तिम्रो मेरो नाता
अतित सम्झि तड्पिएर रुने छैन म
माफ गर † अब तिम्रो हुने छैन म
तोडिएको तिम्रो मेरो नाता भुल्नलाई
आंसुले त्यो नाता हाम्रो धुने छैन म
विना चोट बढे पनि घाउ जिन्दगीका
अब धर्तीबाटै हराउने छैन म
आकाशमा चम्कने ती तारा अधेंरीका
कल्पनाका भाखा हाली छुने छैन म ।
January 30, 2008 + Posted in लेख रचना +
वाह वाह राम्रो गजल रहेछ। अझै राम्रो हुँदै जाओस् शुभकामना।
Comment by सँकल्प पोख्रेल — January 31, 2008 @ 2:30 pm
wah ! wah!
really nice…...
sometimes this type of writing gives pleasure…....
Comment by Aakar — February 1, 2008 @ 5:32 pm
एक दम राम्रो – होप यु अल द बेस्ट
Comment by अभि — February 2, 2008 @ 8:53 pm