To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

उपराष्ट्रपतिको अन्योलता

लोटामा पानी बोकेर का“धमा जनै सिउरनिुभएका उपराष्ट्रपतिजी भान्सा कोठामा छिर्दै गर्नुभएको देखेर माताजीले सोध्नुभो, "कत जाइछी -"
"मैदान," उपराष्ट्रपतिजीले जवाफ दिनुभो, "पेट मे गडबडी अइछ । "
जवाफ सुनेर दिग्दारीले भरएिको स्वरमा माताजीले सोध्नुभो, "आब रसोइ घरमे झाडा फिर्रबई -"
माताजीको प्रश्न सुनेर उपराष्ट्रपतिजीसमेतले झर्किंदै सोध्नुभो, "के गर्ने त -"
शौचालयतिर इसारा गर्दै माताजीले भन्नुभो, "यता होइन, त्यता जानोस् ।"
उपराष्ट्रपतिजी त्यसपछि धोती स्याहार्दै शौचालयतिर जानु त भयो तर उहा“का अनुहारमा अन्योल व्याप्त थियो ।
"तपाईंलाई किन यस्तो भएको -" शौचालयबाट निवृत्त भएर र्फकनुभएका उपराष्ट्रपतिजीलाई माताजीले सोध्नुभो, "पहिले न्यायाधीश हु“दा त यस्तो थिएन ।"
"त्यसबेलाको कुरो बेग्लै थियो," उपराष्ट्रपतिजीले भन्नुभो, "मैले के गर्ने भन्ने कानुनमा प्रस्ट व्यवस्था थियो ।"
"अहिले के भयो त -" माताजीले सोध्नुभो, "अहिले पनि कानुन होला ।"
"केको हुनु -" उपराष्ट्रपतिजीले भन्नुभो, "मेरो भूमिका के हो भनेर उल्लेख भएको कानुन नै छैन ।"
उपराष्ट्रपतिजीको कुरो सुनेर माताजी विस्िमत् हुनुभो । ‘मैले के गर्नु त †’ भन्ने भावमा उहा“ले उपराष्ट्रपतिजीलाई भन्नुभो, "तपार्इंजस्ता कानुन व्यवसायीलाई अप्ठ्यारो परेन त †"
"किन नपर्नु," उपराष्ट्रपतिजीले भन्नुभो, "हरेक क्ष्ँण अप्ठ्यारो परसिक्यो ।"
"थप कुरा बताउनोस्," माताजीले भन्नुभो, "मनका कुरा भन्यो भने पेट हलुका हुन्छ ।"
"तिमीलाई भनेर के हुन्छ -" उपराष्ट्रपतिजीले भृकुटी खुम्च्याउ“दै भन्नुभो, "एउटा समारोहमार्फ र्सार्वजनिक नगरी नहुने भयो ।"
त्यसपछि आयोजित समारोहमा उपस्िथत सञ्चारकर्मीले सोधे, "के छ खबर -"
"म अन्योलमा छु," उपराष्ट्रपतिजीले भन्नुभो, "संविधानमा मेरो भूमिकाबारे उल्लेख छैन ।"
"कसरी दिन बिताउनुहुन्छ त -" सञ्चारकर्मीले सोधे, "कार्यालय गएर के गर्नुहुन्छ -"
"पत्रकारलाई पैसा बा“ड्छु," उपराष्ट्रपतिजीले आफ्नो दिनचर्याबारे बताउनुभो, "नेपाली भाषालाई कसरी हिन्दी भाषाले विस्थापित गर्ने भन्ने कार्ययोजनाबारे चिन्तन गर्छर्ुु" थप्नुभो, "मलाई गालीगलौज गरेका पत्रपत्रिकाका कटिङ् भेला पारेर मित्रराष्ट्रतिर आपर्ूर्ति गर्छर्ुु" त्यसपछि गुनासो गर्नुभो, "यसरी पनि हुन्छ -"
"कुन पत्रकारलाई पैसा बा“ड्नुभो -" सञ्चारकर्मीले सोधे, "नाम भन्न सक्नुहुन्छ -"
"मेरो याददास्त कमजोर छैन," उपराष्ट्रपतिजीले जवाफ दिनुभो, "मैले पैसा बा“डेका पत्रकार यस समारोहमा पनि हुनुहुन्छ ।"
सम्भवतः उहा“को जवाफले चित्त बुझेका कारण सञ्चारकर्मीले थप जिज्ञासा राखेनन् ।
