नेता ज्युलाई चिठ्ठी
ललितपुरबाट प्रकाशन हुने पत्रिका ललितपुर पोष्टमा ललितपुर निवासि एक ब्यक्ति यसरी ब्यक्त गर्छन आफ्ना कुरा ::—
सर्वपि्रय नेताज्यु
बारम्बारको सम्झना
नेताजी आज मलाई यहाँको धेरै सम्झना आइरह्यो । त्यसैले यहाँलाई केही कुराहरु लेख्न मन लाग्यो । यहाँलाई कुनै पनि नराम्रो भनेछु भने रिसानी माफ पाउ । यहाँले हामीबीच चुनाव अघि गाँस्नु भएको दोस्ती कम्ती गहिरो थिएन । यहाँले देखाउनु भएको मित्रवत् एवं सामिप्तापुर्ण व्यावहारले मैले हजुरलाई आफ्नै नजिकको मान्छे सम्झेको छु । हाम्रो गाँउ घर बस्दाको त्यो अपनत्व र मित्रवत् व्यावहार सम्झेरै म माफी चाहान्छु ।
उतिबेला जुनबेला हामी नेपाल नयाँ हुन्छ होला भनेर कुरी बसीरहेका थियौं । हाम्रा उज्याला भविश्य कोरिन्छ भनेर टुलुटुलु हेरिरहेका थियौं । यस्तै बखत यहाँले दिनुभएका गुलीया आश्वासनहरु कति मिठा थिए हगी । हामीले कान्तिराजपथको कालोपत्रे सडकबाट ठुला अनि लामा-लामा बस चढेर काठमाडौं गई काँक्रा बेच्ने अनि चामल ल्याई पेटभरि भात खाने सपना साँचेका थियौं । फराकिला ठुला अनि टलक्कै टल्कने चिल्लो कालोपत्रे कान्तिराजपथको डिलैमा बसेर हामीले फुस्रदमा चुरोटका खिल्ली बेच्ने र घरमा नुन लाने रहर गरेका थियौं । आश्राङ्गबाट खुवा रोपवेमा हालेर काठमाडौंसम्म पुर्याउने कल्पनामा डुबेका थियौं । हामीहरु इकुडोलमा अनि आश्राङ्गमा बस चड्ने रहर गथ्र्यौं । टोड्केको लेकमा ठुलादुर्लुङ्गको वेशीमा सिरेटोप्र्राडो अनि सेन्ट्रो कार दौडेको हेर्न चाहँथ्यौं । तर यी सबैं कुराहरु हामीलाई सोच्ने समेत अधिकार थिएन । हाम्रा चाहनारहर र खुशी अनावश्यक थिए । वाइयात थिए शायद ।
यी सबै कुराहरु हाम्रा अधिकार क्षेत्रभित्र नपरेर होला शायद हामीले सधैंभरि आँशु पियौं । हामीले सधैंभरि रगतमा डुविरह्यौं । विकाश प्रगती र उन्नतीको नामै सुन्न पाएनौं । हामी घरमै बस्यौं पानी पिएर । सधैं रोएर । घर बाहिर उज्यालो छ भन्ने सुनेका मात्र थियौं । तर आजकल दिनसम्म देख्न पाएकै छैनौं । रहर छ हामीलाई उज्यालोसम्म पुग्ने । आफुलाई तातो बनाउने र आनन्द महसुस गर्ने ।
आजकल हामीले पनि सुनेका छौं । अब उज्यालो बिहानी आउने रे । हामो सामुन्ने उ पहिल्यै हराएको शान्तिखुशी पनि आउने रे । आहा कति रमाइलो हगी नेताज्यु । यहाँ पनि आउनुहै उस बखत । हामी शान्तिखुशी रहरचाहना अनि विकाश उन्नती र प्रगतीसँगै भाज्याङ्गको चौतारीमा सँगसँगै बस्ने ल । हामी फेरि पनि पहिले जस्तो छुटिने गरि अब कहिल्यै पनि नभेट्ने । ती हराएका शान्ति खुशी उन्नती प्रगतीचाहना रहर र विकाशहरु कति होलान् हामीसँगै हुँदा ।
नेताज्यु हामीलाई डर लागिरहेको छ । कतै यहाँले पहिले जस्तै हामीकहाँ आएर खोक्रो आश्वासन दिएर फुत्केर जाने त होइन । हामीलाई शंका छ यहाँले भन्नुहोला माझखण्डमा भुलुन साइवर खोलिदिउलाँ । बुखेलमा गिम्दीमा एटिएम राखुँला । आश्राङ्ग माल्टा र घुसेलमा केबुलकार बनाइदिउँला । हामीलाई अबको पल्ट आउँदा ठुलादुर्लुङ्गमा विमानस्थल बनाइदिने आश्वासन नदिनु होला । बरु हामी यहाँलाई पि्रु मा भोट हाली दिउँला । हामीलाई केही पनि चाहिदैन ।
हामीलाई त हाम्रै घरको आमुन्ने सामुन्ने यहाँ बसेको मन पर्छ । कोरल्ला मोटर चढेको काठमाडौंको महलमा बसेको अनि ती के जाती हो उनीहरुसँग उठबस गरेको मन पर्दैन । अबको पल्ट आउँदा हाम्रै गाँउ घरमा बस्ने गरेर आउनु होला । हामी कालेश्वरको मेलामा मेला भर्न जाउँला । सरस्वती कुण्डमा पुजाआजा गर्न जाउँला । धेरै रमाइलो हुँदो हो हामी सबैं जनताको साथ । हुन त हामीलाई संविधान सभा भनेको के हो भन्ने कुरा यहाँकै मुखबाट सुन्ने रहर थियो । तर सधैं रेडियोले भन्छ । हामीले बुझिसक्यौं ।
January 20, 2008 + Posted in आवाज +
chithhi chain gajjab ko chha…...tara ke garne netahrule ahielsamma internet ke ho, chalaekai chhaina…......ani patrika pani ,muskil le padlan…..hehe
Comment by Aakar — January 22, 2008 @ 5:42 pm
Good yaar neeta ji ko chitti ….....ramro cha good try
Thanks
Leela
Comment by Leela — January 25, 2008 @ 11:11 am