म्याग्दीका निजि बिद्यालयहरुमा भुटानी शिक्षकहरुको रजुई
-हरीकृष्ण गौतम
म्याग्दी
म्याग्दीको सदरमुकाम बेनीबजार आसपास र गाउँसम्मका पुराना तथा नयाँ खुलेका निजी विद्यालयहरुमा दार्जिलिङे नामधारी तर भुटानी शरणार्थी शिविरबाट ल्याइएका शिक्षकहरुको संख्या बढ्दै गएको तथ्य खुलेको छ ।
निजी विद्यालयका साचालकहरुले भुटानी शरणार्थी शिविरका व्यक्तिहरु सस्तो मूल्यमा झिकाउने र अभिभावकहरुसँग गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै महँगो शुल्क लिने गरेको गुनासो आउन थालेको छ ।
म्याग्दीका विभिन्न क्षेत्रहरुमा केहीवर्ष यता भकाभक खुलेका निजी स्तरका विद्यालयहरुले भुटानी शरणार्थी शिविरबाट शिक्षकहरु झिकाएर पठनपाठन गराउन थालेपछि स्थानीय अभिभावकहरु समेत सशंकित हुन थालेका छन् ।
म्याग्दीजस्तो दुर्गम तर सूचना र प्रविधिको क्षेत्रमा छोटो समयमै लामो फड्को मार्न सफल जिल्लामा त्यस्ता प्रकारका व्यक्तिहरुले प्रश्रय पाउन थालेपछि यस क्षेत्रका क्षैक्षिक बेरोजगार युवाहरुको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै जान थालेको छ ।
म्याग्दीमा रहेका करिब डेढ दर्जन निजी विद्यालयहरु मध्येका अधिकांश विद्यालयहरुमा दार्जलिङ घर बताउने तर नेपाली नागरिकताको प्रमाणपत्र शैक्षिक योग्यताका प्रमाणपत्रसमेत नभएका व्यक्तिहरुले पठनपाठन गराइरहेको तथ्य खुल्न आएको छ ।
सो कार्य गराउँदै आएका निजी विद्यालयका साचालकहरुले यस कुराको बारेमा कुनै प्रतिकि्रया दिन नचाहेता पनि तिनीहरुकै भनाइमा दार्जलिङ घर बताउने शिक्षकहरुले स्थानीयहरुको भन्दा निकै कम पारिश्रमिक लिने तर स्तरीय पठनपाठन गराउने भएकाले ती व्यक्तिहरुप्रति विद्यालयका साचालकहरु र अभिभावहरुसमेत आकर्षित हुने गरेका छन् ।
सदरमुकाममा रहेका केही विद्यालयमा न्यून मात्रामा तिनको संख्या रहेतापनि गाउँका विद्यालयहरुमा भने पि्रिन्सपलदेखि न्यून तहसम्ममा त्यस्ता शिक्षकहरुको संख्या उल्लेख्य रहेको खुल्न आएको छ ।
कुहुँका एक शिक्षकका अनुसार त्यस क्षेत्रका निजी विद्यालयहरुमा दार्जलिङ घर बताउने तर नागरिकता र कुनै प्रमाणपत्रसमेत देखाउन नचाहने व्यक्तिहरुले पि्रिन्सपलको भूमिका निभाइरहेका छन् ।
यता जिल्ला शिक्षा कार्यालय म्याग्दीले भने नियमित अनुगमन हुन नसकेका कारण त्यस्ता व्यक्तिहरुको विवरण प्राप्त हुन नसकेको बताएको छ ।
कुनै पनि निजी विद्यालयहरुले शिक्षकहरु र आर्थिक विवरणसमेतको लगत नपठाएका कारण छानविन गर्न कठिनाइ परेको बताउँदै जिल्ला शिक्षा अधिकारी लखनकुमार थापाले निजी विद्यालयहरुमा भुटानी शिक्षकहरुले पठनपाठन गराउनु आपत्तिजनक भएको स्पस्ट पारे ।
जिशिअ थापाकै भनाइमा निजी विद्यालयहरुले सेवाभन्दा नाफामा बढी जोड दिएका कारण कुनै पनि विवरण कार्यालयमा बुभाएका छैनन् ।
पटकपटक ती विद्यालयहरुलाई सम्पूर्ण विवरण बुभाउन आग्रह गरिएको र प्याब्सन म्याग्दीका अध्यक्ष राजु केसीलाई पनि गत जेठमै आग्रह गरिएको थियो । उनले विवरण बुझउने प्रतिबद्धता जनाए पनि हालसम्म निजी विद्यालयहरुले कुनै विवरण बुझाएका छैनन् ।
शिक्षा कार्यालयकै अनुसार नेपालका कुनै पनि विद्यालयमा गैरनागरिकहरुले शिक्षण गर्न नपाउने प्रावधान भए पनि शैक्षिक नीति फितलो भएका कारण त्यसैको फाइदा उठाएर निजी विद्यालयहरुले पैसा कुम्ल्याउने धन्दामा लागेको प्रष्टै देखिन्छ ।
भुटानी शरणार्थी शिविरमा रहेर विभिन्न दातृ निकायबाट रासन भत्ता लगायतका सुविधा भोग गर्नेहरुलाई यसरी निजी विद्यालयमा ल्याइनु कति वैधानिक छ भन्ने कुरोको ख्यालै नगरी निजी विद्यालयका साचालकहरुले स्थानीय समुदायलाई वेवास्ता गरेकॊ कुरा अभिभावकहरुले कहिले सुइँको पाउलान् त्यो भने हेर्न बाँकी नै छ ।
September 30, 2008 + Posted in आवाज +
Nice blog!
We have introduced a new Nepali social bookmarking site goreto.co.cc. Its like other social bookmarking sites like digg and reddit but its targeted on Nepalese where they post articles related to Nepal or of some interest to Nepalese.
You can submit your blog posts, other stores, vote for other stories and do plenty of things. I hope this can help your blog too. So, please join this site http://goreto.co.cc.
Comment by Sudip Kafle — October 21, 2008 @ 7:49 am