एमालेले जनताबाट बिदा लिनुको कारण
—हरिकृष्ण गौतम/गणतान्त्रिक चोक बेनी म्याग्दी—
इतिहासमा पहिलोपटक भएको संविधानसभामा निकै जनमतको आशामा बसेका नेपाली काँग्रेस र एमाले जनताबाट पराजित भएका छन् । पराजय काँग्रेसमा भन्दा एमालेमा बढी देखिएको छ । काठमाण्डौलाई आफ्नो किल्ला भनेको एमाले निर्वाचनपछि जिल्ल परेको छ भने जनमत माओवादी र काँग्रेसमा परेको छ । बहुदलिय जनवादको खोल ओढेर जनतालाई नै वेवास्ता गरेको कारण पनि एमाले जनताको जनमतबाट विमुख हुनुपरेको हो । एमालेभित्र राजावादीका रुपमा देखिएका नेताहरुको चुनावीवाणीले उनीहरुलाइ गणतन्त्रप्रेमी जनताहरुले पाखा लगाइ काँग्रेसका गणतन्त्रवादी नेता नरहरि आचार्य र माओवादीका नेतालाई अत्याधिक मतले विजयी बनाएका छन् ।
बामतालमेलका लागि माओवादीको प्रस्तावलाई विदेशी प्रतिकि्रयावादीहरुको इशारामा अस्वीकार गरेको एमाले जनताबाट नाङ्गिएको छ । बामपन्थीको सिरानी लिएर दक्षिणपन्थीको खाटमा सुत्न पल्किएको एमालेलाई जनताले सपनाको लागि आराम गर्न पठाएका छन् ।
एमालेले जनताको जनमत गुमाउनुका कारणहरु यसप्रकार रहेका छन् ।
माओवादीबाट निष्कासन गरिएका नेतालाई केन्द्रीयस्तरको पद प्रदान गर्नु
गणतन्त्रको नारा लगाउने अनि क्रुर राजा ज्ञानेन्द्रको खुट्टामा दाम राखी ढोग्न जानु
जनता आन्दोलनमा होमिएको बेलामा प्रतिगमन सच्चियो भनेर प्रधानमन्त्री र अर्थमन्त्रालयको पद ताक्नु
महासचिव जस्तो नेताको बोलीको ठेगान नहुनु
राजनैतिक शब्दलाई ठेक्कापट्टाको रुपमा लिनु
केपी ओली, प्रदीप नेपाल जस्ता दाँत नभएका बाघको मतमा लागेर बाम तालमेल नगर्नु
जनताको ताजा जनमत कतातिर छ भन्ने कुराको परवाह नगर्नु
बाम तालमेलको कुरा गर्दा माओवादीलाई १÷२ सिट पनि आउँदैन भन्दै सार्वजनिक भाषण गर्नु
पार्टीमा सकि्रय भएर लागेका व्यक्तिलाई टिकट नदिएर चन्दादातालाई मात्र टिकट दिनु
कुरा कम्युनिष्ट सिद्धान्तको गर्ने तर जनताको पैसाले शहरमा महल ठड्याउनु
पूँजीवादी कम्युनिष्टको रुपमा जनताले लिनु ।
April 22, 2008 + Posted in अतिथी कक्ष, समाचार र बिचार +
यीनिहरुले कहिल्यै पनि जनताको लागि काम गर्ने भएनन अनी कहाँ विश्वाश गर्नु त जनताले । अब त एमाले पार्टी नै बन्द गरे हुन्छ .
Comment by aakash — April 23, 2008 @ 8:14 am
महासचिव जस्तो नेताको बोलीको ठेगान नहुनु,यो नै हारको कारण हो,त्यस्तै माओवादीले गतिविधि गर्न नदिनु पनि अर्को कारण हो ।
Comment by aAkaR — April 24, 2008 @ 5:13 pm
The main cause of UML defeat is Maoist Terror whose slogan was vote deu nabhay choro deu
Comment by Anonymous — June 23, 2008 @ 10:26 am