शान्ति खोजेर कहाँ पाईन्छ र ?
स्वार्थको भन्डारमा निस्वार्थ खोजेर कहाँ पाईन्छ र ?
आशान्तिको देशमा शान्ति खोजेर कहाँ पाईन्छ र ?
अन्यायको दलदलमा न्यायको कलम खोजेर कहाँ पाइन्छ र ?
भ्रष्टै भ्रष्टहरुले भरिएको यो देशमा सदाचारी खोजेर कहाँ पाइन्छ र ?
म्ऋतु सैयामा चढिसकेको मानिशले जीवनको सुरुवात्मा फर्किन्छु भनेर कहाँ पाईन्छ र?
बिचलित बर्तमान जिउनु परेकोले सुख खोजेर कहाँ पाइन्छ र?
पापी असभ्य अनि नाजायज समाजमा जेहेन्दार बनेर के पाइन्छ र?
आन्दोलन गरी जनतालाई त्राशपूर्ण समय दिलाउनेहरुमा देशभक्ती कहाँ पाईन्छ र?
आफ्नो दु:ख लुकाएर जिउनु परेकाहरुमा सुख कहाँ पाईन्छ र?
त्राशपूर्ण समयमा बाँच्न परेकाहरुमा खुशीयली कहाँ पाईन्छ र ?
आशान्ति मेटाउन काग सम्झी परेवा उडाउनेहरुमा शान्ति खोजेर कहाँ पाईन्छ र ?
नेपालको हालको अवस्था पनि यस्तै छ जस्तो कबितामा बर्णन गरिएको छ । यहाँ भ्रष्टहरु ठुला पदमा छन। कानुन कागजमा मात्र सिमित छ । कहिल्यै लागु हुन्न। बोलेर सिङ्गापुर , स्विजर्ल्यान्ड बनाउने भनिन्छ तर दिन दिन आन्दोलन चक्काजाम हुने गर्दछ ।
जतिसुकै मुल्य बढाएपनी ३ घण्टा लाम नबसी पेट्रोल पाइन्न । पदको लागि मरीमेट्नेहरु आफ्नै अगाडि आफ्नो देशको झन्डा जलाउदा केही बोल्दैनन। दिनहु अपहरण हत्या जस्ता कृयाकलाप भइरहेका छन । नेताहरु आफ्नै दुनो स्योज्याउन तिर मस्त छन । प्रेस स्वतन्त्रताको नारा लगाउनेहरु नै पत्रकार माथि हमला गर्छन् ।
खै त अहिले सम्म पत्रकार बिरेन्द्र शाहको रिहाइको लागि कस्ले पहल गर्यो ?? सम्सदमा एक दिन कुरा उठ्यो तेही दिन देखी सेलाएर गयो , अपहरणको यत्तिका दिन सम्म पनि उनको अत्तो पत्तो छैन । जनताको लागि लडेका भन्ने हरु खै तिमीहरुले जनतालाई सुरक्षाको प्रतिभुती दिन सकेका ?? के गर्यौ त सत्तामा गएर ?? के औचित्य रह्यो त तिमीहरुलाई सत्तामा पठाएको ?? के अर्थ रह्यो त तेत्रो जन आन्दोलनको ?
दिनहु हत्या हिंसा, आतंक बढ्दो छ, लुट्पाट बढेकै छ, कहिले सेनाले गाउले कुटेको समाचार आउछ त कहिले कुन पार्टिको कार्यकर्ताले । अनी यस्तो देश पाईन्छ त शान्ति खोजेर ?
aba pani Nepali netaaharule desha bikash garchhan bhannu ta uhi ho
aaphno deshko jhanda jalda ta tulu tulu herara baschan. jatanalai 3 barsh samma pani bishwash dilauna nasaknele ke garchhan ra
Nepalmaa santi huna aba arko yug aaunu parchha satya yug
Comment by Ramesh — October 29, 2007 @ 7:00 am
naattinuhos,.......,
aba manchhe le manchhe khane din aaisakyo
Comment by santosh — October 29, 2007 @ 6:57 pm
khai , jiwan ta shanti lai khojadi ma / shanti ko aasa ma nai bitla jasto chha.
Comment by आकार — October 30, 2007 @ 3:06 pm