तिम्रो मेरो नाता
अतित सम्झि तड्पिएर रुने छैन म
माफ गर † अब तिम्रो हुने छैन म
तोडिएको तिम्रो मेरो नाता भुल्नलाई
आंसुले त्यो नाता हाम्रो धुने छैन म
January 30, 2008 + Posted in लेख रचना + Comments (3)
अतित सम्झि तड्पिएर रुने छैन म
माफ गर † अब तिम्रो हुने छैन म
तोडिएको तिम्रो मेरो नाता भुल्नलाई
आंसुले त्यो नाता हाम्रो धुने छैन म
January 30, 2008 + Posted in लेख रचना + Comments (3)
ललितपुरबाट प्रकाशन हुने पत्रिका ललितपुर पोष्टमा ललितपुर निवासि एक ब्यक्ति यसरी ब्यक्त गर्छन आफ्ना कुरा ::—
सर्वपि्रय नेताज्यु
बारम्बारको सम्झना
नेताजी आज मलाई यहाँको धेरै सम्झना आइरह्यो । त्यसैले यहाँलाई केही कुराहरु लेख्न मन लाग्यो । यहाँलाई कुनै पनि नराम्रो भनेछु भने रिसानी माफ पाउ । यहाँले हामीबीच चुनाव अघि गाँस्नु भएको दोस्ती कम्ती गहिरो थिएन । यहाँले देखाउनु भएको मित्रवत् एवं सामिप्तापुर्ण व्यावहारले मैले हजुरलाई आफ्नै नजिकको मान्छे सम्झेको छु । (more…)
January 20, 2008 + Posted in आवाज + Comments (2)
[केहि दिन देखि मेरो स्वास्थ्यमा खराबि उत्पन्न भएकोले यहाहरु सामु उपस्थीत हुन असमर्थ भएको छु । ]
ईन्टरनेट चलाऊदै जांदा मेरो दिमागमा एउटा कुरा आयो । हामीले englishमा टाईप गरेको कुरा बोल्ने पनि त कुनै सफ्टवेर होला जुन फ्रीमा पाईन्छ, यस्तै सोच्दा सोच्दै मैले गूगलमा सर्च गरें र Talkforme भन्ने सफ्टवेर भेट्टाएं त्यो ३० दिन को लागि फ्रीमा प्रयोग गर्न पाइने रहेछ । (more…)
January 8, 2008 + Posted in आवाज, साईबर संसार + Comments (5)
युद्धको चक्काले शान्ति लाई दिएको छ । रगतले जगत सिंचित भएकै कारण नेपाल आमा चिन्तित भएकी हुन् । काटिएको मासु देख्दा कसको आँसु थामिएला र टुक्रिएको टाउको र छुट्टिएको गिडले मेरा बाउको मात्र होइन , सारा भिडको कन्सिरिका रौंहरु जर्याक्क जुरुक्क उठ्छन् नालापाली र कालापानीका विर योद्धाहरुको झैं । सबै मानवजनको मुटुको ढुकढुकी शान्तको ध्वंश गर्ने उद्दश्य बोकेका कंशहरुको बंशले देखाएको नृसंस व्यावहार ध्यंस गर्ने प्रण गरौं । नोटले भोट किनेर कोट भिरेकाहरु हुन् या शान्ति ल्याउने बहानामा जनचाहनाको वेवास्ता गर्दै वालुवाटार छिरेकाहरु भष्टाचार गरी पैसाको धोत्राले आफ्नो घोक्रो फुलाएकाहरु आपसी मेललाई पेलपाल गरी झेलको खेल खेल्नेहरु अहिले कुना पसी रुन बाध्य भएका छन् । केवल उनै शान्तिको अभावमा । उपियाँले झैं सधैं जनतालाई चुसेर रुपियाँ जम्मा परेका वेकम्मा भैसकेकाहरुको पनि बाध्यता भइसक्यो शान्तिको कामना गर्नु । (more…)
January 2, 2008 + Posted in आवाज, अतिथी कक्ष, लेख रचना + Comments (3)