सात हजार सहिद रे ! --सहिदहरुको देश नेपाल
साहेद बिश्वको रेकर्डमा सबै भन्दा बढी सहिद् भएको देश भन्दा नेपाल पहिलो स्थानमा आउने छ । नयाँ नेपाल सँगै बढेको चोरी, डकैति, चन्दा आतंक, अपहरण, हत्या, तथा बिभिन्न अत्याबस्यक कुराहरुको अभाव बद्दै गएको छ । नयाँ नेपालबाट नेपालीहरुले जुन अपेक्षा राखेका थिए आर्थिक बिकास, सामाजिक बिकास, समग्रमा देशको बिकास, तर त्यो हुन सकेन , नेताहरुको कुरा भाषणमा नै सिमित भयो जुन पहिला पनि हुने गर्दथ्यो ( तर पहिला चाँही भाषणको केही भाग व्यबहारमा पनि लागु हुने गर्दथ्यो) आज नेताका भाषाण र व्यबहारमा उतरिएका कुराहरु ठीक उल्टो छन । देशमा पुरै आन्धकार छ, बिद्युत सुचरु गर्न र हाल भईरहेको आपुर्ती समय बढाउनको लागि प्रधानमन्त्री प्रचन्डले आफ्नो यूरोप घुमफिर कार्यक्रम पनि रोकेका थिए ।
तर पनि बिद्युत आपुर्ती बढाउन सकेनन न त चोरि डकैति हत्या अपहरण मा नै कमी आयो । दिनहु हुने अपहरण हत्या आदिले गर्दा धेरै मान्छे मरे अनी ती सहिद् भये । नेपालमा सहिद् शब्द एस्तो सस्तो छ कि जो कोही पनि सजिलै सहिद हुन सक्छ । बाटोमा हिड्दा हिड्दै गाडीको ठक्कर लागेर कोही मर्यो भने आन्दोलन हुन्छ अनी उ सहिद् हुन्छ , परिवारले पाउछन् १० लाख अनी सबै कुरा खत्तम । १० लाख को सहिद् हुन सक्छ अहिलेको अहिल्यै कोही । हेर्नुस् त कती सस्तो छ सहिद ।
नेपालमा धेरै भये सहिद् जो वास्तविक सहिद् हुन उनिहरुको बारेमा यहाँ केही बोलिएकै छैन न त बोलिने छ । खै सुक्रराज, गङ्गालालको बारेमा यहाँ को बोलिरहेछ अहिले ? तिनिहरुको परीवारलाई के कती सहयोग गरेको छ अहिलेको सरकारले ? खै २०४६ सालको आन्दोलनका सहिद खै को बोलेका छन तिनिहरुका बारेमा ? हुन त तिनीहरु १० लाखका सहिद्हरु परेनन नि यहाँ अहिले त सहिदहरुको मुल्य तोकिएको छ १० लाख । तेसैले होल साहेद् यहाँ सहिद्हरु बढी भएका ।
बिकास निर्माणअंा लगाउनु पर्ने पैसा जाती सबै शाहीधरुको परिवारलाई दिएपछी के को हुनु बिकास निर्माण, बरु जनता पनि साह्रै पो कंगाल हुन्छ त अली अली भएका पनि । २ को कारोबार गर्दै ४ कर दिनु पर्ने नियमले गर्दा। जनता सँग कर उठाउने अनी सिमित ब्यक्तिलाई सामन्त बनाउनको लागि हो त आन्दोलन भएको लोकतन्त्र आएको के एही सोचेर भोट् दिएका थिए नेपाली जनताले ?
February 28, 2009 + Posted in आवाज, समाचार र बिचार +