To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

डकैतीको आरोपमा बाख्रा पक्राउ

हतियारसहित डकैती गरेको आरोपमा नाइजेरियामा प्रहरीले बाख्रालाई हिरासतमा लिएको छ । भिजिलान्तेले हतियारधारी चोरले भेष बदलेर माज्दा-३२३ चोर्न खोजेको बताउँदै सेतो र कालो रङको बाख्रा प्रहरीलाई सुम्पेको थियो ।

‘भिजिलान्तेको एक समूह गस्ती गरिरहेको वेला केही मानिसले माज्दा गाडी चोर्न लागेको देखेको बताए । ‘ती चोरलाई लखेट्दा सबै भागे । तर, एक चोरले चाहिँ बाख्राको भेष बदल्यो भनेर भिजिलान्तेले भन्न आए,’ क्वारा स्टेट प्रहरीका प्रवक्ता टुन्डे मोहम्मदले भने ।

‘हामी यो घटनाको पुष्टि गर्न सक्दैनौँ । तर, बाख्राचाहिँ हाम्रो हिरासतमा छ । हामी केही आश्चर्यजनक शक्तिमा आधारित भएर यसको पुष्टि गर्न सक्दैनौँ । मानिस बाख्राको भेषमा बदलियो भन्ने कुरा वैज्ञानिक ढंगले यसको पुष्टि हुनुपर्छ,’ मोहम्मदले भने ।

तर, अनुसन्धान समाप्त नहुन्जेलसम्मका लागि बाख्रालाई हिरासतमा नै राखिने बताइएको छ । नाइजेरियाको केही भागमा बोक्सी-विद्यामा निकै विश्वास गरिन्छ । पक्राउ परेको बाख्रा हेर्न कैयौं मानिस पुलिस स्टेसन आएका छन् ।

Source:FN

January 29, 2009 + Posted in समाचार र बिचार, अचम्मका कुरा, नेपाल बाहिर +


Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2009/01/29/p370/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.