UTL SYSTEM HACKED
नेपालको पहिलो तारबिहिन टेलिफोन सन्चालन गरेको United Telecom को system मा समस्या आइ दुई महिना देखी telephone मा खराबी हुँदा कम्पनी लाई धेरै घाटा भएको छ । बन्द भएको फोनमा पनि टन्नै बिल आउने , कल गर्दा बिचैमा काटिने, NTC मा फोन नलाग्ने जस्ता समस्या आउने गरेको छ, बिदेशबाट फोन आउँदा UTL को नम्बर आउने हुनाले सो नम्बरहरु NTC ले थाहा पाए उक्त नम्बर बाट NTC को नेट्वोर्कमा फोन नै जादैन । UTL का कतिपय नम्बर अरु NTC ले ब्लक गर्दा UTL लाई घाटा त हुन्छ नै अनि सर्बसाधारण पनि मर्कामा परीरहेका छन ।
बिदेशबाट फोन गर्दा UTL को सिस्टम प्रयोग गरेर फोन गरिएको हुदो रहेछ तर यसबाट UTL लाई घाटा हुने गरेको बताउछन UTL का कर्मचारीहरु । कसैलाई हाम्रो सिस्टम बारे थाहा छ र उनिहरुले UTL को सिस्टम प्रयोग गरेर कल गरिदिन्छन एसो गर्नाले UTL बाट फोन आएको देखिन्छ तर यस्मा UTL लाई कुनै प्रकारको फाईदा हुन्न । उल्टो घाटा हुन्छ ।
एसरी UTL को सिस्टम प्रयोग गरेर फोन गर्ने गर्दा अर्काको फोन मा धेरै बिल उठ्न जान्छ । यदी तपाईंको फोन मा पनि बिचमै फोन काटिने, NTC को नम्बर मा फोन नजाने जस्ता समस्या छन भने चाडो भन्दा चाडो UTL को कार्यालयमा संपर्क गरेर आफ्नो फोन मर्मत गर्नु होला ।
December 20, 2008 + Posted in आवाज +
OH !it’s so bad. UTL has to change It’s system with high security.
Comment by Rabin — December 24, 2008 @ 9:24 am