्छ, एक राम्रि युवति हुन्छे ढोकामा । युवति सरासर केटाको खाटमा गएर बस्छे, उ अचम्मित हुन्छ, उस्ले केटि अल्लि अर्कै जस्तो लाग्छ, केहि छैन यो केटिको शरिरमा जस्तो लागयो उसलाई । केटि बिभिन्न कुराहरु गर्न थाल्छे र कुरै कुरामा केटालाइ मख्ख बनाउछे, ऊ भन्छे " सागर, तिमिले भोलि देखि ढोका खोल्ने कष्ट नगर्दा हुनछ किनभने आज तिमिले मेरो बाटो खुला गरिदियौ अब म आफैं आउन सक्छु ।" कुरा गर्दा गर्दै ऊ निदाउछ र बिहान उठ्दा त कोहिपनि हुदैन ऊ एक्लै हुन्छ , ढोकाको चुकुल पनि लागेकै छ । उस्लाइ हिजोको कुरा सपना जस्तो लाग्छ ।
भोलिपल्ट ऊ सुतिरहेको बेलामा केटि आएर उसंग सुतिरहेकि रहिछ , राति ब्युझिँदा उस्ले थाहा पायो कि उसंग कोहि केटि सुतिरहेकि छे । त्यो केटिले उस्लाई बोलाई र राति उनिहरु कुरा गर्न थाले आज पनि सागर कुरा गर्दा गर्दै निदायो उस्ले थाहा नै पाएन कि त्यो केति कहिले गई । यो क्रम दिनहुँ हुन थाल्यो । केटालाई शङ्का लाग्न थाल्यो र उस्ले आफ्नो साथिलाई पनि त्यो कुरा भन्यो, उस्को साथिले उस्लाई त्यो केटि "किचकन्या" हुन सक्ने बताएपछि उ डरायो त्यति बेला सम्म उस्को शरीर निलो भइसकेको थियो मानौँ कि उस्को शरीरमा रगत नै छैन । उस्को साथिले भन्यो कि "किचकन्या" ले मान्छेको ज्यान पनि लिन सक्छ, अब तैंले त्यो केटिको कम्मर वा कपालमा "काचो धागो" अल्झाउनु पर्छ तर त्यो कुरा तेस्ले थाहा पाई भने तिमिलाई मार्न पनि सक्छे । अनि उस्ले सागरलाई धामीकोमा लग्यो । धामीले उस्लाई उ अन्तिम अबस्थामा आइपुगेको बताउँछ र जसरि भए पनि "काचो धागो" अल्झाउनु पर्ने बताउँछ र सागरले "काचो धागो" कम्मरमा बाँधि दिन्छ । बिहान उज्यालो भएपछि हेर्न जाँदा घर नजिकको बाँसको झ्याङमा त्यो "काचो धागो" देख्छ र त्यहा खनेर हेर्दा हाडहरु मात्रै हुन्छ , र उक्त हाडहरु जलाउछन् । त्यस दिन देखि त्यो कहिले पनि आइन
*नाऊ परिवर्तन गरिएको छ

