झुसिलकीरा नै सबैभन्दा मीठो परिकार
फ्राई गरिएको होस् या सुकाइएको होस्, सेन्ट्रल अफ्रीकाका ३० वर्षे युभिसलाई झुसिलकीरा सबैभन्दा उत्कृष्ट परिकार लाग्छ । ‘झुसिलकीरा मासुभन्दा मीठो हुन्छ’- उनी भन्छन्- ‘यदि मलाई खानेकुरा छनोट गर्न दिइयो भने म दैनिक झुसिलकीरा रोज्छु ।’ युभिस मात्रै होइन, उनको देशका अधिकांश जनतालाई झुसिलकीरा मीठो लाग्छ । सेन्ट्रल अफ्रीकामा झुसिलकीरालाई स्थानीय भाषामा माकोनगोस भनिन्छ । व्यस्त सडकको दोबाटो ‘केएम-५’ मा झुसिलकीरा किन्नेको भीड नै लाग्छ ।
‘सिजन नभएको बेला पाँच लिटरको बाल्टीभरिको झुसिलकीरालाई सात डलर पर्छ । सिजनको बेला अलि सस्तो पर्छ । झुसिलकीरा प्रपेटुयू ओन्डजोपोना भन्छिन्- ‘मानिसहरू झुसिलकीरा धेरै किन्छन् । मेरो स्टक छिट्टै नै सकिन्छ ।’ झुसिलकीराको विभिन्न परिकार बनाएर खान सकिने ओन्डजोपोना बताउँछिन् । बदामको सससँग काँच्चैदेखि लिएर फ्राइ गरेर वा पातभित्र राखेर खान मिल्ने उनी बताउँछिन् । झुसिलकीरालाई सुकाएर रौं निकालेर उमालिएको पानीमा डुबाउनुपर्छ । त्यसपछि ससमा राखेर पकाउँदा झुसिलकीराको मीठो परिकार बन्ने उनी बताउँछिन् । झुसिलकीरामा धेरै प्रोटिन हुने खाद्यविज्ञ बताउँछन् । खाद्यान्न संकट रहेको सेन्ट्रल अपि|mकन रिपब्लिकमा झुसिलकीराले खाद्यान्न संकट कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।
संयुक्तराष्ट्र संघको खाद्यान्न तथा कृषि संस्था -एफएओ) ले २००४ मा गरेको सर्वेक्ष्णमा सेन्ट्रल अफ्रीकन रिपब्लिकका ८५ प्रतिशत सहभागीले झुसिलकीरा खाने गरेको बताएका थिए । एक रिपोर्टअनुसार प्रत्येक एक सय ग्राम सुकाइएको झुसिलकीरामा ५३ ग्राम प्रोटिन, १५ प्रतिशत फ्याट र १७ प्रतिशत कार्बेहाइटेड हुन्छ । गाईको मासु र माछामा भन्दा झुसिलकीरामा बढी प्रोटिन हुने बताइएको छ । ‘झुसिलकीरा संकटकालीन खाद्यान्न होइन । तर, सिजनअनुसार यो नियमित भोजनअन्तर्गत पर्छ ।
यसलाई मिष्ठान्न भोजनको रूपमा लिइन्छ’- एफएओका फरेस्टीविज्ञ पल भान्टोमी भन्छन् ।
झुसिलकीरा कैयौंको मुख्य आम्दानीको मुख्य स्रोत रहेको छ । हातले सजिलै टिप्न सकिने र कुनै लगानी गर्नु नपर्ने भएकाले विशेषगरी, महिलाले यसलाई मुख्य आर्थिक स्रोत बनाएका छन् ।
January 13, 2009 + Posted in अतिथी कक्ष, समाचार र बिचार, अचम्मका कुरा +
रमाईलो कुरा सुनाउनुभयो। धन्यबाद!
Comment by वसन्त — January 15, 2009 @ 6:56 am
साह्रै रमाइलो पो छ, त है यो कुरा !
हाहाहा
अनि नयाँ स्वरुपमा आएको मा आवाजलाई बधाई छ है !
Comment by आकार — January 16, 2009 @ 11:01 pm
Ramro lagyo,yadi pic bhako bhaye jhan ramro hunthiyo..
Comment by Hang — January 21, 2009 @ 9:51 am