To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

भत्किएको सपना

                म हतारहतार विद्यालय पुग्छु । कक्षा सुरु भइसकेको हुन्छ । हाजिर गर्नलाग्दा लेखापाल सरले हठात् अन्कित सरको नाममा मैले हाजिर गरेको देखाउँदै मलाई जिस्क्याउनुहुन्छ । म झसङ्ग हुन्छु । मैले त आफ्नै नाममा हाजिर गरेकी हुँ । मेरो नाम अन्किता थापा र उहाँको अन्कित थापा एउटै खालको नाम भएकोले झुक्किएर मैले अन्कित सरको नाममा पो हाजिर गरिदिएकी रहेँछु ।

        अन्कित सरको र मेरो हाजिरको विषयलाई लिएर बेलाबेलामा अन्य सर र मिस-म्याडमले पनि मलाई जिस्क्याउनुहुन्छ । अनजानमा भएको सानो भूलको कारण म अरूको जिस्क्याउने पात्र भएकी हुँदा मलाई भित्रैदेखि असजिलो महसुस हुन्छ । अन्कित सर हाम्रो विद्यालयको नयाँ सर हुनुहुन्छ ।

उहाँको गम्भीर व्यक्तित्व ज्यादै आकर्ष छ । अन्कित सर र मेरो बोलचाल पनि हाजिरकै विषयबाट सुरु हुन्छ । उहाँ क्याम्पसमा पढाउने र हाम्रो विद्यालयको आँशिक शिक्षक मात्र भएकोले सामान्य बोलचालबाहेक गहिरो घुलमिल भने भएको हुँदैन । विद्यालयको वाषिर्कोत्सवको दिन हामी सबै शिक्षक शिक्षिका समयमै आइसकेका हुन्छौँ । अन्कित सर आइपुग्नुभएको हुन्न । विद्यार्थीहरूले पनि अन्कित सरले ढिलो गर्नुभएकोमा गुनासो गर्छन् । नबुझिँदो गरी मेरो मन भारी हुन्छ । मलाई पनि अन्कित सर छिट्टै आउनुभए हुन्थ्यो जस्तो लाग्छ । घरिघरि मूलढोकातिरै आँखा जान्छन् ।

   मलाई झन् आर्श्चर्य लाग्छ, किन यस्तो हुन्छ । नभन्दै अन्कित सर टुप्लुक्क आइपुग्नुहुन्छ । मेरो मन फुरुङ्ग हुन्छ । वाषिर्कोत्सवको विभिन्न कार्यक्रममा हामी व्यस्त हुन्छौं । अन्कित सर मेरो नजिक आएर मैले संयोजन गरेको कार्यक्रम सर्वोत्कृष्ट भएकोमा प्रशंसा गर्दै मलाई बधाई दिनुहुन्छ । मसँगै बसेर खाजा पनि खानुहुन्छ र सँगै तस्बिर पनि खिचाउनुहुन्छ । उहाँको नम्र बोली, मन्द हाँसो, सौहार्द स्वभाव मलाई असाध्यै आकर्ष लाग्छ । म त्यसैत्यसै फुर्फुरिन्छु । कार्यक्रम सकिएपछि म घर पुग्छु । त्यसरात सपनामा पनि म अन्कित सरलाई नै देख्छु । मेरो मनमस्तिष्कभरि अन्कित सरको आकृति घुमिरहन्छ । मेरो अन्कित सरप्रतिको आकर्षा देखेर होला एकदिन रीनाम्याडमले अचानक अन्कित सरको बिहे भइसकेको कुरा सुनाउनुहुन्छ । म छाँगाबाट खसेजस्तै हुन्छु । 

   सपनाबाट ब्युँझेजस्तो अनुभूति हुन्छ मलाई । सायद मेरो मौन प्रेमभावलाई बुझेर अन्कित सरले उहाँको बिहे भइसकेको फिजाएको हो कि – बिहे भएको पनि सात वर्षभइसकेको रहेछ तर सन्तान भने म्याडमको कारणले नहुने भएको रहेछ । मेरो मन एकतमास हुन्छ । चारैतिर अँध्यारो भएजस्तो लाग्छ । जीवनमा पहिलोचोटि देखेको एउटा मीठो सपना वा गरेको एउटा मीठो कल्पना भताभुङ्ग हुन्छ ।

 

      अब छिटोछिटो विद्यालय पुग्ने इच्छा पनि मर्नथाल्छ । जीवनमा एकप्रकारको उदासीपन छाउँछ तर पनि हाँस्ने प्रयास गर्दै म विद्यालय जान्छु । आज अनायसै मेरो हातबाट क्यानभासमा एउटा चित्र उत्रिन्छ उही सेतो र्सट, खैरो पाइन्ट, कालो जुत्ता खल्तीमा टलक्क टल्किने कलम, आँखामा चस्मा, हँसिलो मुहार, गम्भीर स्वभावको आकर्ष व्यक्तित्वको तस्बिर । अनि टाढा कुनामा तस्बिर हेरेर तप्पतप्प आँसु खसालिरहेकी एउटी कलकलाउँदी केटीको उदास चित्र !

February 22, 2008 + Posted in अतिथी कक्ष, लेख रचना +


3 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/02/22/p274/trackback/

  1. तपाईंको यो कथा पढ्नाले मलाई मेरो पहिलाको कुराहरु याद आयो । कहिले काही अनयासमै यस्ता गल्तीहरु हुने गर्दछन ।

    Comment by Ramila — February 24, 2008 @ 7:55 am

  2. ho rahe6 aaja malai pani yestai bhayo so sad

    Comment by santosh — February 24, 2008 @ 3:56 pm

  3. गज्जब को रहेछ कथा चाँही , सायद सबैको वेदना यस्तै होला, हा हा !

    Comment by aAkaR — February 25, 2008 @ 4:07 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.