To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

देश लुट्नेहरु लुटीरहेछन् अझै

  —राकेश कार्की/लस् एन्जेलस्

देश लुट्नेहरु लुटीरहेछन् अझै
जनता भुट्नेहरु भुटीरहेछन् अझै

शत्ति-बरदान दिने मतदातालाई नै
उल्टै नङ्ग्याएर चुटीरहेछन् अझै

कहिले ब्यारेक कहिले शिविर भित्र
ज्यानै लिने गरी कुटीरहेछन् अझै

राष्ट्पति, प्रधानमंत्री बन्ने अहंकारले
कुकुर बिराला झैँ फुटीरहेछन् अझै

दरबार खाली गराउने र जोगाउने फौज
मल्ल युद्ध लड्न जुटीरहेछन् अझै

यत्रो संविधान कोर्ने खुशीयालीमा पनि
दु:खी मनहरु टुटी रहेछन् अझै

जताततै टायर र पुत्ला जलेपनि
शान्तिका दियोहरु छुटीरहेछन् अझै

Source :साहित्य घर

 

July 16, 2008 + Posted in अतिथी कक्ष, लेख रचना +


2 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/07/16/leader/trackback/

  1. यी नेताहरुको काम नै आफु धनी बन्ने र आफ्नो पोल्टा भर्ने नै त हो नि । जुन जोगी आए पनि कानै चिरेको । अझ सम्म सुल्झिएको होइन राष्ट्रपतिको मुद्धा ।

    Comment by Rabin — July 17, 2008 @ 8:07 pm

  2. नेपाली यस्तै छ नेपाली यस्तै छन के गर्ने र अब
    सबै उस्तै हुन .

    Comment by Dinesh — July 17, 2008 @ 8:07 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.