[दशै अगाडि सम्मको लागि थुप्रै कामहरु  भएकोले नियमित ब्लग अपडेट गर्न  नपाएकोमा दु:ख लागेको छ ।]
फेरी पनि नेपाल र नेपालीको दु:खक दिनहरु सुरु भएका छन । नेपालका नेताहरु यस्तै रहेछन खाली कुर्शिको लागि मात्र लडिरहने । देश बिकासको लागि केही नगरने भए । यहाँ करिब ३ करोड जनताको अधिकार माथि आज  दलहरुले खेलबाड गरिरहेका छन । नत यहाँ शान्ति छ नत बिकास नै । केही गरेन हिजो त्यत्तिको दाजुभाइ मरेर (सहिद भएर) ल्याएको लोकतन्त्रले ।

 नेपालमा बन्द नभएको कुनै दिन नै छैन । कहिले पूर्व बन्द त कहिले पश्चिम | बन्दकै कारण काठमाडौंको जनताले महङ्गिको ठुलो भार खेप्नु परेको छ | काठमाडौंमा दैनिक उपभोग्यको  सामानको भाउले आकाश छोएको छ । काठमाडौंमा मात्र होइन देशको जुन सुकै भागको अवस्था उस्तै छ ।

तरकारी किन्न गयो भने ४० रुपैया/के जि  भन्दा कमको केही  पाइन्न । ब्यापार ठप्प छ ।  दिन भरी ज्याला गरेर एक छाक टार्न मुस्किल हुने नेपाली जनताले कसरी किन्ने एस्तो महँगो ?? कसरी बाच्ने अब  नेपाली ?

सबै तिर बन्दै बन्द छ  त्यसैले होला संबिधान सभाको निर्वाचन पनि बन्द(स्थगित) नै भयो अनिश्चित कालको लागि  ।अझै पनि आफ्नो दाजुभाइ मार्न र मर्न पछी परेका छैनन नेपाली नै , घरबाट बिहान् हिंडेको मान्छे बेलुक सकुसल घर आइपुग्छ कि पुग्दैन भन्ने हुन्छ घर बस्नेको मनमा आज पनि छ (यो कुरा माओबधिको जनयुद्धको बेलामा मात्र थियो ।) यस्को अर्थ नेपालीको अवस्था आज पनि सुध्रेको छैन ।

  बरु झन जटिल बन्दै गैरहेको छ । जस्को सक्ती उस्कै शासन भयो । लोकतन्त्र भन्नु मात्रै भयो  । आएको ३ बर्ष हुन लाग्दा पनि राजतन्त्र र गणतन्त्रमा नै अड्किए नेताहरु  । भत्ता खाए सहिदको रगतमा रमे । जनताले चाहेको केही पुरा हुन सकेन । जनता मरेको मर्‍यै भए, सरकारलाई कुनै मतलब भएन ।

यहाँ आज ठुला पदमा धेरै भ्रष्टचारी छन । अब न्यायलयकै कुरा गरौ न न्यायधिश केदार प्रसाद गिरी माथि १६ वटा उजुरी पर्दा पनि आखिरमा  उनी नै भए प्रधानन्यायाधिश ।

दशै आउँदै छ दशैमा दुर्गा माताले यी नेताहरुलाई सद् बुद्धि दिउन । देश्को बिकाश्  गर्ने भाबना नेता मा आयोस् , नेपलि जनताले चाहेकै शान्ति पाउन अहिले को जस्तो देश्को हाल  नहोस्।

Tell a Friend