फेरी आतंक मच्चाउदैछ बर्डफ्लुले
बर्ड फ्लु – बेला बेलामा आतंक मच्चाइरहन्छ यस्ले । यो बर्ष पनी आतंक मच्चायो । धेरै पंक्षिहरुको बिनाश गरायो । केही समय अघी देखी नेपालमा पनि यस्ले आतंक मच्चाउदै छ , नेपालमा पनि दश हजार भन्दा बढी कुखुरा हाँस मारिए, बर्ड फ्लु को डरले । जिवाणु भेटिएको १० किलोमिटर परिधीभित्रको क्षेत्रमा पशु सेवा विभागले आज शुक्रबारबाट प्रत्यक्ष निगरानी शुरु गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ किलोमिटरको परिधिमा रहेकासरकारले कुखुरा नष्ट गर्दा लेयर्स जातका कुखुरा धनीलाई प्रतिकुखुरा ५ सय रुपैया“, ब्वायलर्सका लाई २ सय ५० र अन्य जातकालाई १ सय रुपैया“ क्षतिपूर्ती दिने घोषणा पनि गरेको छ ।
त्यस्तै, मासुको/प्रतिकिलो ५० र दानाको ५ रुपैया“ तथा अण्डाको ५० पैसा क्षतिपूर्ती दिइनेछ । कुखुरा नष्ट गर्दा झण्डै ४० लाख रुपैया“ खर्च हुने मन्त्रालयको अनुमान छ । सो क्षेत्रमा भारतको मोतिहाराबाट रोग भित्रिएको आशंका गरिएको सचिव थापाले बताउनुभयो । उहा“ले रोग फैलन नदिन चितवन, पोखरा र काठमाडौंमा क्वारेन्टाइन सक्रिय गरिएकोे जानकारी दिनुभयो |
बर्ड फ्लु के हो ?
एभियन इन्फ्लुयन्जा टाइप ए अर्थात् एच फाइभ एन वान नामक सूक्ष्म भाइरसको कारणले लाग्ने प्राणघातक रोगलाई नै बर्ड फ्लु वा पक्षी रुघा भन्न्ो गरिन्छ । यस प्रकारका भाइरसहरू अति छिटो रूपमा आफ्नो वंशाणुगत रूपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेका हुन्छन् । यिनीहरूले शरीरमा प्रवेश गरेपछि शरीरको कोषका वंशाणुसँग समायोजन भई नर्या किसिमका जीवाणु पैदा गर्छन् जुन बढी हानिकारक हुने गर्छ । यो रोग पक्षीहरूमा लाग्ने रोग हो जुन पक्षीबाट मानिसमा र्सर्ने गर्छ ।
र्सवप्रथम सन् १९९९७ मा हङकङमा यो रोग पक्षीबाट मानिसमा सरेको प्रमाणित भएको थियो । त्यसबखतमा जम्मा १८ जना यो रोगबाट सङ्क्रमित भएकोमा ६ जनाको ज्यान गएको थियो । भने हङकङमा १५ लाख कुखुरा तीन्ा दिनमा नष्ट गरिएको थियोे । त्यसपछि यो रोग यसिया युरोप हुँदै विश्वव्यापी बनिसकेको छ । हालस्ाम्म विश्वका ६० भन्दा बढी देशमा यो रोग फैलिसकेको र दशौं लाख कुखुरा मरेको तथ्याङ्क र्सार्वजनिक भएको छ ।
बर्ड फ्लु कसरी र्सछ ?
बर्डफ्लुबाट सङ्क्रमित पक्षीहरूको प्रत्यक्ष सर्म्पर्कमा आउदाँ एभियन इन्फ्लुयन्जा भाइरसहरू स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्ने गर्छन्ा् । एभियन इन्फ्लुयन्जा जीवाणुहरूबाट सङ्क्रमित चराहरू दश दिनसम्म रोग र्सार्न सक्षम हुन्छन् र त्यसपछि चराहरू मर्ने गर्छन् । जीवाणुहरू रोगी चराको मल, र्*याल, सुलीलगायतबाट बाहिर निस्कने गर्छन् । सङ्क्रमित चराहरूको मासु तथा अण्डा को सेवन तथा खोर र ट्रेहरूको सर्म्पर्कमा आउँदा पनि यो रोगका भाइरसहरू र्सर्ने गर्छन् । बसाइ र्सर्ने जलचराहरूको शरीरमा यी जीवाणुहरू सुरक्षित रूपमा रहन सक्छन् तर ती चराहरूलाई भने कुनै असर गर्दैनन् । यसरी फिरन्ते चराहरूबाट रैथाने चराहरूमा यो रोगका जीवाणुहरू र्सर्ने सम्भावना प्रबल रहेको हुन्छ ।
बर्ड फ्लुका भाइरसहरू चराबाट मानिसमा सरेको तथ्य मात्र हालसम्म पाइएको छ, तर यदि यी भाइरसहरू मानिसबाट मानिसमा र्सर्ने हो भने भयानक स्थिति र महामारीको अवस्था आउने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।
