To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

साच्चै भएछ नयाँ नेपाल

सोमालिया बन्दैछ नयाँ नेपाल भनेर एक ठुलै ब्यक्तिले भन्नु भएको थियो, अहिले लाग्छ उहाको बिचार  मिल्यो । के एही हो त नयाँ नेपाल जहाँ पेट्रोल डिजेल मट्टितेल केही पाइन्न ?? केही समय अगाडि एउटा लोकदोहोरी सुनेको थिए मैले "भान्सामा छैन आगो पानी, भैंसीले दुध दिएन, खाइदेउ छोरी निस्तै कपाकप " अब खाना बनाउनको लागि आगो पनि छैन पानी पनि छैन एउटा भएको भैंसीले पनि दुध दिएन, खानको लागि केही छैन अब जे भेटिन्छ तेही खाउ ।

नेपालको अहिलेको अवस्था देखेर मलाई त्यो गीतको याद आयो, कतै भोली हामीले पनि गीतमा भने जस्तै गर्नु पर्ने त होइन ? यहाँ अहिलेको अवस्था यति नाजुक छ कि बर्णन गरेर साध्य नै छैन । यहाँ खाने कुरा " चामल, तेल, तरकारि " सबैको मुल्य बढेको छ । खाना पकाउन प्रयोग गरिने मट्टितेल, ग्यास त महिनौ बितिसक्यो बजारमा पाउन छाडेको । झन तराइ बन्द भए पछी  त पेट्रोलियम पदार्थ मात्र होइन खानाको पनि अभाब हुन थालेको छ । चोरि, डकैती बढेको छ । देशमा यस्तो लोकतन्त्र आयो कि जस्ले जे गरे पनि हुने भयो ।   

आज नेपाल यो स्थितिमा आइपुग्नुमा नेपाली जनता अनी देशको लागि अनी जनताको लागि काम गर्ने हाम्रा नेताहरुको मुख्य हात छ । हामी नेपाली कस्ता छौ भने अर्काले  सित्तैमा  काम गरी दिन्छु तिमीहरुको लागि भने भने " हामी माग्ने होइन हामी आँफै गर्न सक्छौ " भन्ने गर्दछौं । गरेर देखाउनु पर्‍यो नि त अर्कालाई गर्न नदिएपछी त, आफुले पनि नगर्ने , अनी हाम्रो देशको उन्नती हुन्छ कहाँ बाट ?? 

नेपालमा अघोसित संकटकाल लागि रहेको छ । तर कुनै नेता अनी मन्त्रीहरुको एक बिज्ञप्ती अहिले सम्म आएको छैन, न त सरकारले कुनै प्रबन्ध नै मिलाउन सकेको छ ।  नेपाली जनता धेरै सुते, अब पनि सुतेको सुत्यै  गर्ने हो भने सुत्द सुत्दै मर्छन । अरु बेला सबै आन्दोलन गर्ने गरिन्छ, सरकारको बिरोध गर्ने गरिन्छ तर आज यहाँ ग्यास, पेट्रोल, मट्टितेल, डिजेल नपाउदा पनि जनता अनी जनताको लागि केही गर्छु भन्नेहरु चुपचाप  छन । 
      लाग्छ साच्चै नयाँ नेपाल भएछ, हिजो  जनताको लागि  बोल्दैछु, जनताको लागि काम गर्दै छु भन्नेहरु आज जनता अप्ठ्यारोमा पर्दा बोल्न छाडेछन। हिजो नचहिदो काममा पनि आन्दोलन गर्ने हरु आज चुपचाप हेरेर बसेक छन । हिजोका दिनहरुमा यहाँ ग्यास, पेट्रोल सबै पाइन्थ्यो तर आज धेरै परिवर्तन भईसकेछ यहाँ केही नपाईने भएछ। आफ्नै देशमा उत्पादन हुने बिद्युत पनि दिनमा १६ घण्टा मात्रै उपभोग गर्न पाइने रे (अरु बाँकी ८ घण्टा चै लोडसेडिङ ) ।

 

—{२ महिना बिरामी भई उठ्दा नेपालमा भएको परिवर्तन सम्बन्धी }

February 18, 2008 + Posted in आवाज +


3 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/02/18/p272/trackback/

  1. somalia matrai hoina, nepal naya udaharan baanecha, somalai bhanda pani gaaye gujreko
    aaba prove gaari haale ni 12 barsha ma 12000 mareko ta naya nepal banayera rastra ko pati baana lai rahecha,

    Comment by Sangesh — February 18, 2008 @ 2:54 pm

  2. yes,it’s a fact abt nepal…......don’t know where it is going …... and what is happening ….... it’s so tragic…..

    Comment by aAkaR — February 18, 2008 @ 9:05 pm

  3. यो त अती भयो नि जे मन लाग्यो तेही गर्ने ?? यो सरकारले के हेरेर बसेको छ जनत मर्न लाग्द पनि अनी के गर्दै छन काठमाडौंका जनताहरु

    Comment by Ramesh — February 19, 2008 @ 8:19 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.