To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

नेताहरुको चुनाबी लडाईं

हरी कृष्ण गौतम/ बेनी

नेपाली जनताको महायज्ञ संविधानसभाको चुनावलाई धेरै उमेद्वारहरुले संसदीय चुनावको रुपमा सूचना प्रवाह गरेर आफ्नो भएको अलिकति इज्जतलाई पनि गुमाउन लागिपरेका छन् । जनताले युगको एक निर्वाचनका रुपमा लिएको यस संविधानसभा चुनावको प्रचारको क्रममा एक पार्टीले अर्को पार्टीलाई आलोचना गरेर आफ्नो गठबन्धनलाई नै कमजोर तुल्याउने प्रयासमा दलहरु लागेका छन् ।

      दलहरुका यस्ता प्रकारका कि्रयाकलापले संविधानसभा विथोल्न लागिपरेका तत्वहरुलाई थप हौसला बढाएको छ । भने जनतालाई निरास बनाएको छ । देशमा नयाँ संविधान लेख्नका लागि जनताले राम्रो कलमको प्रयोग गर्न चाहन्छन् तर प्रतिकि्रयावादी र राजावादीहरुले त्यसलाई भाँच्ने दुष्प्रयासमा लागेका छन् जुन् असह्य कुरा हो । अर्कातिर संविधानसभा चुनावका लागि प्रत्यक्ष प्रणालीमा उम्मेदवारी दिएका धेरैजसो अनुहार पुरानै देखिन्छन् जसले गर्दा फेरि पनि कस्तो संविधान लेखिने हो कतै पुरानै संविधानमा परिमार्जन हुने त होइन नेपाली जनता अन्यौलमा परेका छन् ।

          उम्मेदवारहरु सबै बूढापुराना नै देखिन्छन् । यसले युवाहरुलाई उपेक्षा गरिएको देखाउँछ । दलहरुले युवाहरुलाई कुनै स्थान नदिएर निराश बनाएका छन् । पुरानै सोचाइ र विचारले नयाँ नेपाल कसरी सम्भव छ जनआन्दोलनमा युवाहरुको सशक्त भूमिकालाई पातालमा पुर्याएर कस्तो संविधान लेख्न खोजिएको हो ? यो युवाहरुको प्रश्न बनिरहेको छ ।
नयाँ नेपालका लागि सबै कुराहरु नयाँ हुनुपर्छ भन्ने मान्यता सबैको हो । समाजका आर्थिक सामाजिक राजनैतिक साँस्कृतिक हरेक पक्षमा नयाँपन आउनुपर्छ परिवर्तन हुनुपर्छ । जसका लागि समाजका हरेक वर्गलाई समेट्न सक्नुपर्छ ।

         विभिन्न जातजाति समुदाय लिङ्ग सबैलाई समान प्रतिनिधित्व गराउने खालको संविधान अब लेखिनुपर्छ । यसका लागि संविधान लेख्ने मानिसहरु असल हुनुपर्छ राष्ट्रियताको भावनाले ओत्प्रोत भएको हुनुपर्छ । सबैलाई समान दृष्टिकोणबाट हेर्ने खालको हुनुपर्छ । नेपाली जनताहरुले अबको चुनावमा त्यस्ता खाले व्यक्तिहरुलाई मात्र चयन गर्नुपर्छ । जसले नेपाली जनताको आत्मालाई चिनेको होस् उनीहरुका इच्छा र आकांक्षाहरु बुझेको होस् । अनि मात्र नेपाली जनताले खोजेको संविधान निर्माण हुन सक्छ ।

       उमेद्वारहरुले पनि वास्तविक रुपमै जनताको मन जित्ने हो भने पहिले आ फू सच्चिनुपर्छ । एक उमेद्वारले अर्को उमेद्वारलाई एक पार्टीले अर्को पार्टीलाई आलोचना मात्रै गरेर नयाँ नेपाल बन्दैन । फुस्रो भाषण छाँटेर मात्र नयाँ संविधान लेखिँदैन । काम गरेर देखाउनका लागि चुनाव परीक्षा हो । उनीहरु परीक्षामा सफल हुने प्रयासमा लाग्नुपर्छ । आलोचना होइन जनताका वास्तविक समस्या र समाधानका कुराहरु राष्ट्रियताका कुराहरु गरेर मात्र सो परीक्षामा सफल हुन सम्भव छ । त्यसैले उमेद्वारहरुले असल उमेद्वार बन्नुपर्छ र जनताहरुले कसैको दवामा नपरी असल उमेद्वार रोज्नुपर्छ यो नै युगको माग हो ।

March 25, 2008 + Posted in अचम्मका कुरा +


1 Comment »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/03/25/288/trackback/

  1. Hi good yaar try try

    Comment by Leela — March 25, 2008 @ 5:35 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.