नेपालमाथि हस्तक्षेप भए चीन चुप नलाग्ने
प्रोफेसर वाङ् खोङ्वे चीनको कुनै पनि सरकारी ओहोदामा छैनन् । तर, दक्षिण एसिया र खासगरी नेपालसम्बन्धी नीति निर्माण गरिँदा बेइजिङ्मा सर्वाधिक प्रभाव राख्ने थोरै व्यक्तिमा पर्छन्, यी पाका प्रोफेसर । ७१ वषर्ीय वाङ् बेइजिङ्स्थित इन्स्िटच्युट अफ एसियन प्यासिफिक स्टडिज र इन्स्िटच्युट अफ चाइनिज एकेडेमी अफ सोसल साइन्सेजका प्राध्यापक हुन् । अनि, साङ्घाईको चाइनिज एसोसिएसन फर साउथ एसिया स्टडिजका सल्लाहकार पनि रहेका छन् उनी । प्रोफेसर वाङ्ले द हिमालयन सेन्टिमेन्ट लगायत आधा दर्जनभन्दा बढी पुस्तक लेखेका छन् भने करिब आठ-नौवटा पुस्तक उनको सहलेखनमा प्रकाशित छन् । सेवानिवृत्त भारतीय जर्नेल अशोक मेहताले केही साताअघि मात्र नेपालमा भारतले चाहेको अवस्थामा आफूखुसी सैन्य हस्तक्षेपसमेत गर्नसक्ने विवादास्पद उद्घोष गरेलगत्तै चिनियाँ विशेषज्ञ वाङ्ले भनेका छन्, "भारत र अमेरिकाले नेपालमा खुला हस्तक्षेप गरिरहेका छन्, त्यो चीनलाई सह्य छैन । आवश्यक परेको खण्डमा चीनले जुनसुकै मूल्यमा त्यसको प्रतिकार गर्नेछ । (बाँकी-भित्र…)

राजधानिको भैसेपाटिबाट ४ दिन अगाडि अपहरित ८ बर्षिय बालक धीरज अधिकारि मृत अवस्थामा आज फेला परेका छन । उनको शब कोटेश्वरको बालकुमारि पुलमुनी फेला परेको थियो ।
३० गते ऋषि पञ्चमीको दिन । घरमा पाहुना थिए । घरमा बाख्रा काटेको थियो । त्यस्तै साढे ९ बजेको हुँदो हो, खाना पाकिसकेको थियो । गाउँमा हल्ला आयो- जिमिदार मर्यो रे ! हल्लाले गाउँ नै आतङ्कित भयो । "कोही नभाग, देशी आउँछ रे, सबै जम्मा हुनुपर्छ" भन्दै थिए, देशीले सबैतिरबाट घेरा हालिसकेछ । अलेली सामान झिकेर हामी बारीमा गएर बस्यौँ । सिट्टी मार्दै ५०-६० जनाको हूल आइहाल्यो ।

