To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

प्रहरी , अपराध अनी धमला

सधैं जसो पत्रकार सम्मेलन भईरहने र कुनै पनि कार्यक्रममा तथा कुनै पनि नेताको भाषणमा क्यामरा नेताको पछाडी देखिने ब्यक्ती हिजो आज हरएको छ ।  त उनको  क्लबमा हिजो आज पत्रकार सम्मेलन हुन्छ न त कुनै नेताको पछाडि उस्लाई देख्न सकिन्छ । नेपालमा  कोही बिदेशी राजनीतिक पाहुना आउने बित्तिकै उनी पछी T V को स्क्रिनमा देखा  पर्थे उनी । तर केही दिन यता त उनको  क्लबमा हिजो आज पत्रकार सम्मेलन हुन्छ न त कुनै नेताको पछाडि उनलाई देख्न सकिन्छ । उनी हुन रिपोर्टर क्लब का अध्यक्ष ऋषि धमला ।

यो त्यहाँबाट उम्किन सक्दैन । तपाईंहरु एउटा कुरा के सोच्नुस् भने रिपोर्टस्र क्लब पनि के गर्छ भने तपाईंलाई मिडियामा मोरल सपोर्ट गर्छ होइन । तपाईंको के छ भने नि प्रदीपजी मलाई विश्वास छ तपाइहरुमा आत्मविश्वास पनि छ तपाईं गर्न पनि सक्नुहुन्छ तपाईंहरुको आफ्नो सूचना संयन्त्र पनि छ त्यसलाई अगाडि बढाउनुस् ।

धमलाले फोनमा गरेको कुराकानीको एक अंश

तस्बिर : मेरो संसार  

केही दिन अगाडि प्रहरिले अपराधिक क्रियाकलापहरु सञ्चालन गर्न विभिन्न प्रकारले सहयोग गरेको आरोपमा  ऋषि धमला र वीरेन्द्रकुमार महतोसमेतलाई पक्राउ गरी निजहरुलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा दर्ता गरी कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

    ऐनले रेकर्ड गरिएको वार्तालापका विषयमा केही भनेको छैन, त्यसैले धमलाविरुद्धको अभियोग कमजोर छ´ आपराधिक मुद्धाहरुमा विशेषज्ञता हासिल गरेका एक वरिष्ठ अधिवक्ता भन्छन्। धमलाका मुद्धामा अदालतमा बहस गर्नुपर्ने सम्भावनाका कारण उनले आफ्नो नाम गोप्य राख्न चाहे।

धमलाले आहिले पनि आफ्नो संलग्नताको बारेमा मान्न तयार छैन र आफुलाई निर्दोशी बताउछन तर प्रहरिले भने उनको अपराधीक कृयाकलापमा सघाउ पुग्ने बिभिन्न कृयाकलापमा संलग्नता रहेको प्रमाणको  रुपमा बिभिन्न समयमा धमला र अन्य पक्राउ परेका ब्यक्तिहरु बिचको कुराकानी पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेको छ । के धमलाले पैसाको लागि  यस्तो काम गर्दै गरेका थिए त ? के आफ्नो मान सम्मान  मै आच आउने काम गरेको हुन त । तपाईंलाई के लाग्छ ?

 धमला र रणविर सेनाका ब्यक्तिविच भएको पहिलो र दोस्रो टेलिफोन कुराकानी

धमला–म तपाईंलाईं के भन्छु भने त्यो पैसा हामीलाई नदिने खेल भइरहेको छ । खेलको बारेमा म तपाईंलाई तीनवटा कुरा भन्छु त्यो के भने त्यो पैसा हामीलाई नदिइकन लिन खोजिरहेका छन् । तपाईंले के भन्नुपर्यो भने यसको मेन सुरुवात मैले गरेको हुँ । मैले यो सबै कनेक्सन गरेर तपाइसँग सम्पर्क गराएर यो डिल गर्न खोज्या हो ।

अँ ।

धमला–र एउटा कुरा के भन्छु भने भोलि रणवीर अथवा प्रदीप भनेको अहिले तपाईंहरु सशस्त्र द्वन्द्व गरिराख्नुभएको छ भोलि त तपाईंहरु खुल्ला पोलटिक्समा आउनुहुन्छ ।