बर्ड फ्लुका लक्षण
बर्ड फ्लुबाट सङ्क्रमित चराहरू १० दिनपछि मर्ने गर्छन् र तिनीहरूको सर्म्पर्कमा आएपछि मानिसमा पनि यो रोगका भाइरसहरू र्सर्ने गर्छन् । बर्ड फ्लुबाट सङ्क्रमित भएपछि मानिसमा निम्न लक्षणहरू देखिन थाल्छन् ।
क. सुरुमा सामान्य ज्वरोे आउने
ख. टाउको दुख्ने, खोकी लाग्न्ेा
ग. रुघा लागेजस्तो हुने तर नाकबाट सिँगान नबग्ने
घ.सास फर्ेन गाह्रो हुने
ङ.प्यारालाइसिस हुने, मुटु, फोक्सोलगायतका अङ्गले काम गर्न छाड्ने
च . उपचार नपाएमा व्यक्तिको मृत्यु हुन्छ ।
बर्ड फ्लुका रोगीको उपचारका लागि विश्वव्यापी रूपमा धेरै प्रयास हुँदै आएका छन् । विभिन्न्ा औषधि र खोपको पनि आविष्कार भएको छ तर बर्ड फ्लु लागिसकेको रोगीलाई बचाउन सकिने सम्भावना भने धेरै कम रहेको हुन्छ । नेपालमा बर्ड फ्लुको सम्भावनाा नेपालमा हालसम्म्ा बर्ड फ्लु देखिएको छैन तर यसको प्रचुर सम्भावना भने रहेको छ । नेपालको छिमेकी भारत जोसँग खुला सिमाना छ र पक्षीको आयात दिनहूँ हुने गर्छ बर्ड फ्लुबाट प्रभावित राष्ट्रको रूपमा सूचीकृत भएको छ । पछिल्लो समयमा भारतको पश्चिम बङ्गालमा बर्ड फ्लु लागेको कारण लाखौं कुखुरालाई मार्न सरकारले निर्देशन दिएको छ । भारतमा देखिएको बर्ड फ्लुको सङ्क्रमणले नेपालमा पनि यो रोग फैलने सन्त्रास उत्पन्न भएको छ । अर्कोतर्फनेपालमा बर्सर्ेे विभिन्न याममा विभिन्न देशबाट बसाइ सरी पक्षीहरू आउने गर्छन् । ती फिरन्ते चराहरूले नेपालका रैथाने चराहरूमा एभियन इन्फ्ुलुएन्जाका जीवाणु र्सार्नसक्ने र बर्ड फ्लुको महामारी फैलाउन सक्ने भय रहेको छ । हालै पनि कोशीटप्पु, बिसहजारी ताल लगायतका क्षेत्रका चराहरूमा विशेष निगरानी गर्न थालिएको छ । नेपालमा यो रोग हालसम्म्ा नदेखिएको भए पनि कुखुराहरूमा रोग र्सनसक्ने भयका कारण विगतमा कुखुरा व्यवसायमा ठूलो घाटा लाग्ने गरेको छ । विश्वभर बर्ड फ्लुबाट सङ्क्रमित कुखुराहरू नष्ट गर्दा अरबौँको क्षति भई कुखुरा व्यवसाय धराशायी बन्ने गरेको छ । त्यसकारण नेपालमा पनि यो रोग फैलिएमा एकातर्फधेरै व्यक्तिको ज्यान जाने र अर्कोतर्फकरोडौंको लगानी रहेको कुखुरा व्यवसाय पनि सङ्कटमा पर्ने देखिन्छ । तर्सथ यसप्रति सबै सचेत हुनु आवश्यक छ ।
बर्ड फ्लुबाट कसरी बच्ने -
रोग सङ्क्रमित चराहरूको प्रत्यक्ष सङ्क्रमणमा आउँदा यो रोग स्वस्थ व्यक्तिमा र्सर्ने गर्छ । त्यसैले रोगग्रस्त चराहरूप्रति होसियार रहनु र आवश्यक सावधानी अँगाल्नु नै बर्ड फ्लुबाट बच्ने उपयुक्त माध्यम हो । बर्ड फ्लुबाट बच्न निम्न उपाय अँगाल्न सकिन्छः
क. कुखुरा लगायतका पक्षीहरूको सर्म्पर्कमा आउँदा आवश्यक सावधानी अँगाल्ने
ख. घरपालुवा पक्षीहरूमा यो रोगका लक्षण देखिई मरेमा तुरुन्त पशुस्वास्थ्यकर्मीलाई जाँच गर्न लगाउने र यो रोग पाइएमा सँगै रहेका अन्य सङ्क्रमित कुखुराहरू नष्ट गर्ने
गा. कुखुरालगायतका पक्षीहरूको खोरमा काम गर्दा मास्क तथा पञ्जा लगाउने
घ .रोगको सङ्क्रमण पाइएमा त्यस ठाउका कुखुरा , हाँस लगायतका पक्षीको मासु तथा अण्डा सेवन नगर्ने किनकि भाइरसहरू अन्यमा पनि सरेका हुनसक्छन् ।
ङ रोगको कारणबाट मरेका पक्षीहरूलाई जथाभावी नछोड्ने र उचित रूपमा नष्ट गर्ने ।
January 20, 2009 + Posted in आवाज, समाचार र बिचार +