ह्यप्पि होली

होली अर्थात रङ्गहरुको पर्ब आज नेपालभरि मनाइदै छ । वसन्त ऋतुको आगमनको सुरुआतमा पर्ने फागु पर्व (होली) एकआपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रूपमा भेला भई रङ्ग दलेर मनाइन्छ । प्रह्लाद र होलिका अनि श्रीकृष्ण र गोपिनीहरूको धार्मिक प्रसङ्गबारे चासो नदिने नयाँ पुस्ता समेत रङ्गहरूको यो पर्वमा रमाइरहेको देख्न पाइन्छ । किन मनाइन्छ त होली ? होलीको बारेमा यस्तो भनाइ छ : सत्ययुगमा बिष्णुदेबका भक्त प्रल्हादलाई मर्नको लागि हिरण्यकश्यपले बिभिन्न जालहरु बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखम लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भै असत्य माथि सत्यको बिजय भएको उपलक्षमा यो पर्ब मनाइने गरिएको हो । यसरी असत्य माथि सत्यको बिजय भएको कारण मनैने चाडमा हिजो आज थुप्रै बिकृति देखा पर्न थालेका छन । सामान्यतया: रङ्ग दलेर आपसमा खुशी मनाउने गरे त पनि शहरी ईलाकामा बेलुनमा पनि भरेर हान्ने (लोला हान्ने), फोहोर पानी बाटोमा हिंड्ने मान्छेलाई छ्याप्ने, जस्ता बिकृतिले गर्दा यो चाडको महत्व नै हराउने त होइन भन्ने शङ्का उपशङ्का नउठ्ला भन्न सकिन्न । जे भए पनि तपाईं राम्रोसँग होली मनाउनु होला । होलीको शुभकामना !
खुशी साथ मनाउनु है होली