यदि तपाइहरुसंग पनि यस्ता हास्यब्यङ्ग्यात्मक  कथा, कबिता, मुक्तक, चुट्किला आदी लेखरचनाहरु छन् भने मलाइ aawaz.nepali@gmail.com मा इमेल गर्न सक्नु हुन्छ ।

- Nepali_Gal (Rose4Ever)

एक दिन दुई प्रेमी घुम्न गएछन अनि उनिहरु गफ गर्न थालेछन । यत्तिकैमा प्रेमिले प्रेमिका लाइ भनेछ तिमिलाइ यो संसारमा शबै भन्दा बढि माया कस्को लाग्छ प्रेमिकाले पनि भनिछ मलाइ त यो संसारमा सबै भन्दा बढि माया तिम्रो लाग्छ प्रेमिले उत्सुक हुँदै  भनेछ हो र मलाइ पनि यो संसारमा  सबै भन्दा बढि माया मेरो नै लाग्छ भनेछ।

*********************************

धरै समय पछि एक दिन दुईवटा लामखुट्टेहरु भेट भएछन् र कुरा गर्ने क्रममा एकले अर्को लामखुट्टेलाई भनेछ- "जव देखि मैले मान्छेको रगत खान छाडेको थिएँ, तव देखि मेरो पेट राम्ररी भरिएको छैन, यार ! के खाने होला ?" अर्को लामखुट्टेले- "तिमीले किन मान्छेको रगत खान छाडेको यार ?" पहिलो लामखुट्टेले- "(निरास हुँदै) के गर्ने? हिजो आज मान्छेहरुको रगतमा एड्सको खतरा छ नि यार !"

************************************


 हात्ती र कमिला


(दुई जना कमिला एक आपसमा गफ गर्दै)
पहिलो कमिला: ए साथी उता हेर त
एउटा हात्ती यता आउदैं छ
त्यसलाई ठीक पार्ने हो ।
दोस्रो कमिलाः भैगो छोडिदेउ
बिचरो एक्लै छ

*********************************

पापी आमा


गर्भवती आमाको काखमा बसेर ३ बर्षकी मेमोरी खेलरहेकी छे ।
मेमोरीः  (मम्मीको गर्भपेटमा देखाउँदै) मम्मी, हजुरको भुँडी किन यत्रो ठुलो भएको ।
मम्मीः   नानु, यो बाबु हो । मेरो पेटभित्र सानो बाबु छ ।
मेमोरीः   हजुर त कस्तो पापी !
मम्मीः    किन नि ?
मेमोरीः त्यति सानो बाबुलाई किन खानुभएको त !

*********************************

 मोटे ख्याउटे


एउटा मोटो मानिस बसको सिटमा गजधम्म परेर बसिरहेको थियो । त्यतिकैमा एउटा ख्याउटे मानिस बसमा चढ्यो । मोटे सिटमा बसेको देखेर उसले ब्यंग्य गर्दै भन्यो:
ख्याउटेः यो बसमा त हात्तीहरुले मात्रै बस्न पाउने हो कि क्या हो ?
मोटे:   हैन, आउनोस् न, गधाहरुलाई पनि सिट खाली छ ।
*********************************

प्रिय तिमि........

प्रिय तिमि कुखुरा भए म हाँस
प्रिय तिमि मुर्दा भए म ळास

प्रिय तिमि.......
प्रिय तिमि खान्छु मात्र भन
म भात बनि दिन्छु
प्रिय तिमि मर्छु मात्र भन
तिमिलाइ पु्र्न म खाल्टो खनि दिन्छु

प्रिय तिमि......
प्रिय तिमि घाम बन्ने भए
म जुन बनिदिउँला
प्रिय तिमि तरकारी बन्ने भए
म नुन बनि दिउँला

प्रिय तिमि......
तिमी लालि बनिदेऊ म ओठ बनि दिउला
प्रिय तिमि बस्छु मात्र भन म जन्तु बाध्ने गोठ बनि दिउला
तिमी पराल भए म भुसा बनि दिउला
तिमी मुसि भए म मुसा बनि दिउला
तिमि आमा भए म बाउ बनि दिउला
तिमी कैचि भए म नाउ बनि दिउला


तिमी बस भए म ट्याम्पो
तिमि घाम भए म जुन बनि दिन्छु
तिमी लाउछु भन मात्र म सुन बनि दिन्छु
प्रिय तिमी साइकल भए म बाइक

प्रिय तिमी स्पिकर भए म माइक
प्रिय तिमी खोला भए म पानि
प्रिय तिमी आखा भए म नानि
प्रिय तिमी बाटो भए म गाडि
प्रिय तिमी हात भए म नाडी

  एउटा मान्छे छाता किन्न भनेर पसलतिर गएछ, अनि उस्ले एउटा छाता देखाउंदै पसलेलाइ सोधेछ ।


ग्राहक  : साहुजि ! यो छाताको कति पर्छ ?
साहुजि : रु.२०० मात्र हो, लाने हो ??
ग्राहक  : २०० त महङ्गो भएन र साहुजि कति समय टिक्छ र ?
साहुजि : (गमेर सोच्दै ) घाम,पानी, आगो र मुसाबाट जोगाउनुस वर्षौ वर्ष टिक्छ नि emoticon

