To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

कस्ले बचाउने नेपाल अब ??

के के न पाउछौँ भनेर लोकतन्त्र  ल्याउन सबै जनता मरेर लागे, थाल ठटाउने जुलुश देखी नाङ्गे जुलुश पनि देखियो ।
धेरै दु:ख भयो, जसो तसो गरेर भए पनि लोकतन्त्र ल्याइयो, नेताहरुलाई  खाने भाडो भयो सम्सद तर जनतालाई उही दु:ख ,
आज सम्म पनि जनताले शान्ति सँग बस्न पाएनन, दिनहु मर्ने र मार्ने क्रम चलिरह्यो । देश उधो गतिमा चलिरहेको छ , कोही कसैलाई मतलब नै छैन जनताको |

आज नेपाल सोमालिया बन्दैछ, नेताहरु आफ्नै राजनीतिमा बसेका छन । देशको अनी जनताको अवस्था गम्भिर छ । केही पाइन्न  यहाँ , खान पकाउने ग्यास देखी गाडी गुडाउने तेल सम्म  पाइन्न यहाँ। हत्या हिंसा बढेको छ ।
भाषण ठुला ठुला गर्ने नेताहरुलाई आज यो सोध्न मन लगिरहेछ ” के अब सधैं यस्तै हुन्छ नेपाल?? कती सहने अब ??  राजाबादीहरुले भनेका थिए “राजा आउ देश बचाउ” अब कस्ले बचाउने यो देशलाई ? कोही म छ हिम्मत ?”

यहाँ बैंक लुटिएको छ , जनता लुटिएक छन  प्रहरी प्रशासन कमजोर छ | जनताको मनमा डर र त्राश छ ।
मुल्य बढाएपनी पेट्रोल पाउन सकिएको छैन, ग्यास पाउन सकिएको छैन, दिनहु बन्द भै रहेको छ  । जनताको बेहाल भैरहेको छ . कुनै नेताले बोलेको छ अहिले सम्म एस्को बारेमा ? जनताको बारेमा ?? कपिलबस्तु जल्यो , काठमाडौंको जनता तेस बेलामा प्रसान्तको जितमा खुशी भै रहेका थिए । प्रसान्तलाई जिताउन चन्दा माग्दै हिंड्ने ती मगन्तेलाई आज मलाई यो सोध्न कपिलबस्तुमा आगोले पोलेको पिडामा छट्पटाइरहेका हरुलाई सहयोग गर्न कहिल्यै अघि सर्‍यौ तिमिहरु ??

कसैको जितमा हास्न सकिन्छ भने कसैको दु:खमा दुखी हुन र सहयोग गर्न पनि सकिन्छ नि होइन र ?
अहिलेको अवस्थामा कोही छ देश बचाउने ??  छ भने भन्नुस् है

November 26, 2007 + Posted in आवाज +


1 Comment »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/11/26/p254/trackback/

  1. bachaune man ta chha but kasari bachaune?ko ko milera bachaune?sabai 1jut bhaidiyko bhay bachauna khasai garo hudaina,but kasailai wasta nai chhaina aafo desh(NEPAL) ko

    khai k khai k

    <----------------------------------------------------------------------------------------->
    एक ब्यक्तिले केही समय देखि नै अश्लिल शब्द प्रयोग गरी कमेन्ट लेखिरहेको छ ।
    अश्लिल शब्द प्रयोग गरी कमेन्ट नलेख्न अनुरोध गर्दछु । पुन : पनि यसरी लेखिएमा आइपी पनि प्रकाशित गरिने छ ।

    Comment by Anonymous — November 27, 2007 @ 12:59 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.