हाम्रा बिलाषी प्रधानमन्त्री महोदय
साप्ताहिकमा प्रकाशित भएको थियो- पारशले ९ करोड को गाडी अनी घर किने रे सिङ्गापुरमा । कतै हाम्रा प्रधानमन्त्री महोदयले पनि पारशले त किन्यो त्यो भन्दा मा के कम भनेर नयाँ गाडी किनेका त होइनन ? सामन्तबादलाई जरै देखी उखल्ने अनी पिछडिएका गरीब नेपालीहरुको उत्थान गरी नयाँ नेपाल बनाउने भनेर भोट मागेका हाम्रा प्रधान मन्त्री कती सम्म बिलशी भएछन त ?
सर्बहारा समुदायको प्रतिनिधित्व गर्ने हाम्रा प्रधानमन्त्रीलाई आफ्नो कार्यालयमा रहेको पुरानो कार्पेट निकालेर महँगो नयाँ कार्पेट हाल्नु पर्ने , पचास हजारको घडी २ लाखको खाट चाहिने अनी सर्बहारा बर्गको नेत्रित्व गर्ने । केही समय अगाडि राष्ट्रको नाममा सम्बोधन गर्दा करोडौँको गाडी चढ्नेले घरअगाडिको खाल्डोमा एक बोरा गिट्टी पनि खसाल्दैनन् भनेर चित्त दुखाएका थिए । सुरुवात आँफैले गर्नको लागि होला साहेद उनले पनि करोडौको गाडी किनेका । अब घर अगाडि खाल्टो खन्न पनि करोडौ रकम दिने होला अनी पुर्न पनि ।
यता जनतालाई भने कती सस्ती छ । लोडसेडिङ्को कारण ले ब्यापार भने ठप्प छ भने कर तिर्नु पर्ने आफ्नो पशलको लागि राखेको बोर्डको पनि त्यो पनि ६० रुपैया प्रती बर्ग स्क्वाएरको दरले । बोर्ड बन्छ 3० रुपैया प्रती बर्ग स्क्वाएरको दरले अनी कर तिनु पर्छ ६० को दरले । यसरी जनताबाट उठाएको रकम आफुलाई १ करोडको गाडी किन्न खर्च गरेपछी के को देश बिकाश गर्न पैसा हुन्छ र गर्नु देश बिकास ।
देश बिकास गर्ने चमत्कार छिट्टै गर्न नसकिए पनि भुँडी अनी घर बिकास गर्ने चमत्कार चाँही गरिहालुँ भनेर होला साहेद । पालो उनकै सम्झेर होला भुँडी भर्ने । नत्र किन सवारी सुविधा पाउने अधिकारप्राप्त व्यक्तिले एकभन्दा धेरै सवारीसाधन प्रयोग गर्न नपाउने। यदि कसैले एकभन्दा धेरै गाडी प्रयोग गरेको भए सुविधा उपलब्ध गराउने र प्रयोग गर्ने दुवैलाई कारबाही गर्ने। " भनेर निर्देशिका बनाउदै आँफै उल्लङ्गन गर्ने ?
February 10, 2009 + Posted in आवाज, समाचार र बिचार +
कुर ठिकै हो बल्ल बल्ल पाको हो मोज गर्न गर्नु पर्यो नि त । कानुन नियम भन्ने त सानालाई लाग्छ त ठुला लाई के को नियम कानुन । धेरै बोरोध भये पछी त प्रचन्डले त्यो गाडी नचढ्ने पनि त भनी सके नि । अब राष्ट्रपती लाई होला नि त्यो गाडी ।
Comment by Ramesh — February 14, 2009 @ 7:14 am