To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

शान्ति

  युद्धको चक्काले शान्ति लाई दिएको छ । रगतले जगत सिंचित भएकै कारण नेपाल आमा चिन्तित भएकी हुन् । काटिएको मासु देख्दा कसको आँसु थामिएला र टुक्रिएको टाउको र छुट्टिएको गिडले मेरा बाउको मात्र होइन , सारा भिडको कन्सिरिका रौंहरु जर्याक्क जुरुक्क उठ्छन् नालापाली र कालापानीका विर योद्धाहरुको झैं । सबै मानवजनको मुटुको ढुकढुकी शान्तको ध्वंश गर्ने उद्दश्य बोकेका कंशहरुको बंशले देखाएको नृसंस व्यावहार ध्यंस गर्ने प्रण गरौं । नोटले भोट किनेर कोट भिरेकाहरु हुन् या शान्ति ल्याउने बहानामा जनचाहनाको वेवास्ता गर्दै वालुवाटार छिरेकाहरु भष्टाचार गरी पैसाको धोत्राले आफ्नो घोक्रो फुलाएकाहरु आपसी मेललाई पेलपाल गरी झेलको खेल खेल्नेहरु अहिले कुना पसी रुन बाध्य भएका छन् । केवल उनै शान्तिको अभावमा । उपियाँले झैं सधैं जनतालाई चुसेर रुपियाँ जम्मा परेका वेकम्मा भैसकेकाहरुको पनि बाध्यता भइसक्यो शान्तिको कामना गर्नु ।

रमेश प्रसाद तिमल्सिना / ललितपुर पोस्ट

    शान्ति… ….. मैले ठुलो स्वरले देश थर्कने अनि जमिन चर्कने गरी चिच्याएर बोलाएको शान्ति र तपाईंले घिच्याएर ल्याउन खोजेको शान्ति उही नै हो । तल्लाघरे राजनीतिज्ञ र पल्लाघरे जागिरेले खोजेको शान्ति, अनि टुहुरा वालवालिका लिएर विधवा भेषमा हिडेकि संगिताले खोजेको शान्ति होस् वा आफ्नी प्राण भन्दा प्यारी श्रीमती बलात्कृत पछि हत्याको पिडाले रन्थनिएका सङ्गमले खोजेको उही नै प्यारी शान्ति सबैकी प्यारी शान्ति । सुरक्षाकर्मीको डण्डाले थला परेका प्रकाशले होस् वा पाटींको झण्डाले दुला छिरेका आकाशले उही शान्तिलाई चाहेको हो । बन्दुकको गोलीले र तुक्ष बोलीले पनि आखिरीमा उनै शान्तिलाई पछ्याउने छन् । आफ्ना वालवालिका गुमाएर काख रित्तिएका अभिभावक होस् या या आफ्ना अभिभावकको हत्या पछि पाखा परेर वात्साल्य खोसिएका अबोध बालबालिकाले उनै शान्तिको जोडदार माग गरेका छन् । बुद्ध जन्मेको देशमा युद्धको पक्षमा कोही लाग्ने छैनन् |  आखिरमा शान्ति आजभोली धेरै चर्चित छिन् ।

विश्वबिख्यात शान्तिको नाम दिनानुदिन रेडियो टेलिभिजन तथा अखवार जस्ता संचारका माध्यमबाट प्रकाशित/प्रसारित भैरहेको छ । शान्तिलाई नचिन्ने को होला । तर आजभोली त उनी खै कता हराएकी छिन् । शायद उनी पनि शान्तिको कामना गर्न र युद्ध नगर्न शुभ-कामना दिन व्यस्त होलिन् । जो क्रुद्ध भएर युद्धमा होमिएका छन्, द्धन्द्धको भुमरीमा र चपेटामा फसेका तथा कुर्सिमोह बसेको वर्तमान समाजमा क्रान्ति भेट्टाउन जति सझिलो छ शान्ति भेट्टाउन उति नै गाह्रो छ ।

शान्तिलाई फकाउन तथा क्रान्तिलाइ छकाउन शान्तिको सास फेर्न तथा अशान्तिको नास भएको हेर्न विश्वअधिकारीको दारीदेखि लोकनाथ नेपालको कपालको केही जोड चल्दैन । न त मन्दकुमार कोइरालाको पालामा शान्ति फेला पर्छिन् न त नोज बहादुरका गन्ध खोज अभियान नै सफल हुन्छ । कविन्द्र चन्दाको धन्दादेखि रविन्द्र थापाको पापाले पनि शान्ति नजिकिन सकिनन् ।

