लौ लगाउ तिघ्रा देखिने लुगा
हिन्दू धर्म नै राष्ट्रिय धर्म बनाउनु पर्ने पक्षमा वकालत गर्दै आएको पूर्वी नेपालमा सक्रिय धार्मिक संगठन नेपाल डिफेन्स आर्मीले स्कूल वा कलेजका छात्राले घुँडाभन्दा दुई इन्च लामो कपडा लगाउनु पर्ने भन्दै छ । बिराटनगरमा भएको बम बिष्फोटनको जिम्मेवारी आफ्नो पार्टिले लिएको जनाउन जारी गरिएको बिज्ञप्तिमा छात्रालाई तिघ्रा देखिने गरी लुगा नलगाउन भनिएको छ । यदी उक्त कुरा नमानी बेवस्ता गरेमा भौतिक कारबाही गरिने डिफेन्स आर्मिका त्रिभुवन यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । (more…)
April 5, 2009 + Posted in आवाज, समाचार र बिचार, साईबर संसार + Comments (3)
परापुर्ब कालमा केटाहरु बिभिन्न आभुषण पहिरिन्थे, आभुषण महिलाले पहिरिए उनिहरुलाई समाजले नराम्रो (बेश्याको ) दृष्टिकोणले हेरिन्थ्यो तर आज जमान बदलिएको छ, केटाहरुले आभुषण पहिरिन छाडेका छन भने केटीहरु आफ्नो अङ्गलाई कसरी बाहिर अरुलाई देखाउने भन्ने तर्फ लागेका छन त्यस्को लागि चाहे उनिहरुले लुगाको नाउमा दुई टुक्रा धागो पहिरिन नपरोस।