जब त्यो रात ढल्दै थियो मनमा आगो बल्दै थियो । सबै प्रेमका जुकाहरु मेरो शरिर चुस्नलाई ताकिरहेका थिए । यस बिशाल स्वार्थि काठमाडौ राजधानि भनाउदो शहरमा मेरा आफन्त कोहि थिएनन् । विगत बाह्र बर्षदेखि मच्चिदै आएको द्वन्दले गाउँु छोड्न विवश म तरुनि केटी बाटाका बाधा अबरोध पार गरी राजाको गाऊँमा शान्ति मिल्ने आशाले भरीएको मेरो मन एकाएक आफै रोहिरह्यो चित्कारपुर्ण र दुःखदायी भइ नै रह्यो ।
गाउँमा बमको आवाजले बेहोस हुनु भएकी आमालाई छोडेर बसन्तेसंगको चोखो प्रेम तोडेर सानो भाइको रुवाइको वास्ता नगरी पढ्दै गरेको शिक्षामा भर नपरि साथिसंगको छुटाइमा बुबाको आत्महत्याको बियोगमा घर रणभूमिको मैदानमा पर्दा प्यारो भाई गोलि लागी मर्दा बैनिलाई जबरजस्ति गरेको देखेर कतै मेरो नारित्वमाथि पनि दाग लगाउँछन् कि भन्ने डर चिन्ताले गाउँ छरछिमेक साथिभाई पानी पधेरो त्यो सानो खेल्ने मैदान सन्ध्याकालिन समयमा बसन्तको र मॆरो प्रेम बार्तालाभ भलाकुसारी दुःख सुख बिसाउने त्यो सानो चौतारीलाई चटक्कै माया मारेर जन्मथलोलाई रहरले होइन करले खुसीले हैन दुःखले औँसिको रात भागाभाग गरि बसन्ते रामे धने भुन्टे कान्छि बैकुन्ठे बेली चमेली अन्धकारमा बम गोलिको वास्ता नगरी शान्ति मिल्ने आशामा बारीका पाटा फलाल्दै बाटो न घाटो भिर पहिरोको वास्ता नगरी आउदै गर्दा को कता हराए केहि थाहा नपाइ बिछोड हुन नचादा नचाहदै बिछोडिएछौं ।
म त भोक भोकै सपनाको माहोलमा राजाको गाउँमा आइपुगें तर जस्तो सुनेको थिएँ यस शहरलाई त्यस्तो रहेनछ यो स्वार्थि राजधानी किनकी राजाले शान्ति दिनलाई सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीसामु पुगेर गुहार माग्दा गुहार पाईँदो रहेनछ प्रेमका भोका ब्वाँसा जुकाहरु आफ्नै स्वार्थका लागि क्षणिक प्रेमको चाहनामा आफ्नो कर्मको वास्ता नगरी आफुले दिने सुरक्षाको भर नपरी केवल क्ष्णिक यौबनको मातले उर्लिएर नारी विना धर्तिमा उमि्रएको जस्तो गरी नारीलाइ यौवनको खेलौना सम्झेर अन्धकारमा मलाइ र मेरो कोमल शरीरलाइ घायल बनाइरहेछन । तर पनि म अकेलि विबश भइ यहि अन्धकारलाइ अंगाल्नु परीरहेछ किनकी मैले यो पापी पेट र प्राणभन्दा प्यारो बसन्तेलाई भेट्नको लागी पनि बाँच्नु छ । शान्तिको खोजिमा धाउँदा धाउदै झन झनै अशान्तिको भुमरीमा पर्नु पर्दा यो मन रोहिरहेछ ।
त्यो सानो गाउँकी सोझि चेली गौँथली अहिले गौँथली नभएर बसन्तेकी पि्रयसी नभएर बाध्यताले बेश्याको उपनामले यस शहरका ब्वाँसा जुकाहरुलाई दिनहु यौबनको प्यास मेटाउन बाध्य छु पुनः बसन्ते रामे धने भुन्टे कान्छि बैकुन्ठे बेली चमेलीलाई भेटेर दुःख बाँडेर मर्न पाए यो मनमा शान्ति मिल्थ्यो कि
उहि अकेलि चेली
…………..
[फेरि नेपाली चेलीले यस्तो ब्यथा पोख्नु नपरोस्, नेपाली चेली स्वतन्त्र बाच्ने अबस्था स्रिजना होस् । ]



k yo real ghatana ho ? katha 1dum marmik chha.
Comment by Happy — January 24, 2007 @ 8:01 am
ho katha marmik chha k esto byathale sato liyeka harule ahile shanti paye???????????
Comment by menuka — February 9, 2007 @ 9:37 am