-लेखनाथ भण्डारी /भर्जिनिया,
अन्धेर नगरी
चौपट राजा
टकासेर खाजा
टकासेर भाजी
यो एउटा अब्यबस्था र बेथितीको उदाहरण मात्र हो। नरहे बाँस नबजे मुरली । हामी नेपाली जनतालाई यस्तो लागेको थियो, २ सय ४० बर्षदेखिको सामन्तवाद लगायतका सबै प्रकारका बेथितीको संरक्षक (दण्डन्मुक्ति आदि) र नागरिक अधिकारको हननकर्ता वा जनताका श्रम पसिनामा लखनौउ लुट गर्दै आएको सेतो हाती अर्थात राजतन्त्रको बिदाई पछि नेपाली राजनीतिमा सता लिप्साको जोड-घटाऊ अलिक कम हुनेछ । हुँदै हुने छैन मुसा वा बिरालो दौडका कुटिल खेलहरू । तर अहिले यस्तो महसुस हुन थालेको छ, जुनसुकै जोगी आए पनि कानै चिरेको वा नखाऊं भने दिनभरिको शिकार, खाऊं भने कान्छा बाउको अनुहार । देश अहिले जुन अनिर्णयको बंदी बनाईएको छ, यस्तो लाग्छ हलो अटकाएर गोरु चुटिदैं छ । सता लिप्साको हलोमा देशलाई र जनतालाई अनिर्णयको बन्दी बनाएर सता र शक्तिको लागि आ-आफ्ना दम्भ प्रदर्शन वा गणितीय हिसाब हुँदैछ अहिले नेपालमा ।
महामहिम कमल कोईराला आज भोलि कुन्नी के सोच्दै हुनुहुन्छ तर यस्ता अब्यबस्था, सता स्वार्थ र नैतिक अबमुल्य बिरुध्दका स-साना कहावत सुनाई रहनुहुन्थ्यो र लेखी रहनुहुन्थ्यो । उहाँ अहिले लोकतन्त्रको कोपिला नलाग्दै महामहिम राजदुतको भारि बोकर कोरियातीर लाग्नु भएको छ । अर्को एउटा तराईतिरको फलिफा (पहलमान) हरुको कथा सुनाउनु हुन्थ्यो उहाँ । तराईतिर फलिफाहरुको कुस्ती हुने गर्दथियो रे १ रे किन भने तराईमा नै बसोबास गरे पनि यस्ता फलिफाहरुको कुस्ती हेर्न पाईएन तर अर्को यस्तै कुस्ती जस्तो लाग्ने नरिवल खेल ९ एउटा सानो चौरमा चिप्लो हिलो हुन्छ र हिलोको बिचमा एउटा बाँस गाडिएको हुन्छ । एउटा खेल त्यों चिप्लो बाँसमा चढ्नु पर्ने हुन्छ भने अर्को त्यही हिलोमा खोसा-खोस गरेर नरिवल भगवानलाई चढाउन लैजानु पर्ने हुन्छ । सायद यो साउन-भदौतीर हुन्छ जस्तो लाग्छ, श्रीकृष्ण जन्माष्टमीको समयमा ।
कुरा फलिफा युध्दको नै सकिहाल्नु पर्ला पहिले । दुई फलिफा जसै लड्न र भिड्न थाल्छन अनि हार्ने वा भुईंमा पछारिनेले बडो फुर्तिसाथ ऐलान गर्छ रे , तैंले मलाई भुईंमा पछारेर भयो के मेरो खुट्टा त तेरो टाउको माथी नै छ । जसको टाउको उठाउनै नसक्ने गरि अर्कोले भुईंमा पछारिदिएको छ, उसैले भन्दै हुन्छ कि मेरो खुट्टा तेरो टाउको माथि छ। सबै ब्याख्या बिश्लेष्ण आ-आपनो बुझाई,भोगाई र प्राथामिकताका आधारमा फेरि गर्दै जाउँला तर अहिले नेपालको अबस्था यही फलिफाको कुस्ती जस्तो भएको छ, गर्नेलाई भन्दा देख्ने वा सुन्नेलाई लाज । आफूहरू आपसमा मुर्खतापुर्वक लडेर अरुलाई मनोरन्जन दिने काम गरिहेकाछन नेताहरु ।
