प्रेममा पागल भएपछी
यो संसार अचम्मको छ अझ झन आजकलका केटाकेटीहरु अचम्मका छन, कोही आफुले रोजेको मान्छे नपाए आत्महत्या गर्छन् त कोही मार्छन्, यस्तै एक घटना घटेको छ काठमाडौं मैतिदेबी मा । २९ बर्षिय युबक रवीन्द्रविक्रम राणाले आफ्नै केटीसाथीको अनुहारमा एसिड छ्यापेर कुरूप बनाइदिएका छन् ।
पटक पटक प्रेम प्रस्ताब राख्दा अस्विकार गरेपनी पछी लाग्न नछोडेका राणालाई आफ्नो पिछा छुटाउन सागर श्रेष्ठले आफु बिबाहित भएकी कुरा बताएकि थीइन् । कन्सल्टेन्सीमा काम गर्ने सागर श्रेष्ठ र राणा बीच कन्सल्टेन्सीमा पहिलो भेट भएको थियो । २ बर्ष बिदेश बसेर आएका राणा फेरी बिदेश जाने चक्करमा कन्सल्टेन्सीमा पुगेका रहेछन । पिछा छुटाउन उनले अनेक उपाए गरिन तर राणाले पिछा छोडेनन, पिछा छुटाउन उनले आफु बिबाहित भएको बताइन, सोही कुरा सुनेर आबेशमा आएका राणाले सधैंझैं अफिस जान घरबाट हिँडेकी सागर श्रेष्ठ गल्ली हुँदै मैतिदेवी-चोक निस्कने क्रममा राणा सँग एक्कासी भेट भएको थियो । जाकेटको गोजिमा हात राखेका राणाले ‘तेरो बूढो छ हैन त’भन्दै खल्तिमा रहेको हात निकाली उनको मुखमा एसिड छ्यापिदिए ।
यसरी आफुले चाहेको मान्छे आफ्नो नहुने देखेपछी अनुहारमा एसिड छ्याप्ने राणा अहिले फरार छन । प्रहरिका अनुसार अहिले उनको खोजी कार्य ब्यापक भई रहेको छ ।November 19, 2008 + Posted in आवाज +