सुत्केरी भएको सात घण्टामै विवाह बन्धनमा
दलित भएकै कारण गर्भवती हुँदा समेत आफ्नो प्रेमीबाट परित्याग गरिएकी धादिङ नलाङकी आइती विक सुत्केरी भएको सात घण्टा नबित्दै बिवाह बन्धनमा बाँधिएकी छन् ।
डेढ वर्षदेखि जातभातको पर्वाह नगरी विवाह गर्ने आश्वासन दिएर नलाङ ६ काफलस्वाँराका २५ वर्षिय लक्ष्मण दुवाडीले आफूंलाई शारीरिक सम्पर्क राख्दै आइरहेको र सोही सम्पर्कबाट आफूं गर्भवती भएको खुलासा आइतीबाट भएपछि मंगलबार विहान समाज बसेर आइती र लक्ष्मणबीच विवाह गराइएको हो ।
बीस वर्षिया अविवाहिता आइतीले मंगलबार राती २ . १५ बजे माइतीघरमा छोरा जन्माएपछि माइती परिवारले भर्खरै जन्मिएको छोराको बाबुको खोजी गर्दा आइतीले छोराको बाबु लक्ष्मणनै भएको बताएकाले मंगलबार बिहान गाउँले भेला भई दुई जनालाई विवाह गराइदिएका हुन् ।
आइतीबाट जन्मिएको छोरा आफ्नो भएको स्विकार गर्दै लक्ष्मणले श्रीमती र छोरालाई घरमा लैजाने बताएपछि विक परिवारले छोरी ज्वाइंलाई टिका र माला लगाइदिएर माइतीबाट विदावारी गरेको स्थानीय घनश्याम भट्टले बताउनुभयो ।
सुत्केरी भएलगत्तै श्रीमती बनाएर घर ल्याइएकी आइतीलाई दुवाडीले गोठमा राखेर स्याहार सुसार शुरु गरेका छन् । विगतमा जे जस्तो भएपनि अबका दिनमा श्रीमती र छोरालाई आफुंले माया दिने लक्ष्मणले बताएका छन् ।
-FN News



गज्जब पो भएछ त है !
Comment by आकार — June 8, 2008 @ 9:27 pm
ya . Its very good work.
Comment by Rabin — June 12, 2008 @ 5:47 pm