यसो भन्दा अहिले कुनै कुनाबाट प्रतिक्रियाबादी वा राजावादिको आरोप वा आशंका होला । अनि कसैलाई लाग्ला, देखिस हामीले त भनेको नै हो नि राजा जसरी पनी अनिवार्य छ। तर सत्य के हो भने हामी कसैलाई पनि राजा मान्नु छैन किनकि हामी सबैलाई आफू आफू नै राजा हुनु छ । राजा हुन सकिन्छ कि राजा हुन पो पाईएयला कि भन्ने आश छ । रहर छ । लालसा छ । ती जो राजावादी नै हुन , तिनिहरू आफूलाई राजा बनाऊंन सक्छु भन्ने आँट नभएका तर एउटा राजा मानेर अरु धेरैको राजा हुने बिचार लिएकाहरू हुन।
ज्ञानेन्द्र शाहले यती सजिलोसित किन नारायणहिटि राजदरवार छोडे तेस्को यथार्थता वा रहस्य पर्दाभित्र मन्चन भईरहेको हुन पनि सक्छ । कुनै षडयन्त्र वा रहस्य लुकेको रहेनछ भने मान्नु पर्ला, कि अब मुढभेट गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तो हो भनेर हार स्वीकार गर्नु वा अझै आफ्नो कारणले अरु धेरै बरवाद हुन दिन्न भन्ने चेतानाबोध हुनु । जुनसुकै कारणले भए पनि यो २ कदम पछाडि सरेर ३ कदम अगाडी बढ्ने दुश्साहसको रियल-सियल होंईन रहेछ भने मान्नै पर्छ ज्ञानेन्द्र शाहको यो बुध्दिमतापूर्ण पाईला हो। तर उनले यती सजिलो यती छिटो बाटो देलान र त्याहाँ जान हामीले हानाथाप गर्न पाईएयला भनेर कमैलाई लागेको हुनु पर्छ । कसैलाई लागेको थिएन । सके सक्रिय राजतन्त्र नै सही भन्ने देखि लिएर हिन्दु राजा-सम्राट, सम्बैधानिक राजतन्त्र, अलङ्कारिक राजा, शिसु राजा, नाबालक राजा वा सांस्कृतिक राजाका पक्षमा समेत बहस र समझदारीका कुरा चलिरहेका बेला उनले दरवार जसरी छोडे त्यसले दरावारतिर खुट्टा तन्काउँदै गरेका धेरैलाई अचानक आश्चर्यचकित त बनायो नै त्यों भन्दा धेरै अप्टेरोमा पनि पार्यो ।
र, अहिलेको अबस्थाको अदृश्य कुनाको खेळ सकारात्मक वा नकारात्मक जे भए पनि दृश्यको यथार्थलाई भने बिश्वाश गरिहाल्नु गल्ति नै हुनेछ । सुदामाले कृष्णलाई दिएको मित्रताको चीनो कनिका जस्तो जो छ, त्यो अहिलेलाई वल्ला घरको नरे पल्ला घर सरे जस्तो मात्र हो। अब यो यहीं ज़रा गाड्न पनि के बेर रु यो कुनै बिधि बिधान र नियमले बाँधेर वा बाँधिएर भन्दा पनि उतेजना आबेग र मनोगत लहडले ज्यादा प्रभाव पारेका घटनाका रुपमा दृष्यमा आएका छन जसलाई तत्काललाई बिश्वाश गर्नु सट्टा होसियारपूर्वक अबलोकन गर्नु जरुरी छ।
