एउटा समारोहमा चीनका सम्राटले अन्नामका राजालाई केही असाधारण ठुलाठुला आरुहरु उपहार दिए । ती आरुलाई ‘दीर्घजीवी बनाउने आरु’ भनिन्थे ।
उपहार शाही दर्शकहरुको अगाडि दिइएको थियो । दरबारियाहरुले त्यो अनौठो फल हेर्न तँछाड मछाड गर्न थाले । एक जना अधिकृत ट्रयाङ्ग क्वीन्ह पनि त्यहीँ थिए । उनले गएर एउटा आरु टिपे र मुखमा राखेर गर्याप्प टोके ।
‘त्यो बेकुफलाई समातेर यसको टाउको काटिदे,’ राजा रिसले आगो भए ।
त्यहाँका अधिकृतहरुले ट्रयाङ्ग क्वीन्हलाई समाते । ट्रयाङ्ग क्वीन्ह बरबरती आँसु झार्न थाले ।
‘उपहारमा आएको चीज खाने कसरी साहस गरिस हँ, ? जिन्दगी नै गुमाउनुपर्छ भन्ने थाहा थिएन ? एइ काँतर बजिया, मृत्युसँग डराउँदै छन् ?’ राजा कराए ।
‘होइन सरकार !’ ट्रयाङ्ग क्वीन्हले अझ जोडसँग रुँदै जवाफ दिए, ‘म यस कारण रुँदै कि हजुरजस्तो प्रतापी राजाको पनि मृत्यु छिट्टै हुँदैछ ।’
‘के नचाहिँदो कुरा गर्छस्, मुर्ख पागल ? कसले भनेको म पनि मर्दैछु भनेर ?’
‘हेर्नोस सरकार ! यी आरुलाई दीर्घजीवी बनाउने आरु भनिन्छ होइन ? मैले यो त आफू सकेसम्म बढी जिऊँ भन्ने इच्छाले खाएको हुँ । तर मैले सानो टुक्रा मात्र के खाएको थिएँ, मृत्युले चेतावनी दिएर मेरो मर्धनमै समात्यो । त्यसैले अब सरकारबाट जब बाँकी आरु ज्युनार हुन्छ अनि के होला कल्पना गरिसेको छ ?’
‘ए भैगो, यो अटेरी बजियालाई छाडिदे,’ ट्रयाङ्ग क्वीन्हको बुद्धि देखेर राजाले आज्ञा दिए ।



साच्चिकै एस्तो हुने भईदिए ?? हाम्रो देशका गिरिजा बाबुले पनि यही आरु खाको रैछन् कि क्या हो ?
Comment by rabin — July 9, 2008 @ 2:24 pm