To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

नयाँ नेपाल को नयाँ प्रस्तावित संबिधान

नयाँ नेपाल बनाउन हरेक तह र तप्कामा बहस भईरहेको अवस्थामा म पनि एउटा जिम्मेवार नागरिक भएको हैसितले नयाँ नेपालको संबिधानमा किटाण गर्नुपर्ने कुराहरुको खाका तयार गरेको छु जुन यस प्रकार छ ।

प्रदेशको बिभाजन:
केन्द्रिय,संघिय र स्थानिय गरी तीन तहको राज्य ब्यवस्था हुनेछ । प्रदेशको बिभाजन सर्वप्रथम धोती, टोपी र बक्खु लगाउनेको आधारमा हुनेछ । पुन बाहुन, क्षेत्री, सुद्र र बैष्य गरी ४ भाग अनी त्यस अन्तर्गत खस कुरा, मैथिली, भोजपुरि, नेवारी, तमाङ, कुसुन्दा सबै भाषाको आधार ९३ भाग लगाइन्छ । फेरी पनि हिन्दू, बौद्ध, ईस्लाम, इसाई आदीको आधारमा मुलुकको ४ धुजा पारीनेछ । यसरी मुलुकको अप्रेसन गरेर बिकासको निम्ती सम्बन्धित ब्यक्तीहरुलाई दिईनेछ । प्रहरी र सेनाको ब्यवस्था खारेज गरिनेछ । भए भरको दलहरुले युथ फोर्स र सेनाको निर्माण गरी रहेको बेला नाथे ब्यारेकमा थन्काउन र टुडिखेलमा तोप पड्काउन सेना किन राख्नु पर्‍यो ? अधिकार बिहिन प्रहरी राखेर कोस्लाई तर्साउन राख्नु पर्‍यो ? त्यसैले मुलुकलाई आर्थिक भारबाट जोगाउन सेना र प्रहरीको ब्यवस्था खारेज गरिनेछ ।

राष्ट्रिय एकताका प्रतिक:
स-साना राज्यको एकिकरण गरेर बिशाल नेपाल निर्माण गर्न सफल श्री ५ पृथ्बी नारायण शाह त अब राष्ट्रिय एकताका प्रतिक रहेनन । ठाउँ ठाउँ मै शालिक फोर्ने काम भईसकेको छ । त्यसकारण नेपालको भबिष्यमा ठुलो टाउको दु:खाइको बिषय बन्ने मधेस क्षेत्रका सबभन्दा प्रिय ब्यक्ती उपेन्द्र यादव नै राष्ट्रिय एकताको प्रतिकको रुपमा राख्नुपर्छ किनभने भबिष्यमा नेपालले आफ्नो अर्थ, राजनीति, कुटनिती र समाजिक निर्णयहरु गर्दा उनको सल्लाह बिना गरेमा सिधै नेपाल टुक्राउने धम्की दिने छन । उनको धम्कीमा होमा हो मिलाउने मधेसका च्याउ सरी उम्रेका अजिङर, कोब्रा, टाइगर, मुसा, भ्यागुता सबै हतियार धारी समुह देखा पर्नेछन । साथै अन्तत नेपाल बिभाजित हुनेछ । यसर्थ उपेन्द्र यादव नेपालको एकताको प्रतिकको रुपमा राख्नु उचित हुन्छ । नत्र खैरत छैन ।

राष्ट्रिय भाषा:
राष्ट्रिय भाषा हिन्दी हुनुपर्नेछ । भलै अत्यन्त न्युन सन्ख्याले यस भाषालाई मातृभाषा माने पनि उपराष्ट्रपती जस्तो देशको गरिमामय पदमा बस्ने ब्यक्तीलाई यो भाषा मनपर्छ । यही भाषामा बनेको चलचित्र र सिरियल नहेरी गृहणीलाई निन्द्रा लाग्दैनन । हाम्रा सबै जस्तो नेताहरु दिल्ली गएर यही भाषा बोल्छन । नेपालमा ग्राहक भारतीय आए नि हिन्दी बोल्नु पर्छ, पसले भारतीय भएनी हिन्दी नै बोल्नु पर्छ । आफ्नो भाषालाई कसले मन पराउछ र ? बोर्डिङमा पढ्ने विद्यार्थीले नेपाली राम्रोसँग बुझ्दिन भनेर गर्व गर्छ । गाउमा युवा छैनन, शहरमा नेपाली प्रष्ट बोले पाखे वा नेता वा साहित्यकारको सज्ञा दिईन्छ । अनी यस्तो भाषालाई किन राष्ट्रिय भाषा भन्नु पर्‍यो ?