ज्ञानको विज्ञानले त शान्ति फर्किनन् भने मन बहादुर गिरी के ल्याउला त ? शान्ति ल्याउन त जनताको नाता जो सँग छ उही सफल हुन्छ । शान्ति फेला पार्न उनकै चोला चाहिने जस्तो छ । शान्ति खोज्ने पटक पटकको चटकले धेरै झटक दिइसकेको छ । युद्धको चक्काले शान्ति लाई दिएको छ । रगतले जगत सिंचित भएकै कारण नेपाल आमा चिन्तित भएकी हुन् । काटिएको मासु देख्दा कसको आँसु थामिएला र टुक्रिएको टाउको र छुट्टिएको गिडले मेरा बाउको मात्र होइन , सारा भिडको कन्सिरिका रौंहरु जर्याक्क जुरुक्क उठ्छन् नालापाली र कालापानीका विर योद्धाहरुको झैं । सबै मानवजनको मुटुको ढुकढुकी शान्तको ध्वंश गर्ने उद्दश्य बोकेका कंशहरुको बंशले देखाएको नृसंस व्यावहार ध्यंस गर्ने प्रण गरौं । शान्तिको नाम सुन्दै दुर्दान्त घटना यन आततायी घटनाको जाल बुन्दै गरेका दंगाहरु झसंङ्ग हुनु स्वभाविक हो । शान्ति अराजकलाई सजक बनाउन सजक छिन् । नोटले भोट किनेर कोट भिरेकाहरु हुन् या शान्ति ल्याउने बहानामा जनचाहनाको वेवास्ता गर्दै वालुवाटार छिरेकाहरु भष्टाचार गरी पैसाको धोत्राले आफ्नो घोक्रो फुलाएकाहरु आपसी मेललाई पेलपाल गरी झेलको खेल खेल्नेहरु अहिले कुना पसी रुन बाध्य भएका छन् । केवल उनै शान्तिको अभावमा । उपियाँले झैं सधैं जनतालाई चुसेर रुपियाँ जम्मा परेका वेकम्मा भैसकेकाहरुको पनि बाध्यता भइसक्यो शान्तिको कामना गर्नु । 

शान्ति । शान्ति ॥ शान्ति …शान्ति हो…। आउ छिटो आउ उनी निकै वर आइसकिन् । झण्डै म नजिक । आउदै छिन् । आइन म नजिक भएको ठाँउमा आइन् । लठ्ठी बोक्ने हठ्ठीहरुको झट्टीले वा शान्तिको आस देखाउँदै दुस्साहस गर्नेहरुले गर्नेहरुले शान्तिलाई रोक्न सक्ने छैनन् । किनभने हामी सबैले असहयोग दमन कलंक भ्रष्टाचार दुराचार व्यभिचार स्वेच्छाचार जनघात राष्ट्रघात, भाइचारामा मनमुटाव अनि सामन्ती प्रवितीबाट टाढा रहने प्रण गरिसकेका छौं । अनि पक्कै तपाईं हाम्री शान्ति फर्केर आउनेछिन् । हराएकी शान्ति फेला पर्नेछिन् र सबैले एकमुष्ट शान्तिको सास फेर्न र एक जोडी परेवा खुलेर आकाशमा उडेको हेर्न पाउने छौं । आजै देखि प्रण गरौं शान्तिका लागि शान्ति। शान्ति॥ शान्ति…

January 2, 2008 + Posted in आवाज, अतिथी कक्ष, लेख रचना +


3 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2008/01/02/p265/trackback/

  1. हामी सबैले खोजेको शान्ति एकै किसिम को हो ।
    तर शान्ति त नाम मा मात्र सिमित होला जस्तो छ ।

    Comment by आकार — January 2, 2008 @ 7:52 pm

  2. परिस्थितीले हो वा नियतिले, एकपटक मरभुमी पुगेथें
    पानी पानी भन्दै प्यासी भइ यताउती दगुरेथें

    तन्त्रै तन्त्रले जेलिएको सहि एक घडा के भेटेथें
    सारा दिनको थकान एक चट् मै बिर्सेंथें

    तिर्खाएको आँत, तर्सिरह्यो एक घुट्कोको
    माकुराले के टोकेथ्यो, हाथबाट घैटा छुटी त गो

    ओहो ! यि माकुरा किन, के का लागि यती बिध्न
    फुटेको घैलाकै सहि के एक तुर्को पानी पाइन्न ???

    “Paani” means “shanti”

    Comment by ametya — January 3, 2008 @ 9:50 am

  3. i like your website. very nice and keep it up! go go bro!

    Comment by Sameer — January 3, 2008 @ 10:46 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.