विज्ञापन दस्तुर
तपाईहरुलाई पनि थाहा होला सार्वजनिक स्थानमा राखेको होडिङ्ग वोर्डको नगरपालीकालाई विज्ञापन दस्तुर कर बुझाउनु पर्छ तर हिजो आज नेपालमा यस्तो पनि नियम चलन आएको छ जहा विज्ञापन हुने गरी सरकारले देख्ने गरी जहा जे लेखे पनि त्यस्को कर तिर्नु पर्ने । नतिरे कारवाहि । यति सम्म कि पसलको ढोकामा राखेको सिसामा लेखेको पनि विज्ञापनको लागि हो भनेर त्यस्को पनि पैसा तिर्नु पर्ने रे । ब्यापार चाहि दिनहुँ घट्ने अनि कर चाहि वढ्दै गर्नाले साना तिना पसल राखेर बस्नेहरु दिक्दार भैसके ।
लोडसेडिङ्ग घट्ने नेताको भाषण र आश्वासन मात्रै भैहाल्यो । आज पनि नेपालीहरु दैनिक १६ घण्टा नै लोडसेडिङ्गको मार खप्न वाध्य छन् । भन्न अस्ति आईतवार वाट दैनिक १२ घण्टा रेडियो र टेलिभिजनले भने पनि घटाईएको देखिएन । तर पनि कर भने जे मा पनि धेरै । सरकारको लक्ष्य अनुसार कर नउठेको तथा सहिदहरु वढ्दै गएका कारण सहिदको परीवारलाई १० लाख दिनुपर्ने भएकोले नि यस्तो गरेको हुनसक्छ भन्ने धेरैले अनुमान गरेको पाइन्छ ।
अब तपाई नै भन्नुस न ब्यापार चाहि कम अनि कर वढि भएमा कर कस्ले तिर्न चाहन्छ
February 3, 2009 + Posted in आवाज, समाचार र बिचार +
ho ho… if the tax is much more than you earn then who’s gonna pay the taxes. every1 will try to avoide it it.
Comment by IT Freak — February 4, 2009 @ 9:13 am
ani euta kura ni… tyo antispam ko text lekhne thau alik nadekhine rahecha… bhettaunai garho for first timer like me.
Comment by IT Freak — February 4, 2009 @ 9:15 am