लोकतन्त्र होइन भोकतन्त्र (१७ दिन सम्म पनि खाना खान पाइएन )

-
महिनौ कुर्दा पनि पाइएन मट्टितेल
- डिजेल पेट्रोलको अभावमा स्कुल, स्वास्थ्यसस्थाहरु बन्द हुन लागेका छन ।
- लोडसेडिङको कारण धारामा पनि आउन छाडेको छ ।
- घोषित लोडसेडिङ दैनिक ८ घण्टा भए पनि अघोषित लोडसेडिङको कारणले बत्ती आउने जने समयको पत्तो नै छैन ।
सरकारले जतिनै पेट्रोलियम् पदार्थ ल्याएको भए पनि जनताले अझै राहत महसुश गरेका छैनन । खाना पकाउने ग्यास र डिजेल पेट्रोल केही मात्रामा पाइए पनि अधिकांशले खाना पकाउने प्रयोग गर्ने मट्टितेल अहिले सम्म बजारमा उपलब्ध भएको छैन । सरकारले थानाकोट डिपोमा टन्नै मट्टितेल आएको भने पछी कतै डिजेलमा मट्टितेल मिसाएर बेचिएको त छैन ?? भन्ने शंका सबैमा उत्पन्न भएको छ ।
नमिसाइएको भए कहाँ गयो त ल्याएको मट्टितेल सबै । न त काठमाडौंमा बाढेको छ न त ललितपुरमा नै । कतै नबाढ्ने भए ल्याएको किन ??? "आज १७ दिन भई सक्यो खाना खान नपाएको , केही दिन सम्म त होटलमा खाना खाएको थिए एक छाकको १५० तिरेर तर अहिले त होटलमा पनि केही छैन भन्छ " गुनासो गर्दै थिए ललितपुर चापागाउका एक बासिन्दा ।
उपत्यकामा खाने कुरा अनी खाना पकाउने कुराको यस्तो अभाव छ कि अब त खानको लागि चिउरा पनि नपाईने अवस्था आइसकेको छ । यस्तो अवस्थामा पनि लोकतान्त्रिक सरकारबाट कुनै बक्तब्य आएको छैन ।
February 27, 2008 + Posted in आवाज, समाचार र बिचार +
haan yaar really abb kehi din ma derai muskil hunecha ….good news update thanks
Leela
Comment by Leela Sharma — February 27, 2008 @ 10:20 am
yes, it’s true that we are not getting food…..and it’s very far frm us to get gas cylinder….would u belive my brother who is currently staying in ktm had gone to sarlahi and brought gas cylinder for him last week.
Comment by aAkaR — February 27, 2008 @ 6:36 pm