दुर्घटना
मानव अधिकार दिवस मनाउन विराटनगरवाट धनकुटाको खोकु छिन्ताङ हिडेको अधिकारकर्मी र पत्रकार सहितको पदयात्री टोली चढेको वस मंगलवार धनकुटाको भेडेटारमा दुर्घटना हुँदा १७ पत्रकार सहीत ३५ जना घाइते भएका छन् ।
घाइते पत्रकारहरुमा मोरङका १० जना र सात जना सुनसरीका रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १६ जना अधिकारकर्मी र बसका दुइ जना स्टाफ घाइते भएका छन । घाइते पत्रकारहरुमा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष शम्भु भण्डारी , प्रेस युनियन मोरङका अध्यक्ष विनोद भण्डारी, क्रान्तिकारी पत्रकार महासंघ मोरङका अध्यक्ष विनोद घिमिरे, नेपाल पत्रकार महासंघका पार्षद मोहन भण्डारी , पत्रकार महासंघ मोरङका सदस्य सञ्जीब खनाल, पत्रकारहरु विनोद ढुंगेल, कौशिला दाहाल, अविजाल विष्ट , रहेका छन् ।
त्यसैगरी पत्रकार इन्दिरा वशिष्ट, सृजना कार्की र सुनसरीका निलीफा शुव्वा , प्रतिक्षा वान्तवा, सोहन श्रेष्ठ , गंगा बराल, राजन सुवेदी, मनीता चाम्लीङ र सुमित्रा राइ छन । दुर्घटनामा सुरेशलाल श्रेष्ठ , डम्बर बुढाथोकी, खडगनारायण उराव लगाएतका अधिकारकर्मी घाइते भएका छन । घाइते मध्ये अधिकांश समान्य उपचार पछी आ आफना घर र्फकेको पत्रकार यज्ञ शर्माले जानकारी दिनु भएको छ । घाइतेमध्ये पत्रकार मोहन भण्डारी, विनोद घिमीरे, विनोद ढुंगेल, सञ्जीब खनाल, सृजना कार्कीको अवस्था गंभीर छ । उनिहरुको टाउको , खुट्टा, हात, छातीमा गहीरो चोट लागेकोले थप उपचारका लागि विराटनगरस्थित विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
पत्रकार मानवअधिकारकर्मी सवार ना ३ ख ५१६४ नम्बरको संजीवनी ट्राभल्स कोशी राजमार्ग अन्तर्गत भेडेटार ३ स्थित कार्कीछापको घुम्तिमा सडक भन्दा १५ फिट तल भिरमा खस्दा दुर्घटना भएको हो ।
घुमाउरो वाटोमा बसको स्टेरिङ नमोडिँदा बस दर्ुघटना परेको प्रहरीले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवशको अवसरमा पूर्वाञ्चलका मानव अधिकारवादी संघ संस्थाहरुले मंगलवार विराटनगरवाट पदयात्रा सुरु गरी धनकुटाको खोकुछिन्ताङ जाने क्रममा दुघर्टना भएको हो ।
स्रोत नेपाली पोस्ट
December 9, 2008 + Posted in समाचार र बिचार, Breaking News +