म्याग्दी २१ असार म्याग्दी जिल्लालाई जोड्ने मालढुङ्गा बेनी मोटरबाटो कालोपत्रे गर्ने काम सुरु भएको छ ।
कालोपत्रे गर्नेकाम गत बर्षको चैत महिनाभित्रै सकिने लक्ष्य भएपनि संबिधान सभा निर्बाचनका कारण काम सुरु गर्न नसकिएको मोटरबाटो निर्माण समितीका अध्यक्ष टंक हमालले बताउनुभयो ।
कालोपत्रे गर्नेकाम गत हप्ताबाट मात्र सुरु भएको हो ।
एक दशकदेखी कालोपत्रे गर्ने प्रयास गरिदै आएको सो मोटरबाटो मा यस बर्षपनि बर्खा लागेका समयमा कालोपत्रे गर्दा सडक गुणस्तरीय हुन नसक्ने उपभोक्ताहरु बताउछन ।
गत आर्थिक बर्षमा सरकारले सो मोटरबाटोका लागि छुट्टाएको ७५ लाख रुपैया बजेट काम नभएपनि फिर्ता हुने अबस्थामा पुगेकोमा सर्बपक्षिय बैठक बसेर काम पुरा भएको प्राबिधिक सहमति गरी बजेट फिर्ता हुन दिईएको थिएन ।
तर यस बर्ष भने गत बर्षको समेत काम पुरा हुन नसकेकाले पुन बजेत फिर्ता हुने अबस्था आएको समितीको भनाई छ ।
१३ किलोमिटर लामो उक्त मोटरबाटो कालोपत्रे गर्नका लागि सरकारले चालु आर्थिक बर्षमा पनि ७५ लाख रुपैया बिनीयोजन गरेको जिल्ला बिकास समिती म्याग्दीले जनाएको छ ।
जिबिस कार्यालयका अनुसार आर्थिक बर्षको अन्त्य हुदाँ सम्म पनि काम हुन नसक्दा बजेट को उपभोग नभएकाले सो रकम फिर्ता हुने अबस्थामा पुगेको हो
-हरिकृष्ण शर्मा गौतम-
म्याग्दी



ke garnu. hiud bhari mazzale baschan ani barkha lagepachhi pitch garna thalchhan natra kaha barsai pichhhe pitch garna painchah ra. barsai pichachhe pitch garyo ani tannai paisa kumlya yo basyo kam nai yestai chha yeha
jun jogi aaye pani kanai chireko
jun sarakar aaye pani ramro kam hune hoina sadhai baduget janchha aauchha jnchha aauchha tehi bayera nepalko bikash nabhako
Comment by rabin — July 6, 2008 @ 10:57 am
This is not the photo about road. this is photo of anti drugs.
Comment by hari gautam — July 6, 2008 @ 2:48 pm