राष्ट्रपतीमा पुन: मतदान, हारे सरकारमा नजाने
update::राष्ट्रपतीमा डा. रामवरण यादव ३०८ मत पाइ बिजय भन्नु भएको छ । यादवका प्रतिस्पर्धि रामराजा प्रसाद सिंहले भने जम्मा २ सय ८२ मत प्राप्त गरि पराजित हुनुभएको छ । आफ्नो उम्मेदवारको पराजय भएकोले माओवादीले सरकारमा नजाने बताएको छ ।
नयाँ नेपालको पहिलो राष्ट्रपतीको लागि भएको दोस्रो निर्वाचनमा ५९० मत खसेको बताइएको छ । रा.प्र.पा नेपालले भने निर्वाचन बहिस्कार गरेको छ । बिहान ८ बजे बाट सुरु भएको निर्वाचन ११ बजे सकिएको हो । पहिलो चुनावमा बहिष्कार गरेका ५ मत रहेको नेपाल मजदुर किसान पार्टी ४ मत रहेको राष्ट्रिय जनमोर्चा र २ मत रहेको एकिकृतले आजको चुनावमा मतदान गरेका छन् तथा उनीहरु सबैले नेपाली कांग्रेस गठन्धनका उम्मेदवार डा. रामवरण यादवको पक्षमा मतदान गर्ने घोषणा मतदान हुनुअघि नै गरिसकेका थिए । पहिलो चुनावमा बिदेशमा रहेका कारण अनुपस्थित नेपाली कांग्रेसकी आरजू देउवा राणाले पनि आज मतदान गरेकी छिन् ।
आजको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नै बिजय हुने लगभग पक्का भएको छ । ने क पा माओवादीका बरीष्ठ नेता सि पि गजुरेलले आफ्नो उम्मेदवार रामराजालाइ हराउन दलिय गठबन्दन भएको भन्दै रामराजाले हरे आफ्नो पार्टी सरकारमा नजाने र तेस्ले संबिधान निर्माण कायमा समेत बाधा पुग्ने बताउनु भएको थियो ।
माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमको गठबन्धन कायम रहे आफूहरु आन्दोलनमा जाने बताउनुभएको छ ।
एमाले र कांग्रेसले माओबदिको नेत्रित्वमा सरकार बने आफु तेस्मा सहभगि नहुने बताएका थिए । आजको निर्वाचनको परिणामले सरकार गठन रप्रकियामा समेत प्रभाव पार्ने देखिन्छ ।
July 21, 2008 + Posted in आवाज, समाचार र बिचार +