देशको सम्बिधान लेख्दादेखि नै सकेसम्म आ-आफ्नो स्वार्थ अनुकुलको लेख्ने र त्यसरी लेख्दा समेत पासा आफ्नो पक्षमा नपर्दा सहमति र सहकार्य बिना देश अघि बढ्न सक्दैन भनेर गरिएको कुरा सुन्दा निक्कै नै राम्रो लागे पनि त्यों सहमति र सहकार्य सता स्वार्थको लागि थापिएको खोचें हो भन्ने सबैलाई थाहा छ, तर पनि देश किन केही नेता र केही राजनीतिक पार्टीको अन्तरकलहको कारण लामो समायदेखि अनिर्णयको बन्दी बनाईएको छ र लामो समयसम्म अनिर्णयको बन्दी बनाएर देशलाई राख्ने अनि अन्तिम हद म्यादको पनि मध्यरातमा पुगेर सहमतिको निर्णय (यो निर्णय हो कि नाटक ? ) गर्नु पर्ने ! यो कस्तो सहमति र सहकार्य हो र एक पटक हुन्छ वा हुन सक्छ तर एक वा दूई होईंन हरेक देश र जनताका लागि गर्नु पर्ने दीर्घकालीन महत्वका कामहरुमा सधैं किन यस्तो भईरहेछ ? यसको एउटै कारण तेहि हो, समय छंदै यस्ता महत्वपूर्ण काम शुरू गर्यो भने आफ्नो स्वार्थ अनुकूल नहुन पनि सक्छ । आफ्नो सता र स्वार्थ भत्किन्छ । अन्यथा सम्बिधान सभाको चुनावको ४५ दिन पछि बसेको बैठकमा मात्र होईंन कि तेस्को अरु १ महीना बितिसक्दा पनि पूरा गर्नु पर्ने कतिपय न्यूनतम कामहरु सरकार, राजनीतिक पार्टी र तिनका नेताहरूले गर्न सकिरहेका छैनन । गर्न नसकेका मात्र होईन कि गर्न चाहिरहेका समेत छन जस्तो अनुभूती जनतालाई दिन सकिरहेका छैनन ।
नेपाली पत्रकारिता र अखवारी लेखन अर्ति उपदेश र गालीगलौज प्रधान हुने गरेको टिप्पणी सुनिने गरेको छ । यस्तो अबस्थ्मा लेखेर कही कुरा सार्वजनिक गर्दा तेस्को प्रभाव किन पर्दैन त भन्दा लातको भुत बातले मान्दैन भन्ने कुरा पनि सम्झ्नु पर्छ । हामीकहाँ दण्ड उन्मुक्ति वा दण्डहिनता र मौन संस्कृतिले यती धेरै ज़रा गाडेको छ की हामीमा तजबिजी र हुकुमप्रमाङ्गिको आधारमा काम गर्ने प्रबृति छ। पारदर्शिता र प्रजातान्त्रिकरणका कुरा त हाम्रा अरुलाई सुनाउने वा हातीका देखाउने दांत जस्तो मात्र हो। त्यसैले अहिले हामीमा सम्बिधानसभाको २ दर्जन पार्टी वा समुहहरुमा पनि सात पार्टी २-३ नेता,नेपाली जनताका ६०१ जना प्रतिनिधि तर तिनै ७ पार्टिका ३-४ जना नेताको हुप्रमा आश्रित भईरहेका छौं ।
मही माग्ने ढुंग्रो लुकाउने गर्नु हुन्न । अहिले सात दलाका सती नेता देखि लिएर सबैले यसो गर्नु पर्छ र उसो गर्नु पर्छ मात्र भनिरहेको अबस्था छ । प्रधानमन्त्रि र मन्त्रिका कुरा पनि चटकेको औषधी प्रचारकों सबै रोगको अचूक निधान जस्तै छन तर कुरा गर्यो कुरा कै दुखः जस्तो किन भई रहेछ रु कुरा हो , हाम्रो राजा हुने रहर । समस्या हो सता र शक्तिमा जसरी पनि बसि रहने मोह । अब यो मोह र रहर भन्दा पनि रोग भएको छ। देशलाई अनिर्णयको बन्दी बनाउने । देश र जनताको भाग्य र भबिश्य माथी खेलवाड़ गर्ने । हार जिताका कुरा, बहुमतका र अल्पमतका कुरा, सहमति र सहकार्यका कुरा, जनताको म्याण्डेड र गणितीय संतुलना यी सबै कुरा बाहाना मात्र हुन । नदिने बज्यैले अईतवार बार्छिन भन्छन त्यस्तै । बज्यै मात्र होईंन बाजे पनि उस्तै । हाम्रा नेता त सबै बाजे मात्र छन । यी बाजेहरूले यस्तो गरि देशलाई अबरुध्द गरेका छन, भन्दा हुन्छ बुढा गोरुले गाई ओगटेको कुरा गरिन्छ गाऊं-घरमा । सृजना र स्रृष्टिका बाधक। अग्रगति, प्रागति र बिकाशका बिरोधी ।
