किन केटीहरू खराब केटा मन पराउँछन् ???
केटीहरू किन असल, नम्र र भद्र केटाको साटो स्वार्थी, ढँटुवा, गफाडी, हाउडे र अभद्र केटाहरूलाई मन पराउँछन् ? यसको जवाफ वैज्ञानिकहरूले दिएका छन् । वैज्ञानिकहरूले पत्ता लगाएअनुसार वास्तवमा केटीहरू खराब केटाहरूप्रति स्वाभाविकरूपमा आकषिर्त हुन्छन् । तर, पुरुषहरू भने दयालु र विश्वासी महिलालाई मन पराउँछन् । निराश र एकल रहेका केटीहरू प्रायः आफंैलाई सोध्ने गर्छन्, ‘म किन सधैं ‘बास्टार्ड’ नै फेला पार्छु ?’
वैज्ञानिकहरूको भनाइमा तीन खराब तत्त्व नै यसको कारण हो । न्युमेक्सिको स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यी तत्त्वलाई ‘डार्क ट्राइड’ भनेका छन् । यस्ता तत्त्व भएका ‘खराब केटा’ जसरी पनि महिलालाई फसाउन लागिपर्ने हुँदा महिलाहरू आखिर आफंैलाई सोध्न पुग्छन्, ‘म किन सधैं ‘बास्टार्ड’ नै फेला पार्छु ?’ खराब केटामा रहने ती तीन तत्त्व यस प्रकार छन्- १. कुशल ढँटुवा । २. पूर्णस्वार्थी । ३. परिणामको ख्याल नगरी आवेशमा आउने लत लागेको । यस्तै केटाहरूप्रति केटीहरू प्रायः आकषिर्त हुन्छन् । अनि, आफैंलाई सोध्ने गर्छन्, ‘म किन यस्तो केटो फेला पार्छु सधैं ?’
यी तीन खराब तत्त्वमा मूल तत्त्व जेम्स बन्ड नै हुन् । जेम्स बन्ड संवेदनशील पुरुष होइनन् । तर, उनी नै सधैं राम्री केटी फेला पार्छन् । यी तत्त्वले केटीहरूलाई खतराको संकेत दिनुपर्ने हो तर मायाको जालमा परेका केटीहरूको ध्यान यसतर्फ पुग्दैन । मायाको तुँवालोमा उनीहरू प्रेमपत्र पढ्दा पनि उल्टो पढ्छन् । मानांंै, इडेनको आकर्षक बगैंचामा पुगेको महसुस गर्छन् । यी तत्त्वबाट सम्पन्न केटालाई केटीहरू महान् मजाकिया ठान्छन् । त्यस्ता केटाको कुरा सुन्दा रमाएर हाँस्छन् । उसलाई आत्मविश्वासी ठान्छन् र बिस्तारै लहसिन्छन् । केटीहरूलाई थाहा हुदैन, यस्ता केटाहरू ढुसी हुन्- जो आफ्ना विष केटीहरूलाई सार्न हर्दम तयार रहन्छन् । जतिबेला केटीहरू यो वास्तविकता बुभmछन् समय हुँकिइसकेको हुनेछ । आफूलाई चुस्ने जुकालाई पन्छाउन गाह्रो पर्नेछ ।
इलिनोइसस्थित ब्राड्ली युनिभर्सिटीका डेभिड स्मिटले भर्खरै क्योटोमा सम्पन्न ‘मानव व्यवहार र समाज विकास’ सम्बन्धी सम्मेलनमा आफ्नो अध्ययन पेस गरेका थिए । त्यसमा उनले खराब केटाको प्रवृत्ति पश्चिमा समाजको आविष्कारमात्र नभएर विभिन्न मुलुक र विभिन्न संस्कृतिमा यो देखापरेको बताएका छन् । ‘खराब केटा’ भाइरस जसरी फैलिँदै छ । लापर्वाह सेक्सप्रतिको उसको झुकावको अर्थ ऊ दिनप्रतिदिन सन्ततिहरूमा कैयौंगुणा बढ्दैछ र ‘असल केटा’ फेला पार्न मुस्किल हुँदैछ । यसैकारण हामी मुभीहरूमा भिलेनलाई देख्दा पनि मन पराउँछौं- चाहे उदरिङ हाइट्सका हिथक्लिफ, गन विथ द विन्डका रेट बटलर र सेक्स एन्ड सिटीका मिस्टर बिग होऊन् । तर, ‘असल केटा’ हरूले पनि हरेस खाएका छैनन् । डब्लुडब्लुडब्लु डट ह्वाइवुमनलभबास्टार्डस् डट कममा असल केटाहरूले खराब केटालाई गोद्न आफ्ना दाजुभाइहरूलाई आह्वान गरेका छन् ।
‘असल केटो बन्नाले मलाई केही हात लागेको छैन,’ डान लेख्छन्, ‘सधैंसधंै बास्टार्डहरू नै केटी पाउने भाग्यमानी बन्छन् । मलाई चाहिँ सधैं केटीहरूले अस्वीकार गर्छन् ।’ आखिर डानले आफ्नो गल्ती थाहा पाए । उनले बास्टार्डकै तरिका अपनाए र आश्चर्यजनकरूपमा राम्री केटीलाई दुलहीको रूपमा भित्र्याए । डानलाई बचाउने पुस्तक हो- वुमन रियल्ली डु लभ बास्टार्डस् । यो पुस्तकका लेखकको नाम टाइग्रेस लभ हो ।
source:: naya patrika



Yes allright yaar ..good nature ko jamana nai chahinna really….......
Comment by Leela — July 13, 2008 @ 12:46 pm