ब्यूँझनुअघि नै.................
—केशबराज सिल्वाल/ वर्जित अवशेष
जे गर्नु छ
म ब्यूँझनु अघि नै गर
म निदाएको बेला
मेरो शरीर भरी खूबै उफ्रीन्छन मुसाहरु
अर्कैले गुड लगाउँछ छातिमा
टाउको डुल्न हिड्छ कतै बाहिर
म निदाएपछि
केहि चाहिन्न मलाइ
न घाम न आफन्त
निद्रामा देखिएको सपना प्रति
मलाइ कुनै मोह छैन
तर धेरै बेर सुत्न सक्दिन म
बिहानको प्रहर समात्न
मैले रात छदै उठ्नु छ
जे गर्नु छ
म ब्यूँझनु अघि नै गर
म बिउझिएपछि
मैले गुमाएका
एक एक कुरा मलाइ फिर्ता चाहिन्छ ।
December 26, 2007 + Posted in अतिथी कक्ष, लेख रचना +
जब सम्म जनता जागृत हुँदैनन तब सम्म देश बिकाश हुँदैन ।
Comment by Ramesh — December 27, 2007 @ 9:33 am