"मेरो भूमिका प्रस्ट छैन," उपराष्ट्रपतिजीले आफ्नो पर्ूवकथन दोहोर्‍याउनुभो, "यसरी हु“दैन ।"
"कसरी हुन्छ त -" सञ्चारकर्मीहरूले सोधे, "यसलाई स्पष्ट गर्नुपर्‍यो । "
"कसरी स्पष्ट पार्ने -" उपराष्ट्रपतिजीले जवाफ दिनु साटो स्वयम् प्रश्न गर्दै भन्नुभो, "संविधानमा आफ्नाबारेमा स्पष्ट नभएका कारण स्वयम् अस्पष्ट भएको मैले तपाईंहरूलाई कसरी स्पष्ट पार्ने -"
उपराष्ट्रपतिजीका कथनले अन्योलमा परेका सञ्चारकर्मीले उहा“लाई आग्रह गरे, "आफ्नो भनाइलाई स्पष्ट नपार्दा हामीसमेत अस्पष्ट हुन्छौ“ ।" सञ्चारकर्मीले थपे, "सोझो भाषामा जवाफ दिनोस् ।"
"कुन भाषामा जवाफ दिने -" उपराष्ट्रपतिजीले सोध्नुभो, "उपराष्ट्रपतिले बोल्ने भाषाका बारेमा समेत संविधानमा उल्लेख छैन ।" थप्नुभो, "लौ भन्नोस्, कुन भाषामा जवाफ दिने -"
"राष्ट्रपतिजी जुन भाषामा बोल्नुहुन्छ," सञ्चारकर्मीले सुझाव दिए, "तपार्इंले पनि त्यही भाषामा जवाफ दिए भइहाल्यो नि †"
"राष्ट्रपतिजीको कुरा छाड्नोस्," उपराष्ट्रपतिजीले आफ्नो मुद्रालाई आक्रोशित पार्दै भन्नुभो, "समस्याको जड उहा“ नै हो ।"
"किन र -" सञ्चारकर्मीले सोधे, "राष्ट्रपतिजीले के बिगार गर्नुभो -"
"उहा“ले संविधानको पालना गराउनुपर्दैन  -" उपराष्ट्रपतिजी रसिाउनुभो, "एकरत्ति काम गर्नुभएको छैन ।"
"तपार्इंले गर्दा भयो नि त †" सञ्चारकर्मीले राय प्रस्तुत गरे, "राष्ट्रपतिले नगरेको काम आफ“ैले गर्न मिल्दैन -"
"कसरी मिल्छ -" उहा“ झर्किनुभो, "राष्ट्रपतिको अनुपस्िथतिमा मात्र उपराष्ट्रपतिको भूमिका हुन्छ ।" त्यसपछि भन्नुभो, "उहा“ कहिल्यै अनुपस्िथत हुनुहुन्न ।"
"अब के गर्ने त -" उपराष्ट्रपतिजी दिग्दार हुनुभएको देखेर विस्िमत् भएका सञ्चारकर्मीले सोधे, "तत्काल के गर्ने -"
"अहिलेलाई कार्यालय जाने," उपराष्ट्रपतिजीले समारोह समापनको घोषणा गर्दै भन्नुभो, "सोझै लैनचौर पुग्ने ।"
"लैनचौर †" सञ्चारकर्मीले आर्श्चर्य मिसिएको स्वरमा सोधे, "तपाईंको कार्यालय त्यहा“ हो र -"
"कहा“ हो त -" उपराष्ट्रपतिजीले समेत प्रश्न गर्नुभो, "संविधानमा लेखेको छैन ।"
"उपराष्ट्रपतिको कार्यालय बहादुरभवन होइन र -" सञ्चारकर्मीले सम्झाउने चेष्टा गरे, "लैनचौरमा किन जानुपर्‍यो -"
"अन्योलका कारण," उपराष्ट्रपतिजीले जवाफ दिनुभो, "यता अस्पष्टता मात्र छ ।" उहा“ले उभिएरै जवाफ दिनुभो, "उता स्पष्टता छ ।"
त्यसपछि उपराष्ट्रपतिजी उता हि“ड्नुभो ।

साभार :नेपाल  

November 12, 2008 + Posted in अतिथी कक्ष, हासो ठट्टा +


Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/11/12/343/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.