*************************

गाउँमा भुकम्प गएको कुरा खेतमा काम गरिरहेको रामलाइ थाहा भएन , भुकम्प गएर रामको घर ढलेको कुरा सुनाउन श्याम दगुर्दै खेतमा पुग्यो र रामलाइ भन्यो ।


शयाम : राम ! भुकम्प गएर तिम्रो घर त ढल्यो नि !
राम   :  (खुसि हुँदै) ए हो र बल्ल आनन्द भयो ।
श्याम : किन ??emoticon
राम  : रातभरि मुसा कराएर सुत्न दिदैनथ्यो अब त मुसा पनि मर्यो होला आज देखि त राम्ररी सुत्न पाइने भो ॥

लोग्नेः (धाक लगाउँदै) संसारमा कुनै काम पनि यस्तो छैन्, जुन मैले गर्न नसकूँ ।
स्वास्नीः (लोग्नेको खुइलिएको तालु हेर्दै) हो र! तर तिमीले आफ्नो तालु काइयोले कोर्न सक्दैनौ ।

*******************************

   श्याम (श्रीमतीसंग) : हेरन, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती: के भो त नि, एकछिन काँधमा बोके हुन्न त ?

*****************************    

श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
राम: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।

*****************************

मुक्तक 
प्रिय तिमी..... 

प्रिय तिमी जुत्ता भए म मोजा 
प्रिय तिमी प्रकाश भए म ओझा


प्रिय तिमी..... 
प्रिय तिमी गहुं भए म पिठो 
प्रिय तिमी ठिटी भए म ठिटो


प्रिय तिमी..... 
प्रिय तिमी आकाश भए म बादल
प्रिय तिमी बांसुरी भए म मादल

प्रिय तिमी..........
प्रिय तिमी घाँस भए  म स्याउला 
प्रिय तिमी बेहुली भए म बेहुला  
 

***************************

आजकाल त के हो ? के हो ? 


पहेंलो कुरा देख्नै हुन्न गजुर भन्न मन लाग्छ
छम छम नाचेको  देख्नै हुन्न मजुर भन्न मन लाग्छ
आजकाल त के हो? के हो? सबैलाई हजुर भन्न मन लाग्छ ॥

***************************

चुटकिला 

एक दिन महादेव पार्वती सँग बिदा भएर पृथ्बी घुम्न आँटेछन  र हिंड्ने बेलामा पार्वतीलाई मेल गर्दै गर्नु भनेर हिंडेछन । महादेव डुल्न गएको एक महिना बितिसक्दा पनि पार्वतीको कुनै पनि मेल न आएकोले महादेव के भएछ भनि हिमालय पर्बतमा फर्केछन र पार्वतीलाई  सोधेछन्:"मलाई किन मेल नगेरेको?" र पार्वतीले पनि तुरुन्त जवाफ दिइछन्:" तपाईं हिंडेको भोली पल्ट नै गणेशले mouse लिएर उ पनि भ्रमण गर्न गयो । अनि मैले कसरी मेल गर्नु त?" emoticon

******************************

अर्को जोक्स् ल ब्रो emoticon

गँजेडी 

    एक दिन महादेव कैलाशमा गाँजाको अभाव भएर पृथ्विमा गाँजा खोज्न भनी हिंडेछन् । हिँड्दै जाँदा गंजेडीहरुको हुल भएको ठाउँमा पुगेछन । सबै गजेडिहरु आफ्नै धुनमा थिए ।  अनि महादेव पनि गएर उनिहरुसंगै गाँजा तान्न थालेछन् । अनि एउटा गजेडिले फ्याट्ट  भनेछ ल साथी हो "अब परिचय पनि गरौँन त । अनि सबैले आ- आफ्नो नाम  भनेछन , अब महादेवको पालो आएछ अनि महादेवले पनि "मेरो नाम कैलाशपति महादेव हो भनेछन् त्यतिकैमा    एउटा गजेडिले भनेछ "आँच सोम् ! यो त एक पपमै झ्याप भएछ  ।

 

जय शिव कैलाश पति पाप लागे एत्रै सिति

*****************************

एकपटक मेरो घरको भन्साकोठामा कराइ र कुकर झगडा गरिरहेका थिए । यसैबीच कुकरले कराइलाई भन्यो "तँ  काली मेरो अगाडि नाआइजो है ! कालो सर्ला ।" अनि कराइले तुरुन्त जवाफ फर्काइहाल्यो " म जती काली भएपनि तैँले उफ्री उफ्री सिठ्ठी बजाउन छाडिनस् क्यारे ! 

********************************

एक दिन एउटा केटाले एउटा केटीलाई जिस्काएछ र उस्ले केटीलाई "मेरी प्रिय तिमी कता हो ? मलाई छोडेर नजाउ न please ! "भनेछ । अनि केटीलाई रिस उठेछ अनि उस्ले भनिछ,"के हो मान्छे चप्पल खाने बिचार छ कि क्या हो ।" अनि केटाले पनि भनेछ "म   आज केही पनि खाँदिन आज मेरो ब्रत छ ।...... "

*************************************