पेट्रोलियम पदार्थको मुल्य र कर्मचारी ज्याला
सरकारले आज राती १२:०० बजेबाट पेट्रोलको मुल्य बढाएको छ । अन्तरराष्ट्रिय बजार मुल्य अनुसारको मुल्य बनाउनको लागि तथा हालको घाटा कम गर्नको लागि अनि पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउनको निम्ती पेट्रोलमा मूल्यवृद्धि गरिएको हो ।
निगमले पेट्रोलको थोक मूल्यवृद्धि गरेपछि खुद्रा बिक्रेता पेट्रोलपम्पहरूले पेट्रोलको नयाँ मूल्य निर्धारण गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले बुधबार साँझ पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ८० रूपियाँ कायम भएको छ । यसअघि काठमाडाँैमा प्रतिलिटर ७३ रुपियाँ ५० पैसा थियो ।
एसोसिएसनले मुलुकभर विभिन्न १२ केन्द्र तोकी त्यसबाट एकतर्फी १५ किमिको दूरीसम्मका स्थानका लागि अधिकतम खुद्रा मूल्य तोकेको जनाएको छ । जस अनुसार सबभन्दा कम वीरगन्जमा प्रतिलिटर ७८ रूपियाँ ७५ पैसा तोकिएको छ भने सबभन्दा बढी दीपायलमा ८२ रूपियाँ २५ पैसा तोकेको छ । यसअघि वीरगन्जमा ७२ रूपियाँ २९ पैसा र दीपायलमा ७५ रूपियाँ ६६ पैसा थियो ।
अनि अबको केही दिनमा नै डिजेल र मट्टितेलको पनि भाउ नवढ्ला भन्न सकिन्न । सर्बसाधारण जनताको दैनिक आम्दनिमा बृद्धी नहुने हो भने जनता भोकै मर्न वाध्य हुनेछन । सरकारले यस्को बारेमा पनि सोच्नु आबश्यक छ ।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नाले यातायातको साधन प्रयोग हुने सम्पूर्ण बस्तुको मुल्य बढ्ने छ तर कर्मचारी ज्याला भने अहिले सम्म बढेको छैन, सरकारी कर्मचारी बाहेकका अन्य कर्मचारीको दैनिक आम्दानी बढेको छैन । सरकारि कर्मचारि बाहेक अन्य कर्मचारीले दैनिक कति पारीश्रमिक पाउने भन्ने बारेमा पनि सरकारले अन्तरराष्ट्रिय स्तरले मुल्य बढाए जस्तै तोकी दिए मुल्य बृद्धिको भार अलि कम हुने थियो । यस्को बारेमा पनि हाम्रा नेताहरुले अनि आन्दोलन कर्ताहरुले केही बोलिदिए, नियम कानुन बनाएर लगु गरे जनतालाई केही राहत पुग्ने थियो ।
सरकारले यो बिषयलाई गम्भिर मनन गरेर जहासुकै कर्मचारीको पनि दैनिक ज्यालदर अन्तरराष्ट्रिय तवरले तोकी दिनु पर्दछ अनि मात्र यो मुल्यबृद्धिको भार कम हुन्छ ।
December 27, 2007 + Posted in आवाज, समाचार र बिचार +
nice look….all bloggers are changing theme at the same time….
Comment by आकार — December 27, 2007 @ 4:33 pm
If salary is not increased and make as international rate as the petrol. Nepali people will die without food and nepal will be somalia.
Comment by Ramesh — December 27, 2007 @ 6:54 pm
haan yaar yeti derai mahangi ta nagarnnu parnee ho yaar ek baar sabai milera Birod Gare kasoo hola…..ganta ko saman ko paisa baddehinna but baki samaan ko din dinei mahangahi…....................
Leela
Comment by Leela — December 27, 2007 @ 7:24 pm
we can not blame goverment on this, any way let’s ask them the exact rate in which they used to import before and the rate they are importing now, the % of inport tax they are charging, why govermetn ment needs double tax from such consumer goods which effects whole nation. they aer chargnign vat too
we are poor citizen of poor country whcih is driven by real life actors and actress so called politicians
Comment by संगेश — December 31, 2007 @ 12:32 am