२०६५ जेष्ठ १५ गते राती संबिधान सभाको बैठकले देशमा गणतन्त्र आएको घोषणा गर्‍यो । अब त देशमा के के न हुन्छ भनेर खुशी हुने हरु पनि धेरै भए । राजतन्त्रको बेलामा राजा २ पटक राजा भएका ज्ञानेन्द्रलाई पनि नारायणहिटीबाट निकालेर नारायणहिटीलाई संग्रालयमा परीणत गरियो तर मुख्य कुरा, राष्ट्रपती चयन भने अहिले सम्म हुन सकेको छैन ।

            गणतन्त्रात्मक मुलुकमा राष्ट्रप्रमुखको पद राष्ट्रपतिले सामल्ने भए पनि गणतन्त्र घोषणा भएको यत्तिका दिन सम्म पनि राष्ट्रपतीको चयन हुन सकेको छैन । दलहरु बिचको दलिय स्वार्थ, भारतको उपनिबेसी दाउ ले गर्दा अहिले सम्म पनि राष्ट्रप्रमुखको जिम्मेवारि प्रधानमन्त्रीले सम्हलिरहेको अवस्था छ ।

Tell a Friend