To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

सरकार नयाँ, मन्त्री नयाँ तर ...... उस्तै

          नयाँ सरकार गठन भएपछी सुरक्षा ब्यबस्थामा केही सुधार आएपनी अझै पनि धेरै सुधार गर्नु पर्ने देखिएको छ । बिना लाइसेन्स सबरी साधन लिएर हिंड्ने हरु डराये पनि प्रहरिको कार्यमा अझ धेरै सुधार गर्नु पर्ने देखिन्छ । 
कान्तिपुरमा छापिएको यो लेख  

काठमाडौं, भदौ २३ – गृहमन्त्री वामदेव गौतमले ‘शान्ति सुव्यवस्था सबल र विश्वसनीय बनाउन’ नेपाल प्रहरीलाई शनिबार निर्देशन दिएपछि आइतबार सा“झ राजधानीको रात्रिजीवन नियाल्न हामी सहर पस्यौं ।

राति १० बजिसकेको थियो । हामी बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसको प्रवेशद्वार सामुका तीनवटा डान्स रेस्टुरेन्टछेउ पुग्यौं । ‘तारा डान्स बार,’ त्यसकै माथि ‘टप शो गर्ल डान्स बार’ र छेवैको घरको भुइ“तलामा ‘अन्डरग्राउन्ड सो गर्ल डान्स बार’ मा रौनक छाएको बाहिरैबाट अनुमान गर्न सकिन्थ्यो । मात्तिएर बाहिरिएका ग्राहक सडक किनारामा झुम्मिएका ट्याक्सीचालकस“ग लरबराउ“दै लेनदेन गरिरहेका थिए ।

सरकार गठन हुनुअघि जस्तो बाक्लो चहलपहल भने थिएन ।श्रे ष्ठ टेलरिङको आ“गनमा बाइक पार्क गरी हामी फेरि ती बारनजिक गयौं । बारअघिल्तिर ग्राहकले पार्क गरेका बाइकमाथि बसेर चुरोट तानिरहेका युवकहरू एक्कासि कराए- ‘हलो दाइ, यता, यता डि्र्रंक सस्तो छ, न्याकेड डान्स पनि छ ।’

तीनवटै डान्स बार र एउटा दोहोरीबाट हिन्दी/नेपाली संगीतको चर्को स्वर बाहिर आइरहेकाले उनीहरूले ग्राहकलाई दिएको निम्ता प्रस्ट सुन्न/बुझ्न कान उतै सोझो पार्नुपथ्र्यो । उनीहरूले पनि आपmना संवाद प्रस्ट सुनिरहेका थिएनन् ।

रातो ‘इमर्जेन्सी’ बत्ती बालेर पद्मकन्या क्याम्पस हु“दै ‘महानगरीय प्रहरी प्रभाग कमलपोखरी’ लेखिएको भ्यान तारा डान्स बारनजिकै आएर रोकियो । बार वरपरका युवकहरूले भ्यानको अघिल्लो सिटमा बसेका अर्सइस“ग हात मिलाए । केही मिनेट पछि भ्यान पुतलीसडक निस्कने सडकको मुखमा पुग्यो र इन्जिन बन्द गरी किनारामा रोकियो । कम्मरमा लाठी भिरेर तारा डान्स बारको मूल गेटमा पहरा दिइरहेका सुरक्षागार्ड हामी उभिएछेउ आए ।

भुइ“मा खुट्टा नबजारी उनले स्यालुटसहित अनुरोध गरे- ‘सर, यता आइबक्स्योस, गज्जब छ ।’ उनको संकेतलाई पालना गदर्ेर्ैैामी ‘अन्डरग्राउन्ड’ मा रहेको डान्स बार पस्यौं ।

गृहमन्त्रीले प्रहरी महानिरीक्षक ओमविक्रम राणालाई चार शर्ीष्ाकमा दिएका निर्देशनमध्ये नांगो नृत्य गर्ने/गराउने बार र रेस्टुरेन्टमाथि कारबाही गर्नू भन्ने पनि थियो । तर, त्यहा“ त्यसको कुनै असर देखिएन । हामी पस्दा दुइटी नांगा युवती हिन्दी चलचित्र ‘दम’ को ‘बाबुजी जरा धिरे चलो, बिजली खडी यहा“ बिजली खडी…’ गीतमा नाच्दै थिए । ढोकैबाट नृत्य हेरिरहेका हाम्रा कानमा ओठ

जोडेर सारी-चोलोमा उभिएका युवतीमध्ये एकले भनिन्- ‘सर, कता बस्नुहुन्छ -’ अर्कीले साथीको हातै समातेर मञ्चअघिल्तिरको खाली टेबलमा पुर्‍याइन् । उनले मेनु लिएर आएपछि हामीले थाहा पायौं- गेटमा साडी-चोलो लगाएर स्वागत गर्नेहरू ‘वेटर’ रहेछन् । 

खानेकुरा र्’अर्डर’ गर्दै थियौं, गीत सकियो । दुवै नर्तकी स्टेजमा फुकालेका ‘पेन्टी’ र ‘ब्रा’ टिपेर हराए । त्यसपछि जालीदार कपडाका दर्ुइ युवतीले ‘डान्स’ प्रस्तुत गरे । ११ बज्न केही मिनेट बा“की थियो । हामी बाहिरियौं । अघि ग्राहकका त्रि्रामाथि बसेर गफिने युवती गेटसम्म पुर्‍याउन आइन् ।

 ’सर, कस्तो हेन्डसम हुनुहुन्छ,’ उनले फकाइन्- ‘भोलि चा“डै आउनुहोस् है ।’ सिन्धुपाल्चोक चौतारा घर बताउने ती युवतीले गृहमन्त्रीलाई गाली गर्दै भनिन्- ‘वामदेवले गर्दा हिजोआज ११ बजेपछि नाच्नै पाइ“दैन ।’

मध्यरातसम्म नाच्न नपाएर के भयो, त्यसबेलासम्म नांगो नृत्य त जारी नै हुन्छ । बागबजार क्षेत्रलाई हर्ेर्ने कमलपोखरी प्रभाग प्रमुख प्रहरी निरीक्षक नवरत्न पौडेललाई गृहमन्त्री निर्देशनको बेवास्ता गर्दै अश्लील नृत्य नरोकिएकोबारे सोध्दा सुरुमा उनले अस्वीकार

गरे । हामीस“ग ‘भिडियो क्लिप’ रहेको बताएपछि सोमबार उनले टेलिफोनमा भने- ‘तपाईंले मलाई जानकारी गराउनुपर्ने, तिनीहरू -नांगा नर्तकी) लाई उठाइदिन्थें ।’

अनि बारका युवकस“ग हात मिलाएर सडकछेउ किनारा लाग्ने अर्सइले भने- ‘हामीलाई सूचनाबिना डान्स रेस्टुरेन्टमा छिर्न अप्ठ्यारो छ ।’

त्यही अप्ठ्यारोबीच राजधानीको रात्रि जीवन जमिरहेको छ ।

September 9, 2008 + Posted in आवाज +


Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/09/09/p336/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.