उडान ठप्प हुने खतरा
नेपाल वायुसेवा निगम झन् सङ्कटतिर
नेपाल वायुसेवा निगमको बोइङ् ७५७ को इन्जिन मर्मतका लागि भएको सम्झौतामाथि सर्वोच्च अदालतले अन्तरमि आदेश दिएलगत्तै निगमका अन्तर्राष्ट्रिय उडानहरू थप सङ्कटमा पर्ने सम्भावना बढेको छ । निगमको एउटा विमान पाँच महिनादेखि थन्किएको -ग्राउन्डेड) छ भने अर्को विमान ‘सी चेक’ का लागि डिसेम्बर १७ मा पठाउनुपर्नेछ । ‘सी चेक’ कै लागि ब्रुनाईमा रहेको अर्को विमान फिर्ता हुन नसके तथा हाल मर्मतका लागि चीन पठाइएको इन्जिन पनि २००८ जनवरीको अन्त्यसम्म मात्र तयार हुने भएकाले निगमको अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुने निश्चित छ ।
"अदालतलाई छिटो जवाफ दिने तयारीमा छौँ," निगमका महाप्रबन्धक गौतमदास श्रेष्ठ भन्छन् । तर, अदालतलाई दिने जवाफ, त्यसपछिको निर्णय र चिनियाँ कम्पनीसँग निगमले गरेको सम्झौता कार्यान्वयनको प्रक्रिया अघि बढ्दा अन्तर्राष्ट्रिय क्षेत्रको उडानबाट निगमले ठूलो क्षति बेहोर्नुपर्नेछ । अदालतको आदेश अनुसार, चिनियाँ कम्पनीले इन्जिन मर्मतको प्रक्रिया रोकेको छ तर उसले अदालतको निर्णय कुर्दा थप रकम क्षतिपूर्ति दाबी गर्न पनि सक्छ । यद्यपि, त्यसबारे निगमलाई कुनै जानकारी आएको छैन । सर्वोच्चले विशेष परििस्थति नदेखिएको ठहर गर्दै सम्झौता अनुसारका काम अघि नबढाउन आदेश दिएको हो ।
अदालतको आदेशपछि इन्जिन मर्मत हुने र निगमको उडान सुचारु रहनेमा अन्योल रहे पनि विमानको अन्तर्राष्ट्रिय उडानका सबै सीट बुक भइसकेका छन् । निगमको अन्तर्राष्ट्रिय बुकिङ् शाखाका अनुसार, क्वालालम्पुर, दुबई, ब्याङककजस्ता क्षेत्रमा डिसेम्बरसम्मका लागि ‘ओभर बुकिङ्’ भएका छन् । हाल सञ्चालनमा रहेको एउटै विमान पनि ‘सी चेक’ मा जाने र इन्जिन नबनेर ब्रुनाईमा रहेको विमान नउड्ने भएपछि निगम करोडाँैको व्ययभारमा फस्न पुग्नेछ । विडम्बना यस्तो छ कि न निगमले नयाँ इन्जिन खरदि वा भाडाको प्रक्रिया अघि बढाएको छ, न त विमानको अभाव टार्नका लागि अर्को विमान भाडामा लिने प्रक्रिया नै थालेको छ । यस्तो स्थितिमा भएको विमान पनि थन्किने सम्भावनाले निगमलाई आर्थिक रूपमा झन् कमजोर पार्ने जानकारहरूको भनाइ छ ।
अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुने सम्भावना देखिएकाले २००६ को डिसेम्बरदेखि नै निगमले विमानको इन्जिन मर्मतका लागि टेन्डरको प्रक्रिया थालेको थियो । २००७ जनवरीमा स्पेनको कम्पनी आइबेरयिा र चीनको एमिकोले इन्जिन मर्मतका लागि टेन्डर हालेका थिए । तर, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टेन्डरमा कानुनी प्रक्रिया नपुगेको भनेपछि टेन्डर नै रद्द हुन पुगेको थियो । पछि सातदिने सूचना जारी गर्दै दोस्रोपटक टेन्डर आह्वान गर्दा चिनियाँ कम्पनी एमिको मात्र प्रतिस्पर्धामा सहभागी भयो । र, कात्तिक दोस्रो साता निगमले एमिको कम्पनीसँग इन्जिन मर्मतका लागि ४० करोड रुपियाँमा सम्झौता गर्यो । हुन त पुनः टेन्डर गर्दा पनि एउटा मात्रै कम्पनी सहभागी भएको अवस्थामा त्यससँग सम्झौता गर्न सकिने कानुनी प्रावधान निगमको आर्थिक प्रशासन नियमावलीमा रहेको छ ।
दोस्रो टेन्डर भएपछि सुरुको टेन्डरमा सहभागी भएको आइबेरयिाले बोलपत्रको म्याद एक साता थप गर्न निगमलाई पत्राचार गरेका थिए । तर, नेपाल वायुसेवा निगमको सञ्चालक समितिले निगमको आर्थिक प्रशासन नियमावलीको दफा १३८ अनुसार विशेषाधिकार प्रयोग गर्दै एमिकोसँग सम्झौता गर्ने निर्णय गर्यो । तर, विमान ‘ग्राउन्डेड’ भएको पाँच महिनापछि मात्र विशेष परििस्थति सिर्जना भएको भन्दै निगमकोे बोर्डले विशेषाधिकार प्रयोग गरेपछि यो विवादको विषय बन्यो र अदालतसम्म पुग्यो । यद्यपि, विशेष परििस्थतिमा यसप्रकारको निर्णय गर्न सक्ने अधिकार निगमलाई छ । विशेषाधिकारसम्बन्धी यो विवादले पर्यटकीय सिजनमा निगमका अन्तर्राष्ट्रिय उडान नै अवरुद्ध हुने सम्भावना बढेको छ, जसले निगमलाई आर्थिक मात्रै होइन, उसको बचेखुचेको अन्तर्राष्ट्रिय साख पनि गुम्नेछ ।
source : Nepal
November 22, 2007 + Posted in अतिथी कक्ष, समाचार र बिचार +
yo batai ta Desh Dubaune Chalan suru bhayeko ho ni
Aba Nigam bhanne kurai yesto ho kya kahile pani ramro huna sakdaina
oil Nigam ani Nepal Bayau Sewa Nigam(Plane Kahile pani Naudhaune )
Comment by Ramesh — November 23, 2007 @ 1:06 pm
Nepal ko ta Baau sewa nigam…....... Jhanjat dherai sewa kam.Any way nice posting.
Comment by आकार — November 24, 2007 @ 11:26 pm