राष्ट्रिय झन्डा:
पुरानो राष्ट्रिय झन्डाको सान्दर्भिकता के छ र ? अब नेपालको राष्ट्रिय झन्डा दुई त्रिकोण हुनेछ,माथिल्लो त्रिकोणमा इटा र तल्लो त्रिकोणमा टायर हुनेछ जसमा निलो घेराको अर्थ निलो आकाश, रातो रङको अर्थ रक्तपात । जसको सान्केतिक अर्थ हुनेछ – हरेक दिन नेपालमा निलो आकाश मुनी घटीमा दुई वटा कोण सभा हुनेछ । कोण सभामा बालिने टायर र हानिने इटाले नेपालीको दिनचर्याको प्रतिनिधित्व गर्नेछ । आखिर देशको प्रतिनिधि चिन्ह पो हुनुपर्छ त राष्ट्रिय झन्डामा ।

राष्ट्रिय खेल:
क्रिकेटलाई राष्ट्रिय खेल बनाउनुपर्छ । आन्दोलन नेपालको प्रमुख बिशेषता भएको हुँदा क्रिकेट खेलले आन्दोलनसँग सम्बन्ध राख्छ । प्रहरीले ब्याटिङ गरे जस्तै लौरोले आन्दोलनकारीको ढाड फुस्काउछन भने आन्दोलनकारीले बलिङ गरे जसरी ढुङ्गा मुढा बर्साउछन । अनी बिचमा चेपिएकाहरु फिल्डर जसरी ढुङ्गा हेर्दै दौडिन्छन । क्रिकेट खेललाई नेपाली राष्ट्रिय खेल बनाएपछी आन्दोलनकारी, प्रहरी र जनतालाई सजिलो हुने हुँदा यस खेललाई राष्ट्रिय खेल बनाउनु पर्छ ।

राष्ट्रिय जनावर:
राष्ट्रिय जनावर बनमान्छे हुनु पर्नेछ । गाई राख्न अब नेपाल हिन्दू राष्ट्र नै रहेन । हुन त गाईलाई मिल्दो जुल्दो अवस्था नेपालमा छैन पनि । बरु बन मान्छे उपयुक्त हुनेछ । नेपालमा कती खेर बत्ती जान्छ होइन, आउछ भनेर हेर्नु पर्ने अवस्था छ । यो अवस्था अब ५ बर्ष सम्म निरन्तर रहनेछ । बिजुली बिना संचार साधन र कल कारखाना ठप्प हुँदै छन । जती खेर नि हुने हड्ताल र बन्दले पेट्रोल, डिजेल र खाद्य संकटले मानिस घरमा पकाउन नसकेर बनमा कन्दमुल खोज्दै खानुपर्ने स्थिती चाडै आउँदै छ । तसर्थ फोकटको गाईलाई राष्ट्रिय जनावर बनाउनु भन्दा राष्ट्रिय पहिचन द्योतक बनमान्छेलाई बनाउनु पर्छ ।

राष्ट्रिय पोशाक:
राष्ट्रिय पोशाकको ब्यवस्था खारेज हुनेछ । मुलुकमा ४३ प्रतिशत गरीब जनता एक सरो राम्रो लगाउन नसक्ने छन । तिनीहरुलाई राष्ट्रिय पोशाक लगाउनु पर्ने भार किन दिनु ? राष्ट्रिय पोशाकले के को प्रतिनिधित्व गर्छ र राख्न लाई ? अनी बाँकी धनी भनौदा युवतीहरु सके सम्म नाङ्गै हिंड्न चाहन्छन । अब बाँकी पुरुषको लागि मात्र राष्ट्रिय पोशाकको ब्यवस्था गरेर नारी पुरुष बिच बिभेद गर्नु हुन्न ? नारी पुरुष समान बनाउन भए पनि राष्ट्रिय पोशाकको ब्यवस्था खारेज गरिनेछ ।
यसका साथै प्रेष स्वतन्त्रताको ग्यारेण्टी हुनेछ तर पत्रकारको जिउको ग्यारेन्टी भन्न सकिन्न । ‘आफ्नो गाउ आँफै बनाऔ , आँफै पकाउ आँफै खाऔ र आफ्नो जिउ आँफै जोगाऔ’ नामको बिकासमुलक कार्यक्रम ल्याइनेछ । साउदी कतार र दुबईमा भेडा चराउन जाने नेपालीको लागि भेडा आयोग । अमेरिका र युरोपमा भाडा माझ्न जानेको लागि भाडा-बर्तन आयोगको ब्यवस्था संबिधानमा गरिनेछ । सडक दुर्घटनामा मर्ने, आन्दोलनमा मर्ने, लडेर मर्ने सबैलाई शहिद घोषणा गर्न शहीद आयोग पनि निर्माण गरिनेछ ।

अबको नेपालको संबिधान यस्तै नै हुन्छ । सबैलाई पद चहिएको छ । पद धेरै बनाउनलाई देश टुक्र्याउनु परि हाल्यो नत्र एउटै पद तेत्र बिधी नेतालाई कसरी पुर्‍याउनु ? राष्ट्रिय पोसक किन राख्नु ? प्रधानमन्त्रीले त लगाउन छाडे । उनलाई आफ्नै आधुनिक पोशक मन पर्न थालयो । बाँकी नेपालीमा तपाईंले भने  झै आधी धनीका छोरीहरु पैसा धेरै भएर नङै हिंड्न खोज्छन भने आधी नेपाली सँग लुगा किन्ने पैसा नै छैन तेसैले अब देशमा नाङ्गै हुनु नै नेपाली पोशक लगाएर हिंड्नु सरह हुनेछ । अनी यो देशमा धर्म रहनेनै छैन धर्म मन्ने हरु सबै मरिनेछन । 

 

By—सुशिल

April 4, 2009 + Posted in आवाज +


1 Comment »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2009/04/04/386/trackback/

  1. Sarahai nai maan chune khalako raichha tapaiko yo naya sambidhal, nikkai funny po rahechha. sachhhai yestai nai banauchhan hola ta sambidhan ???

    Comment by Rabin — April 6, 2009 @ 3:59 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.