“अहिलेको हामी सँग port छैन , पछी आउनुस् न नभए कल गर्दै गर्नु भए हुन्छ “

यस्तै भन्छन NTC का ADSL दिन बसेका कर्मचारीहरु । सस्तो सेवा त देखाउने दाँत मात्र भएको छ NTC को सेवा । सुरु गरेकै केही महिनामै उपत्यकाको बिभिन्न अफिसहरुमा यस्तो भएपछी उपत्यका बाहिर यस्ले कसरी सेवा पुर्‍याउला त । NTC को ठेचोमा रहेको कार्यालयमा पोर्ट सकियो भनेको महिना दिन हुन लाग्दा पनि अहिले सम्म थपिएको छैन । ” ६४ वटा पोर्ट आएको थियो । सबै सकियो अब हामीले माथि भनेका छौ port थप्नको लागि सम्भबत साउनबाट थपिन्छ होला तपाईं कल गर्दै गर्नु, थाहा हुन्छ । “ 

   सात दिन भित्र जडान गर्छु भनेर बिज्ञापन गरे ता पनी निबेदन दिएर महिनौ कुर्नु पर्ने अवस्था स्रिजना भईसकेको छ । NTC को ADSL अरु ISP को भन्दा धेरै सस्तो हुन आउछ त्यसैले प्राय सबैले एही सेवा खोज्ने गरेक छन |  ६४ वटा पोर्ट आएको थियो । सबै सकियो अब हामीले माथि भनेका छौ port थप्नको लागि सम्भबत साउनबाट थपिन्छ होला तपाईं कल गर्दै गर्नु, थाहा हुन्छ ।

तर निबेदन दी सकेपछी पनि पैसा तिर्न यो दिन आउनुस् भनेर बोलाउने होइन रहेछन, केही गरी आफ्नो पालो आएको थाहा नभए अकैलाई दीने रहेछ आफ्नो लागि आएको ADSL सेवा ।

सेवा सुरु गरेपछी अली सबल भएर त सेवा सुरु गर्नु पर्छ नि। सुरु गर्ने बित्तिकै सक्दिन भन्नु पर्ने गरी किन सुरु गरेको होला ?   NTC को सबै सेवा हरु यस्तै हुन्छन बल्ल बल्ल पाईन्छ, कती त कामै नगरने हुन्छन जस्ताइ मोबाईल सेवा । भनेको बेला मा contact गर्नै मिल्दैन .

Tell a Friend