१६ वर्षिय अविवाहित युवतीको सात सन्तान
दक्षिण अफ्रीकी मुलुक अर्जेन्टिनामा एक १६ वर्षिया अविवाहित युवतीले एक साथ तीन वटा बच्चा जन्माएकी छन् । आश्चर्यको कुरा त पामेला नामकी ती युवतीले अघिल्लो वर्ष पनि यसरी नै तीन छोरी जन्माएकी थिइन्।
यसरी तीन वर्षमा पामेलाले कुल सात सन्तान जन्माइसकेकी छन् । यो घटनाबाट डाक्टरहरुसमेत हैरान भएका छन् ।
उनकाअनुसार पामेलाका सबै सन्तानविना कुनै अपरेशन वा सर्जरी जन्मिएका हुन् । पामेलाको सातौ बच्चाको गर्भकालमा ९ महिना पुरा हुनुअघि नै जन्मिएका थिए ।
यो आश्चर्य अर्जेन्टिनामा चर्चाको विषय बनेको छ। अर्जेन्टिनीहरु अखबारहरुमा पत्र पठाएर पामेला र उनका सन्तानको प्रसंशा गरिरहेका छन् । कतिपयले विना विवाह सन्तान जन्माएकोमा पामेलाको आलोचनासमेत गरेका छन्।
पामेला यही सोमबार -फेब्रुअरी २५, २००८) १७ वर्ष लाग्दै छिन् । उनी मध्य अर्जेन्टिनाको कारडोबा प्रान्तको लियोन्स क्षेत्रमा आफ्नी आमाका साथ बस्दै आएकी छन् ।
पामेलाको आर्थिक अवस्था निकै कमजोर रहेको छ। सात नातिनातिना र छोरीको पालन पोषणका लागि उनकी वृद्ध आमा अर्काको घरमा सरसफाईको काम गर्ने गर्दछिन् ।
पामेला र उनको परिवारलाई सरकारले आर्थिक सहयोग पनि गरेको छ। पछिल्लो पटक पामेलाले एक साथ तीन बच्चा जन्माएपछि स्थानीय प्रशासनले पामेलालाई जग्गा र घरसमेत दिएको थियो ।
अब पामेलाकी आमा भन्छिन्, तीन सन्तान थप जन्मिएपछि हामी सरकारसँग अरु धेरै आर्थिक सहयोगको माग गर्नेछौ । कतिपयले पामेलालाई अब परिवार नियोजन गर्नसमेत सल्लाह दिएका छन् ।
March 29, 2008 + Posted in अचम्मका कुरा +
J VO RAMRAI VO,Congratulation pamela sis
Comment by sant — March 29, 2008 @ 4:12 pm
हैन कसरी बिहा नगरी ७ ,७ वटा बच्चा भयो?
मलाई त अलि कति मात्र हैन पुरै अचम्म पो लाग्यो ।
कि मायुर को जस्तो टिपेर खाएर होकी????
Comment by Bhojpure — March 29, 2008 @ 5:39 pm
Yaar Women ho ya Bachha ko GODAAM
Comment by Leela — April 2, 2008 @ 11:23 am
this article is really nice and funny story but aegentina is situated in south america not in africa..
Comment by BJ Bantawa Rai — April 13, 2008 @ 9:19 pm