दरबार हत्याकाण्ड र पारसको बयान
कुरा मात्रै गर्ने नेपाली प्रबित्तिको अनुसरण गर्दै हाम्रा अहिलेका प्रधानमन्त्रीले २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डको फेरी छानबिन हुन्छ भन्दै गर्दा हाल सिङ्गापुर बस्दै आएका पूर्व युबराज पारशले पहिलो पटक सिङ्गापुरकै द न्यु पेपर नामक पत्रीकाबाट हाल सम्मै चर्चामा नआएको कारण सहित दरबार हत्याकाण्डको बारेमा ३ कारण बताएका छन । पत्रीकामा अन्तर्वाता दिने क्रममा उनले आफ्नो नाम दरबार हत्याकान्डमा मुछिएकोमा दु:ख प्रकट गर्दै भनेका छन "हत्याका तीन कारण थिए। पहिलो, २०४६ सालको जनआन्दोलनमा वीरेन्द्रले संवैधानिक राजतन्त्र स्वीकार गर्नु।
दीपेन्द्र शासन गर्न चाहन्थे। उनले दोस्रो कारण त्यही बताएका छन्, जुन आधिकारिक रुपमा प्रचार गरिएको छ। अर्थात् प्रेमिका देव्यानी राणासित बिहे हुन नसक्नु। तेस्रो कारणमा भने उनले अहिलेसम्म नआएको कुराको खुलासा गरेका छन्- करोडौ डलरको हतियार सम्झौता। ‘पारसका अनुसार नेपाली सेनाले त्यतिबेला बेल्जियन एसएलआरलाई प्रतिस्थापन गर्न नयाँ हतियार खोजिरहेको थियो।
दीपेन्द्र जर्मन Heckler & Koch G36 assault rifle रुचाउँथे। तर बाबु वीरेन्द्रले त्यसलाई अस्वीकार गरे। पारस भन्छन्, मलाई थाहा छ, उनीहरुबीच यसविषयमा झगडा भएको थियो। दीपेन्द्र निराश भएका थिए। उनी खुसी थिएनन्। उनले मलाई बताएका थिए। दीपेन्द्रका सहयोगीहरुले हतियार खरिदका लागि सम्झौता गर्ने कुरा अगाडि बढाइसकेका रहेछन्। यदि त्यो सम्झौता भएको भए उनको हातमा करोडौँ डलर पर्ने थियो। "
म राम्ररी सम्झन्छु सन् २००० मा आफ्नो जन्मदिनमा दीपेन्द्रले हामी सबैलाई भनेका थिए म आइभोरी टावर ढाल्नेछु तर हामीले उनको भनाइलाई गम्भिर रुपमा लिएनौं। उनी युवराज थिए जो राजा हुँदै थिए। उनले आफ्नै पिताको हत्या गर्लान् भन्ने कसले सोचेको थियो र?´
पूर्व युबरज पारस शाहले दरबार हत्याकाण्ड छानविन समितिलाई दिएको बयान र अहिलेको बयानमा निक्कै भिन्नता पाइएको छ , न्यू पेपर ले भोली पनि एसै घटनालाई कवर स्टोरी बनाउने घोषणा गरेको छ हेरौ अरु कुनै कुरा पनि बहिर आउछ कि ।। ? बाहिर धेरै कुरा आएका छन, धेरै जनाबाट तर कुन वास्तविक हो भन्ने कुरा चाँही छुट्याउन गार्ह्यो छ । हट्याकाण्डको बारेमा धेरै पुस्तकहरु पनि प्रकाशित् भएका छन। सबै पुस्तकले हत्यारा पारश नै हो भन्ने किटान गर्न बिभिन्न आधारहरु देखाइएको छ ।
हत्याकाण्ड भएको र राजातन्त्र नै हटेको एत्रो समय पछी किन अहिले पारशले हत्याकाण्डको बारेमा कुरा गरे ? के पहिला कुनै पत्रकारले उनलाई सोध्न सकेको थिएन र हो कि ? प्रश्नहरु अनेकौ जन्मन्छन ।। के साच्चै दोष मुक्त छन त पारस ? किन घाइतेहरुलाइ नजिकै को हस्पिटलमा नलगेर छाउनी लगियो त ? के हत्या दीपेन्द्रको भेषमा धेरै जना मिलेर गरेका थिए त ?
March 30, 2009 + Posted in आवाज, समाचार र बिचार +
कुरा मात्रै गर्ने नेपाली प्रबित्तिको अनुसरण गर्दै हाम्रा अहिलेका प्रधानमन्त्रीले २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डको फेरी छानबिन हुन्छ भन्दै गर्दा हाल सिङ्गापुर बस्दै आएका पूर्व युबराज पारशले पहिलो पटक सिङ्गापुरकै द न्यु पेपर नामक पत्रीकाबाट हाल सम्मै चर्चामा नआएको कारण सहित दरबार हत्याकाण्डको बारेमा ३ कारण बताएका छन ।
i think parash is a lior he is telling this becoz dipendra is not aliye
Comment by suresh — October 21, 2009 @ 3:14 pm