अँ ।
धमला–माओवादी १० वर्ष जनयुद्ध गरेर पनि खुल्ला राजनीतिमा आएको शक्ति हो । यद्यपि भोलि रणवीरलाई सफल बनाउन मिडिया र ऋषि धमलाको ठूलो महŒव रहन्छ नेपालमा ।
हो त्यो कुरा मलाई थाहा छ ।
धमला–माओवादीका कतिपय नेतालाई मैले स्थापित गरेको हुँ । त्यसैले एउटा कुरामा तपाईंले के स्ट्यान्ड लिनु भने प्रदीपजी त्यो पैसा हामीले मात्र लिएर हुँदैन ऋषि धमलाजीलाई पनि दिनुपर्छ जसरी पनि । जसले मेहनत गरेको छ यसका लागि चार÷पाँच लाख त मेरो गोजीबाट गएको छ कनेक्सन गराउनका लागि ।-
धमला–म काँधमा बोकेर हिँडेको छु । उसले मलाई अहिले हामी त उनीहरुलाई एकमुष्ट रकम दिँदैछौँ भन्यो ।
अँ ।
धमला–है ।
अँ ।

धमला–त्यसैले मेरो तपाईंलाई आग्रह छ- प्रदीपजी सानो कुरामा हामीले बोलेको जुन कमिटमेन्ट छ जुन विश्वास छ त्यो नटुटोस् भविष्यमा जाँदाखेरि हाम्रो हातेमालो भएर तपाईंको हरेक मोर्चामा ऋषि धमलाको
अँ…।
धमला–इन्डियामा पनि मेरो कत्ति राम्रो कनेक्सन छ त्यो तपाईंलाई थाहा छ ।
थाहा छ थाहा छ ।
धमला–होइन इन्डियाबाट जो नेपालमा आउँछन् त्यो सीताराम येंचुरी होस् या मुलायमिसंह यादव होस् या अमर िसंह होस् ।
अँ ।
धमला–त्यसैले गर्दा मेरो जो रिलेसन छ त्यसलाई क्यास गर्नुस् र ऋषिजीलाई पैसा नदिई हुँदैन ।
अँ ।
धमला–उसलाई यो पैसा नदिइकन हामी काम गर्न पनि सक्दैनौँ ।
अँ ।
धमला–हामीलाई डेन्जर हुन्छ खतरा हुन्छ । भोलि मिडियामा यिनीहरुदेखि होसियार भनेर मिडियामा फोटो आउँछ ।
धमला–म त्यो मान्छेलाई रिपोर्टस्र क्लबमा बोलाउँछु है । त्यो पूर्ण सायमी भन्ने छ नि
अँ ।
धमला–हो म त्यसलाई बोलाएर तपाईंसँग कुरा गराउँछु ।

हो तपाईंको खर्च भएको छ मलाई पनि थाहा छ ।

  सुन्नुस् न म तपाईंलाई के भन्न चाहन्छु भने म तपाईंलाई सानो सल्लाह दिन चाहन्छु । तपाईं के गर्नुस् भने त्यो मान्छेलाई तपाइ रिपोर्टस्र क्लबमा बोलाउनुस् ।

