म्याग्दीबाट पाठ सिकौं
—हरिकृष्ण गौतम/ वीरेन्द्रचोक बेनीबजार म्याग्दी—
नेपाली जनताको महायज्ञ "संविधानसभा" लाई शान्तिपूर्ण तरिकाले सुसम्पन्न गर्न राजनैतिक दलले जनतासँग हातेमालो गर्नुको सट्टा एकअर्कामाथि दोषारोपण र आमसभामा आक्रमण जस्ता अनुचित कि्रयाकलाप गरेर राजावादी र संविधानसभा विरोधी पक्षलाई हर्षित तुल्याउने काम गरिरहेका छन् ।
जनआन्दोलन भाग २ मा सहयात्रीका रुपमा देखा परेका तीन घटक माओवादी काँग्रेस र एमालेका कार्यकर्ताहरुबाट देशमा विभिन्न भागमा चुनाव अगावै जनताको मत आफ्नो भएको दावी गर्दै एक अर्काका चुनावी सभाहरु विथोल्ने मुठभेड तथा भीडन्त गर्ने जस्ता दुष्कर्म भइरहेका छन् ।
तर म्याग्दी जिल्लाको परिप्रेक्ष्यमा हेर्ने हो भने यहाँका दलहरु मैत्रीपूर्ण देखिएका छन् । एकैसाथ चुनावी प्रचारप्रसारमा गाउँ छिरेका दलहरु आपसी समझदारीमा शान्तिपूर्ण तरिकाले जिल्लाका हरेक भागमा आफ्नो चुनावी सभा गरेर दलीय-सहिष्णुता प्रदर्शन गरेका छन् । दलहरुको यो कार्यले म्याग्दीका जनताहरुलाई नयाँ आशा पलाएको छ भने देशका विभिन्न भागमा भएका अनैतिक चुनावी कि्रयाकलापहरुलाई चुनौति दिएको छ ।
सबैको साझा एजेण्डाका रुपमा रहेको संविधानसभाको चुनावलाई सबै दलहरुले राष्ट्रिय स्वार्थलाई टाउकोमा राखेर आपसी सद्भावका साथ स्वच्छ र भयरहित वातावरणमा सफल पार्न केही हदसम्म भएपनि म्याग्दी जिल्लाबाट पाठ सिक्नुपर्छ ।
March 31, 2008 + Posted in आवाज +
Haan yaar this is wrong
Comment by Leela — April 2, 2008 @ 11:26 am
gaf nalakhau la …..................
Comment by ashok Kumar dulal — April 6, 2008 @ 9:38 am