आवाज, समाचार र बिचारOctober 1, 2007 10:03 am
कपिलवस्तु नरसंहार :: सबै थोक लुटियो
१६ वर्षीया अमृता अनि २२ वर्षे दिलबहादुरको जोडी चखेवा-चखेवीभन्दा कम थिएन । एकै गाउँको यस जोडीले साउन २९ गते मात्र प्रेमविवाह गरेको थियो । धनका गरबि तर दिलका धनी दिलबहादुर -दिले) सँग खुसी थिइन् अमृता । तर, विवाहको ३१ औँ दिन आफ्नै सामुन्ने पतिको हत्या हुन्छ भनेर बिचरी अमृतालाई के थाहा ? चिर्पटले टाउकोमा हानेर आफ्नै अगाडि पतिको हत्या गरेको अनि घाँटीमा बाँधेको ओढ्नेमा आगो लगाएर जलाएको दृश्य थर्थर काँप्दै आफ्नै आँखाले हेर्नुपर्यो उनले । रुँदा-रुँदा आँसु सकिएकी अमृता भन्छिन्, "आगो लगाएपछि उहाँको ढाड र पछाडिको कपाल डढ्यो, अनुहार भने जस्ताको तस्तै थियो (बाँकी-भित्र…)


