To check your result Input your symbol No. in search and you will get result If No post made is occured Then your symbol No. is not found Search your SLC Result Here

SLC Result Search:

झाक्रिडाडामा बस दुर्घटना ९ को मृत्यु, १३ घाइते

ललितपुरको झाक्रिडाडा नजिकै नयाँ गाउमा हिजो अपरान्ह ४ बजे भट्टेडाडाबाट चापागाउं आउँदै गरेको बा १ ख ७९९० नम्बरको बस यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको ज्यान गुमेको छ। ७ जनाको घटना स्थलमै र २ जनाको उपचारको लागि ल्याउदा ल्याउदै  बाटैमा मृत्‍यु भएको छ ।

 घाइतेहरुको पाटन अस्पतालमा उपचार भैरहेको छ, २ जना घाइतेहरुलाई वीर हस्पिटल र बिएनबिमा रिफर गरिएको बुझिएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ ।  बस सडकबाट ३०० मिटर भन्दा तल खसेको थियो ।

उक्त बसमा ३० भन्दा बढी यात्रु भएको बुझिएको छ । ४ जना बसको छतमा बस्नेहरु भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन। चापागाउबाट गैरहेको बसमा भएको यात्रुहरुले घाइतेहरुको  उद्धार गरेका थिए ।

 बसमा धेरै सामान थियो र  धेरै मान्छे थिएनन । एक घाइते अस्पतालमा भन्दै  थिए "अगाडिबाट आएको बसलाई साइड दिन खोज्दा बस ब्याक गर्दा ब्रेक लागेन, म ड्राइभरको पछाडि थिए पछी त बहिर भिरमा रहेछु।"

साघुरो बाटो भएकोले यो दुर्घटना भएको हो । केही बर्ष अगाडि ड्राइभरको लापर्बाहिले गर्दा गोगनघारि भन्ने स्थानमा पनि दुध बोक्ने एक सबारी साधन दुर्घटना भएको थियो जस्मा ११ जनाको मृत्‍यु भएको थियो ।

September 29, 2007 + Posted in समाचार र बिचार +


2 Comments »

The URI to TrackBack this entry is: http://aawaz.blogsome.com/2007/09/29/p234/trackback/

  1. accident k gare kam hola ta?

    Comment by Aakar — September 30, 2007 @ 6:32 pm

  2. Can we share our links??? If yes email me…..

    Comment by Aakar — September 30, 2007 @ 6:36 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.