मन नहुँदा नहुँदै पनि अलिकती अर्ति उपदेश र केही गाली गलौज नै सही, राजा ज्ञानेन्द्र (पुर्व राजा ?)ले पुर्खाको २ सय ४० बर्षको नासो बिसाएका छन । दुई पाईला पर सरेर अब अरुको तमासाको राम रमिता हेर्न थालेका छन। तर हामीमा वा हाम्रा नेता भने अहिले आ-आफ्नो योगदान, भुमिका र सम्मानको भोक र भोगको लालसामा कुकुर बिरालोको झगडामा छौं । भ्यागुताको धार्नी कहिले पुग्ने होला वा पुर्व राजा ज्ञानेन्द्रबाट कहिले सिक्ने होला ? माहाभारतमा एउटा सन्दर्भमा अर्थात रावणको निधन हुनु केही पहिले रामले आफ्नो भाइलाई अह्राउँछन कि रावणबाट केही सिक्नै पर्ने कुरा छन, जाऊ रावणको सास जानु पहिले तिनका खुट्टातीर बसेर केही ज्ञान लिएर आऊ ।
जनताले तिनका पुर्खाले आर्जेको र मलजल गरेको भनिएको २ सय ४० बर्ष पुरानो किताबाट सताच्युत गरेको देखेका हाम्रा नेता कहिलेसम्म ध्रृतराष्ट्रको अभिनय गर्ने हुन ? यिनले आ-आफ्नो योगदान, अनुभव, मान र सम्मानको प्रतिफल (ब्याज) कहिलेसम्म खोज्ने हुन ? धृतराष्ट्र साँच्चिकै अन्धा पनि थीए । यिनका योगदान र भूमिका २ सय ४० बर्षको भैदिएको हुँदो हो त के गर्दा हुन यिनले एक पटक यस्तो पनि किन नसोच्ने ?
हामी कसरी अगाडि बढिरहेछौं वा हाम्रो समाज कसरी अगाडी बढिरहेछ ? गत हप्ताको कान्तिपुर प्रकाशनका पत्रिकामा देखिएका केही झलक हुन यी सन्दर्भहरु -
अहिले पाठ्यपुस्तकको अभावका कारण जेठ १४ गतेदेखि २५ हजार र्सार्वजनिक विद्यालय
बन्द छन । वैशाखमा शुरू हुनेशैक्षिक सत्रका लागि एक महिनाअघिसम्म परिमार्जन कपी पठाउने पाठ्यक्रम विकास केन्द्रले ११ महिना के हेरेर बस्यो ? पाठ्यपुस्तकको अभावको बिरोधमा चितवनका विद्यार्थीले गरेको प्रदर्शनमा क्षति पुगेका ५७ सवारीलाई सरकारले दुई लाखका दरले क्षतिपुर्ति दिने निर्णय गरिसकेको छ ।
पाठ्यपुस्त्क अभावको समस्या मन्त्रालयभित्रै छ । जनक शिक्षा, पाठ्यक्रम विकास, साझा प्रकाशनजस्ता आफूसँग सम्बन्धित निकायबीच समन्वय गर्न नसक्नु र उनीहरूका कमी कमाजोरीतर्फ आखाँ चिम्लिनु विडम्बनापुर्ण छ । यस्तो दण्डहीनताका कारण विद्यार्थी तोडफोडमा उत्रने र सरकारले त्यसको क्षति तिर्दै जाने संस्कार बसेको छ – खोई किताब रु ११ जुन २००८ कान्तिपुर दैनिक, रघुनाथ लामिछाने ,
