To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

महाशिबरात्री

 शिवरात्रीका लागि पशुपति मन्दिर परिसरमा बुधबारबाटै चहलपहल बढेको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वमा १० हजार साधु, सन्त र नांगाबाबा आउने र १० लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ । पर्यटन मन्त्रालयले शिवरात्रीलाई व्यवस्थित गर्न पर्यटनमन्त्री पृथ्वीसुब्वा गुरुङको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरेको छ । त्यसैगरी विभिन्न उपसमिति पनि गठन गरिएका छन् । पशुपतिनाथको दर्शन गर्न राजा ज्ञानेन्द्र भने बिहीबार साँझ ६ बजे जाने बताइएको छ ।

 सुरक्षा ब्यबस्थाको लागि ४ हजार भन्दा बढि सुरक्षाकर्मि परिचालन गरिएको छ भने दर्शनार्थीहरुलाइ मेटल डिक्टेटरबाट जाँच गरेर मात्र भित्र प्रवेशको  ब्यबस्था मिलाइएको छ । गतवर्ष राजा ज्ञानेन्द्र पशुपति दर्शन गर्न जाँदा ढुङ्गा हानेका कारण यस वर्ष राजा आउने समयमा वरिपरीका दर्शनार्थी तथा भक्तजनलाइ हटाइने भएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर क्षेत्रमा क्यामरा मोवाइल टेपरेकर्डर लैजानमा रोक लगाएको छ । भक्तजनको सुरक्षा जनपथ र सशस्त्र प्रहरीले गर्ने भएका छन् । सुरक्षाकर्मीका साथै २ हजार भन्दा बढी स्वयमसेवक पनि परिचालन हुने भनिएको छ । सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

March 6, 2008 + Posted in आवाज, चाडपर्ब +


1 Comment »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/03/06/281/trackback/

  1. ह्याप्पी महाशिवरात्री है सबै लाई

    Comment by Ramesh — March 6, 2008 @ 7:45 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.