धमला– ल हुन्छ । हामी यस विषयमा छलफल गर्छौं अनि तपाईंलाई खबर गछौ ।

=============================================

धमला–उनीहरुको सबैभन्दा पहिला के भने उनीहरुको जो मान्छे छन् नि…।
हजुर उनीहरुलाई ऊ नगरी काम हुँदैन हेर्नुस् ……सबैभन्दा पहिलो रणनीति के भने नि उनीहरुले जुन कमिटमेन्ट गरेका छन् हामीले त्यो पैसा झार्नुपर्यो के ।
हलो ।
धमला–अँ भन्नुस् ।
यो अहिले जुन प्रचार भयो नि यसमा हामीले धेरै मान्छेमाथि फिल्टर गरेका छौँ धेरै मान्छेमाथि आशंका गरेका छौँ । जो-जो आशंकाको घेराभित्र परेका छन् हामी उनीहरुलाई व्यक्तिगत क्षति हुने गरी अथवा पारिवारिक क्षति हुने गरी जुन हिसाबमा हुन्छ भौतिक क्षति हुने गरी विस्फोट गराउँछौँ ।
हलो ।
धमला–अँ ।
अब विस्फोट गराउँछौँ ।
धमला–त्यो गरौँ त्यो ।
(अर्कोको आवाज) हलो ऋषिसाप ।
धमला–हजुर हजुर ।
बिहान जसरी धोका दियो नि । हाम्रो साथीले पेस्तोल निकालेर हानिसकेको थियो । हामीले रोक्यौँ । हामीले हानेर गएको भए के हुन्थ्यो ?
धमला–अँ ।
तपाईं आफैं सोच्नुस् कि यो नौटंकी बन्द गर्न । हामीलाई पैसा चाहिँदैन । तर हाम्रो पार्टीलाई बदनामी हुन्छ भने हामीलाई मन्जुरी छैन ।
धमला–अब यसमा के गर्नु भने यो कुरा छोड्नुस् । के यिनीहरुलाई जसरी पनि क्षति गराउनैपर्छ । पैसा जसरी पनि असुल्नैपर्छ होइन ।
अँ भन्नुस् त तपाईं ।
धमला–धोका दिनेलाई कसरी छोड्न सकिन्छ भन्या यिनीहरुले मेरो नाम लिएर १० दिन÷१५ दिन ।
त्यसको घर कहाँ हो ?
धमला–घर किन चाहियो त्यो कहाँ भाग्छ र खान्दानी मान्छे हो । तपाईं यहीअनुसार मुभ गर्नु म पनि यसरी नै मुभ हुन्छु । हामीले भोलि ११ बजेसम्म यसलाई हाम्रो फन्दामा ल्याएर यसको के रणनीति छ भने मोबाइलको आवाज खराब
अँ ।
धमला–यो त्यहाँबाट उम्किन सक्दैन । तपाईंहरु एउटा कुरा के सोच्नुस् भने रिपोर्टस्र क्लब पनि के गर्छ भने तपाईंलाई मिडियामा मोरल सपोर्ट गर्छ होइन । तपाईंको के छ भने नि प्रदीपजी मलाई विश्वास छ तपाइर्ंहरुमा आत्मविश्वास पनि छ तपाईं गर्न पनि सक्नुहुन्छ तपाईंहरुको आफ्नो सूचना संयन्त्र पनि छ त्यसलाई अगाडि बढाउनुस् ।
(एकदम हामी मोबाइल बिगि्रयो)
यसले यो काम गर्न सक्छ । यिनीहरुले रातभरिमा पैसा खोज्छु भन्या छन् भन्न चैँ होइन तपाईंले यिनीहरुलाई रातभर थ्रेट गर्नुस् ।
त्यो हाम्रो त स्रोत छ भने हामी रातभर अगाडि बढिराखेका छौँ । त्यो तपाईंलाई पनि जानकारी गराइदिऊँ ।
धमला–ओके ।
उनीहरुको तपाईंसँग कुरा भयो भने यो धेरै नौटंकी भयो । उनीहरुलाई पैसा पनि चाहिँदैन भने भनेर सुनाइदिए हुन्छ ।
धमला–उनीहरुले निहुँ खोजिरा’छन् भोलि म एकचोटि भेट्छु ।
आज तपाईं एउटा कुरो नि सबैभन्दा ठूलो कुरो तपाईंको रिपोर्टस्र क्लब नभएको भए नि लुज भएको भए मात्रै त्यसको परिणाम भयंकर निस्कन्थ्यो ।
धमला–हो त ।
(मोबाइलको आवाज बिगि्रएको)
अहिले हामी राख्दिन्छौँ भोलि कुरा गछौ है सर ।
धमला–हुन्छ ।
भोलि हामी कुरा गरौँला ।
धमला–हुन्छ ।
सौजन्य : HamroBlog.com
 
=========================================================

February 6, 2009 + Posted in आवाज, समाचार र बिचार +


1 Comment »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2009/02/06/p373/trackback/

  1. के ऋषीलाई फसाइएको हो त ?
    मलाई त त्यस्तो लाग्दैन, फसाइएको भए त्यो अडियो चाँही के हो त, गिरिजा बाबुले पनि फसाकै हो भने रे, यहाँको नेताहरुको यस्तै हो आफ्नो मान्छेले जे गरे पनि हुन्छ, अनी त्यो आवज चाँही कस्को र किन त्यस्तो बोलेको हो त धमलाले । अदालतमा पनि प्रमाणको रुपमा अडियो प्रस्तुत गर्ने कुनै कानुन छैन रे । अब अडियो बहेक अरु कुनै प्रमाण नै छैन भने त निर्दोश सबित हुन के बेर ।

    Comment by Suresh — February 7, 2009 @ 7:40 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.