सरकारको गणतन्त्र कार्यान्वयनसम्बन्धी प्रस्तावको दोस्रो नम्बरमा भनिएको छ, "मुलुकमा विधिवत लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएकोले यससँग बाझिने सबै संवैधानिक प्रावधान, कानुन र प्रशासनिक व्यवस्था आजैका मितिदेखि बाझिएको हदसम्म खारेज भएको मानिनेछ । यो घोषणा पारित हुनुभन्दा तत्काल अघि प्रचलित कानुन, परम्परा, रीति, सामाजिक तथा सांस्कृतिक व्यवहार एवं अभ्यासमा रहेका तत्कालीन राजा र निजका परिवारका सदस्यलाई आमनेपाली नारिकभन्दा भिन्न रूपमा प्राप्त सम्पुर्ण अधिकार, सुविधा, हैसियत तथा उपाधि स्वतः अन्त्य हुनेछ ।"
हामी नयाँ नेपाल निर्माण गर्ने महान प्रक्रियामा बढ्दैछौं । राज्यमा अग्रगामी विचार, शैली र प्रक्रियाको थालनी आवश्यक भइसकेको छ । कुरा गर्यो, कुरैको दुःख भनेजस्तो दिनहुँ वार्ता गर्यो, वार्ताकै दुःख अब हुनुहुँदैन । नयाँ संकल्पसहित जनता अगाडि बढ्न चाहन्छन् । हामी ऐतिहासिक लोकतन्त्रको प्रक्रियामा प्रवेश गरिसकेको हुनाले गलत चिजको डटेर आलोचना गर्ने भावनाले जाग्नैपर्छ । अवश्य पनि अन्तरिम सरकारको अहिलेको उपस्थितिको जटिलतालाई जनताले बुझेका छन् । फेरि पनि आफ्नै आँखा अगाडि कसैले कपडा खोल्छ र नाङ्गै हुन्छ भने कि आँखा छोप्नुपर्छ कि उसलाई कपडा लगाइदिनुपर्छ, चुपचाप हेरिरहन सकिदैन ।
इतिहासमा कहिलेकाहीं कमी-कमजोरी हुन्छ, गल्ती हुने गर्छ, मुख्य प्रश्न गल्तीमाथि गल्ती थप्दै जाने होइन । गल्ती सच्याऊँदै अगाडि बढ्नु महानता हुनेछ ।
लामो समयको महान लडाइपछि प्राप्त शिशु लोकतन्त्रले नागार्जुन दरबारमा ज्ञानेन्द्र बसेको र नारायणहिटी दरबारमा भूपू राजाकै परिवार बसेको हेर्न चाहन्दैन । नेपाल सरकारलाई जनताको अपिल छ, शिशु लोकतन्त्रको आँखा छोपिदेऊ या दरबारमा शाहपरिवारलाई राख्ने निर्णय खारिज गर । – नागार्जुन दिनुको लाचारी, देवेन्द्र पौडेल , कान्तिपुर दैनिक,११ जुन २००८ , नेपाल (लेखक, नेकपा (माओवादी) केन्द्रीय सदस्य हुन् । )
सम्बिधानसभाको मतदानबाट र्फकंदै गरेको समयमा भएको जम्काभेटमा एमालेकी सभासद् कमला शर्माले नेपाली काङ्ग्रेसका पुर्णबाहदुर खड्कामाथि जुत्ता प्रहार गरिछन ।
जुत्ता हान्ने सभासद्लाई कुनै कारबाही गरएिको भने हलभित्र सुनिएन । यसबाट प्रस्ट भयो- बैठकमा सभासद्ले सभासद् कुट्नु साहसिक कार्य रहेछ । अपराध गर्ने जति दोषी हो, त्यसलाई उन्मुक्ति दिनु पनि अर्को अपराध हो । म



सबैलाई पद्कै लोभ छ के गर्नु र खै
“१०० वत मुसाबाट सासित हुनु भन्दा १ वटा सिंह नै राम्रो थियो नि”
अब सबै देखये नि
के गर्ने भनेर त
Comment by Ramesh — June 20, 2008 @ 3:46 pm